हेल्थ टुडे,
काठमाडौं, २९ भदौ : यही भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शनकारीहरुले गरेको आन्दोलनका क्रममा औषधि विभागको भवनमाथि भएको क्षति तथा विषम परिस्थितिका कारण अबरुद्व सेवा आईतबार सुचारु भएको छ । विभागले एक प्रेस विज्ञप्ति प्रकाशित गरि अवरुद्व सेवा भदौ २९ गतेदेखि सुचारु भएको जनाएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विभाग, अन्तरगतका कार्यालय र राष्ट्रिय औषधि प्रयोगशालाबाट हुने सम्पूर्ण सेवा यथावत रुपमा सुचारु भएको जनाएका छन् । ढकालका अनुसार हालको परिस्थितिलाई मध्यनजर गर्दै फार्मेसी (थोक तथा खुद्रा) को नविकारणका लागि हाल अनलाईन मार्फत निवेदन लिई आवश्यक काम कारवाही अगाडि बढाइने गरि विभागले काम सुरु गरेको छ । आन्दोलनका क्रममा भएको फोहोर हटाएर विभाग परिसर सरसफाई कार्यमा संलग्न व्यवसायी र कर्मचारीले गरेको सहयोग र सहकार्यका लागि सबैलाई विभागले धन्यवाद दिएको छ । साथै जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति विभागले श्रद्धान्जली व्यक्त गर्दै परिवारजनका समवेदना व्यक्त गरेको छ ।
औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Leave a Reply