• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

September 23rd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ५ असोज : वरिष्ठ मुटुरोग विज्ञ डा.ओम मूर्ति अनिलले लेख्नु भएको पुस्तक ‘जीवन्त सम्बन्ध’ लाई सरकारले विद्यार्थीहरुको कोर्ष बुकका रुपमा समावेश गर्नु पर्ने वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सुझाव दिएका छन् । राजधानीको बसुन्धरास्थित यति इभेन्टमा शुक्रबार आयोजित डा.अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ को लोकार्पण समारोहमा वरिष्ठ हास्य कलाकार आचार्यले पुस्तक नयाँ पुस्ताका लागि पनि उत्तिकै लाभदायक र जिवनोपयोगी भएकाले यसलाई कोर्षमै अनिवार्य पाठ्यपुस्तकका रुपमा अध्ययन अध्यापन गराइनु पर्ने बताएका हुन । आचार्यले भने, ‘ यो पुस्तक कोर्षमा राख्नु पर्छ । त्यसपछि विद्यार्थी र शिक्षकले पनि पढ्छन । नपढे फेल भइन्छ भनेर पनि पढ्ने छन् । ’ यो पुस्तकले जिवन र जगतको गहिरो ज्ञान दिने आचार्यको दावी थियो ।
डा.अनिलको बहूप्रतिक्षित पुस्तक ‘जीवन्त सम्बन्ध’ को एक भव्य समारोहबिच उनकी माता राजकुमारी देवी सिंहले लोकार्पण गरेकी हुन । समारोहको प्रमुख अतिथि रहेका वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले डा. अनिलको चिकित्सकिय सिपसँगै लेखन कला पनि अब्बल भएको भन्दै प्रशंसा गरे । मदनकृष्ण श्रेष्ठले त डा. अनिलको परिचय समेत अब बदलिएर लेखक समेत थपिएको बताए । श्रेष्ठले भने, ‘ डा. अनिलको परिचय अव लेखकको रुपमा समेत दर्ज भएको छ । ’
डा. रविन्द्र समिरले पुस्तकको समिक्षा गर्दै पुस्तकले चिकित्सकिय पाटोभन्दा भावनात्मक र नैतिकताको पाटोलाई समावेश गरेर डा. अनिलले समाजलाई अर्को गुण लगाएको बताए । उनले डा. अनिलको लेखन कलाको प्रशंसा गर्दै यो पुस्तक सबै उमेर समूहका व्यक्तिका लागि उत्तिकै उपयोगी भएको दावी गरे । चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा. डा. जगदीश अग्रवालले आफूले पढाउने बेलादेखि नै डा.अनिलमा अपार संभावना देखेको स्मरण गर्दै उनको चिकित्सकिय कलाका साथै लेखन कलाबाट आफू प्रभावित भएको बताए । पुस्तकको बिषयमा छोटो मन्तव्य राख्दै डा. अनिलले आफूले अनुभव गरेको र देखेका कुरालाई समेत समावेश गर्दै पुस्तक लेखेको बताउदै पुस्तकको विक्रीबाट प्राप्त हुने रोयल्टी समाजिक कार्यमा खर्च गरिने जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार
Next article स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133121
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web