• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

सहरिया भइरहेकाछन् खाएरै रोगी

January 26th, 2025 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सहरिया भइरहेकाछन् खाएरै रोगी

हेल्थ टुडे,
काठमाडौं, १३ माघ : दुर्गम क्षेका जनता अहिले पनि बर्सेनि भोकमरी र खाद्यान्न संकट भोग्न बाध्य छन् । पेटभरि खान नपाएर उनीहरु कुपोषण, रोग र मृत्युको सिकार भइरहेका छन । तर, यही मुलुकमा एकथरी मानिस खासगरी सहरिया खाएरै रोगी भइरहेका छन् । पोलेको तात्तातो सेकुवा, मसलेदार चिकन तन्दुरी अनि बोसोयुक्त खसीको पक्कु नै किन नहोस, खाँदा त स्वादिलै हुन्छ । तर, त्यसले मानिसलाई रोगी पनि बनाइरहेको हुन्छ । कस्तो खाना कति मात्रामा कसरी खाने ? भन्ने पक्षमा ध्यान दिन नसकेकै कारण खासगरी सहरका मानिस खाएरै रोगी भइरहेका छन । रक्सी, मासु र जंकफुड लगायतका उच्च क्यालोरीयुक्त खाना खाने बानीले सहरका मानिसलाई रोगी बनाइरहेको छ । स्वास्थ्यको ख्यालै नगरी जथाभावी खाने बानी भएकालाई चिकित्सकको सल्लाह छ, जिव्रोको स्वादको पछि मात्र नलाग्नुस, स्वास्थ्यलाई फाइदा हुने गरी ठिक्क मात्रामा खानुस् ।
केही समयपहिले बन्द भएको हास्य टेलिशृंखला तीतो सत्यका कलाकार गैंडा अर्थात निर्मल शर्मा पहिले जे पनि खान्थे । वियर, चुरोट, पोलेको मासु सबै खान्थे । तर यसले स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी न चुरोट खान्छन न त वियर । चुरोटकै कारण मेरो बुवाको मृत्यु भयो । त्यो देखेपछि मैले चुरोट पिउन छाडेँ, निर्मल भन्छन, मोटोपनका कारण बफ, रेड मिट र बोसोयुक्त खानेकुरा पनि खान छाडेको छु ।
वरिष्ठ चलचित्र अभिनेता नीर शाह शाकाहारी बनेका छन । पहिले उनी मांसाहारी थिए । शाकाहारी भएर खानपानमा ध्यान दिन थालेपछि आफ्नो मानसिकता नै परिवर्तन भएको शाह बताउँछन । क्यान्सर रोग विज्ञ एवं नेसनल क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक डा. मदनकुमार पिया पहिले आफै चुरोट पिउँथे । पहिले दिनमा पचास खिल्ली चुरोट एक दिनमै खान्थे । चुरोटका कारण लाग्ने क्यान्सर डाक्टरलाई पनि लाग्नसक्छ भनेर चुरोट छाडेको हुँ, डा. मदन भन्छन, मांसाहारीको तुलनामा शाकाहारीमा क्यान्सर हुने सम्भावना कम हुन्छ । मदनका अनुसार क्यान्सर रोगीमध्ये ८५ प्रतिशत मांसाहारी छन् भने १५ प्रतिशत मात्र शाकाहारी छन् ।
पोषणविद् जया प्रधान अधिकांश नेपालीलाई खाना खाएर पनि रोगी भइन्छ भन्ने चेतना नभएको बताउछिन । खानेकुरामा सन्तुलन नहुँदा रोगी भइन्छ भन्ने चेतना भए पनि खाने बेलामै बिर्सिन्छन्, प्रधान भन्छिन, त्यसैले खानाकै कारण अधिकांश सहरिया बिरामी परिरहेका छन् । धेरैजसो भोजभतेर, पार्टी, गोष्ठी, सभा सम्मेलनमा सहभागी भइरहने व्यक्ति आफ्नो शरीरलाई आवश्यक पर्नेभन्दा बढी चिल्लो, प्रोटिन, कार्बोहाइड्रेड खाइदिन्छन् । भोजमा जानुस तर धेरै खाना नखानुस, नर्भिक इन्टरनेशनल अस्पतालका मुटुरोग विज्ञ डा. यादवदेव भट्टको सल्लाह छ, हरेक मानिसले आफू खानकै लागि बाँचेको नभई बाँच्नका लाग खाएको कुरा दिमागमा राख्नुपर्छ ।
रुछाउँछ खसी र मासुले
खाएर रोगी हुनेलाई सबैभन्दा बढी मुटु रोगले सताउने गरेको पाइएको छ । सहरमा एउटा संस्कार नै विकास भएको छ, पहिले खाएर मोटाउने अनि मोटाएर बिरामी पर्न थालेपछि तौल घाउनतिर लाग्ने । गाउँघरको तुलनामा सहरका बासिन्दा बढी रक्सी पिउँछन । रक्सी पिउन कुनै वहाना नै चाहिदैन । काठमाडौंका तारे होटलदेखि बेकरी क्याफे र रेस्टुराँसम्ममा आयोजना गरिने पार्टीमा रक्सी अनिवार्य भइसकेको छ । रक्सीविनाको पार्टी नै हुँदैन, राष्टिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला रोग विज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन, मानिसलाई रोगी बनाउनुमा रक्सीको पनि प्रमुख भूमिका छ ।
रक्सी र मासु जथाभावी खाँदा मोटोपन बढ्ने र त्यसले मुटुरोग निम्त्याउने गरेको डा. भट्ट बताउँछन । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपनलगायत दर्जनौं रोगको प्रमुख कारण हामीले खाने खाना नै हो । हामीले दैनिक खाने खानेकुरामा आवश्यकताअनुसार कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन र चिल्लो पदार्थको मात्रा हुनुपर्छ, पोषणविद डा. अरुणा उप्रेति भन्छिन, सहरमा जंक फुडको जगजगी बढेको छ । यसले बालबालिकालाई मात्र नभएर सबैलाई कुनै न कुनै रुपमा रोगी बनाइरहेको छ ।
अर्कोतिर पोषण ज्ञानको अभावले गर्भवती महिलालाई आवश्यकताभन्दा बढी नै पोषणयुक्त खाना खुवाउने गरिन्छ । यसका कारण पछिल्ला वर्षमा मोटा बच्चा जन्मने गरेका छन । पेटमा मोटो बच्चा भएपछि सिजरिङ (अप्रेसन) गर्नुपर्छ । प्रसूतिगृहको तथ्यांकअनुसार बच्चा जन्माउँदा २० प्रतिशत महिलाको सिजरिङ गर्नुपर्छ । यसको प्रमुख कारण मोटो बच्चा जन्मनु हो । जिन्दगी जतिसम्म बाँचिन्छ, ऋण लिएर भए पनि मीठो खानुपर्छ भन्ने भौतिकवादी चिन्तनले पनि स्वास्थ्य जोखिममा पर्दै गइरहेको चिकित्सक बताउँछन । क्यान्सर रोगविज्ञ डा. शुदिप श्रेष्ठ राजधानीका होटेल, रेस्टुराँ र सेकुवाघरमा पाइने सेकुवा र रक्सीले क्यान्सरको खतरा बढाइरहेको बताउँछन । पोलेको सेकुवा वा मासुमा नाइट्रोसमाइन नामक रसायन पाइन्छ । त्यसले क्यान्सर गराउन सहयोग गर्छ, डा. श्रेष्ठ भन्छन, पोलेको सेकुवाका साथ रक्सी खाँदा मुख र खाना खाने नलीको क्यान्सर हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मासिक ४८ हजार रुपैयाँ निर्वाह भत्ता लागू नगरेपछि आवासीय चिकित्सक आन्दोलनमा
Next article स्वास्थ्य अनुसन्धान परिषदको सुदूरपश्चिममा साखा विस्तार,काउन्सिलरमा डा.अन्सारी नियुक्त

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134318
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web