• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 3rd, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

September 23rd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, ५ असोज : वरिष्ठ मुटुरोग विज्ञ डा.ओम मूर्ति अनिलले लेख्नु भएको पुस्तक ‘जीवन्त सम्बन्ध’ लाई सरकारले विद्यार्थीहरुको कोर्ष बुकका रुपमा समावेश गर्नु पर्ने वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सुझाव दिएका छन् । राजधानीको बसुन्धरास्थित यति इभेन्टमा शुक्रबार आयोजित डा.अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ को लोकार्पण समारोहमा वरिष्ठ हास्य कलाकार आचार्यले पुस्तक नयाँ पुस्ताका लागि पनि उत्तिकै लाभदायक र जिवनोपयोगी भएकाले यसलाई कोर्षमै अनिवार्य पाठ्यपुस्तकका रुपमा अध्ययन अध्यापन गराइनु पर्ने बताएका हुन । आचार्यले भने, ‘ यो पुस्तक कोर्षमा राख्नु पर्छ । त्यसपछि विद्यार्थी र शिक्षकले पनि पढ्छन । नपढे फेल भइन्छ भनेर पनि पढ्ने छन् । ’ यो पुस्तकले जिवन र जगतको गहिरो ज्ञान दिने आचार्यको दावी थियो ।
डा.अनिलको बहूप्रतिक्षित पुस्तक ‘जीवन्त सम्बन्ध’ को एक भव्य समारोहबिच उनकी माता राजकुमारी देवी सिंहले लोकार्पण गरेकी हुन । समारोहको प्रमुख अतिथि रहेका वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले डा. अनिलको चिकित्सकिय सिपसँगै लेखन कला पनि अब्बल भएको भन्दै प्रशंसा गरे । मदनकृष्ण श्रेष्ठले त डा. अनिलको परिचय समेत अब बदलिएर लेखक समेत थपिएको बताए । श्रेष्ठले भने, ‘ डा. अनिलको परिचय अव लेखकको रुपमा समेत दर्ज भएको छ । ’
डा. रविन्द्र समिरले पुस्तकको समिक्षा गर्दै पुस्तकले चिकित्सकिय पाटोभन्दा भावनात्मक र नैतिकताको पाटोलाई समावेश गरेर डा. अनिलले समाजलाई अर्को गुण लगाएको बताए । उनले डा. अनिलको लेखन कलाको प्रशंसा गर्दै यो पुस्तक सबै उमेर समूहका व्यक्तिका लागि उत्तिकै उपयोगी भएको दावी गरे । चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा. डा. जगदीश अग्रवालले आफूले पढाउने बेलादेखि नै डा.अनिलमा अपार संभावना देखेको स्मरण गर्दै उनको चिकित्सकिय कलाका साथै लेखन कलाबाट आफू प्रभावित भएको बताए । पुस्तकको बिषयमा छोटो मन्तव्य राख्दै डा. अनिलले आफूले अनुभव गरेको र देखेका कुरालाई समेत समावेश गर्दै पुस्तक लेखेको बताउदै पुस्तकको विक्रीबाट प्राप्त हुने रोयल्टी समाजिक कार्यमा खर्च गरिने जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार
Next article स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2381
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web