• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यमा विनियोजन गरिएको ८६ अर्ब २४ करोड बजेट के केमा हुनेछ खर्च?

May 28th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यमा  विनियोजन गरिएको ८६ अर्ब २४ करोड बजेट के केमा हुनेछ खर्च?

हेल्थ टुडे,
काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमा स्वास्थ्यका लागि ८६ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटमा धेरै जसो पुरानै स्वास्थ्यका कार्यक्रमलाई निरन्तरता दिएका छन भने केही नयाँ थप गरेका छन् । आउदो आर्थिक वर्षमा पनि आशा गरे स्वास्थ्यमा बजेट विनियोजन गरिएको छैन । स्वास्थ्यका अधिकारीले स्वास्थ्यमा कम्तिमा पनि १० प्रतिसत बजेट विनियोजन हुनु पर्ने माग गर्दै आएका छन् । यो वर्ष स्वास्थ्यमा करिव साडे ४ प्रतिसत बजेट मात्र विनियोजन गरिएको छ ।
बजेटले औषधिको प्रयोगजनका लागि गाँजाको व्यवसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाउने व्यवस्था गरेको छ ।
त्यसैगरि चिकित्सिा शिक्षाका लागि चक्रिय कोष स्थापना गरी सहुलियत कर्जा उपलव्ध गराईने व्यवस्था बजेटले गरेको छ । धनगढीमा सहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा ल्याइने र वीर अस्पतालमा जलनको सघन उपचार कक्ष विस्तार गरिने व्यवस्था पनि बजेटले गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण गरिने,
सिंहदरबार बैद्यखानाको पुर्नसंरचना गरिन र हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिने बजेटमा उल्लेख छ ।
निर्माण सम्पन्न भएका ५, १० र १५ बेडका अस्पतालहरुको विधि तय गरि सञ्चालन गरिने र आधारभूत स्वास्थ्य सेवा केन्द्र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधिहरु खोप तथा प्रजनन स्वास्थ्य सामग्री निशुल्क गरिने व्यवस्था बजेटमा छ ।
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको जन्मजात हुने विकलांग अवसथ वा असाधारण अवस्थाको पहिचान गर्न भ्रुण तथा नवजात शिशु परीक्षण केन्द्र सेवा सञ्चालन गरिने र
अटिजम बौद्यिक तथा शारीरिक अपांगता भएका बालबालिकाको विकास अवस्था र वाल मानसिक अवस्थाको पहिचान निदान उपचार र पुर्नस्थापनाका लागि सम्लग्न हुने जनशक्तिको क्षमता अभिबृद्धि गरिने बजेटमा उल्लेख छ । वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिने, कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गरिने र भेरी अस्पताललाई सिकल सेल एनिमिया उपचारका लागि विकास गरिने बजेटमा व्यवस्था उल्लेख छ ।
यसका साथै कर्णाली पोखरा पाटन राप्ती र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी नारायणी, भरतपुर, भेरी डडेल्धुरा र गजेन्द्र नारायण सिंह अस्पतालको क्षमता विस्तार गरी ५०० सैयामा स्तारोन्नती गरिनेछ ।
पुर्व स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले योजना बनाएको तीन सय सैया वा त्यो भन्दा बढी क्षमताका संघीय अस्पतालहरुमा एमबीबीएस र १०० सैयाका सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम क्रमश सञ्चालन गर्दै लगिने व्यवस्था बजेटमा छ ।
आगामी आर्थिक वर्षमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने योजना बजेटले उल्लेृख गरेको छ ।
यसका साथै काठमाडौँ विश्वविद्यालयमा सिता दाहाल मेमोरियल न्याचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरिएको अथृ मन्त्र िपुनले बजेट व्यक्तव्यमा उल्लेख गरेका छन् । समग्रमा स्वास्थ्यमा पुरानै कार्यक्रममा निरन्तरता दिइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि
Next article वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web