• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.अरुणा उप्रेतिले यस कारण छोडिन ‘बलियो नेपाल’

November 8th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा.अरुणा उप्रेतिले यस कारण छोडिन ‘बलियो नेपाल’

हेल्थ टुडे,
काठमाडौं, कात्तिक २२ : नेपालबाट कुपोषण हटाउने उद्देश्य राखेर स्थापना भएको ‘बलियो नेपाल’ बाट जनस्वास्थ्यविद् डा.अरुणा उप्रेती अलग भएकीछन् । विल गेट्स फाउण्डेसनको सहयोग र चौधरी ग्रुपको प्रत्यक्ष लगानीमा स्थापना भएको बलियो नेपालले कुपोषण हटाउनका लागि चाउचाउ जस्तै तयारी बस्तु उत्पादन गरेर व्यापार गर्ने योजना थाहा पाएपछि आफु जङ फूडको पक्षमा लविङ गर्न नसक्ने भन्दै सल्लाहकार पदबाट राजिनामा दिएको डा. उप्रेतीले जानकारी दिएकी छन् । उनले भनिन, ‘सुरुमा बिल गेट्स फाउण्डेसनको सहयोगमा बलियो नेपालले कुपोषणका क्षेत्रका नयाँ काम गर्दैछ भनेर प्रस्ताव आएपछि संलग्न भएकी हुँ । पछि बलियो नेपालमा चौधरी ग्रुपको लगानी रहने कुरा थाहा भयो र उत्पादन गर्ने बस्तुका बिषयमा पनि क्लियर हुन नसकेपछि मैले सल्लाहकारमा बस्न नसक्ने जानकारी दिएकी छु ।’ चौधरी ग्रुपको चाउचाउ व्यापारमा संलग्न नहुन सयौं शुभचिन्तकहरुले सल्लाह दिएपछि आफु अलग भएको डा. उप्रेतिले जानकारी दिइन ।
डा.उप्रेतीले पहिले सँगै मिलेर काम गर्न राजी भएर अहिले आएर छोडेपछि बलियो नेपाल र यसले कुपोषण घटाउनका लागि उत्पादन गर्न लागेको बस्तुका बिषयमा चर्चा सुरु भएको छ । चौधरी ग्रुपको लगानी र प्रत्यक्ष संलग्नताका स्थापना भएको बलियो नेपालले कुपोषण हटाउने नाममा वाइवाइ चाउचाउ जस्तै जङ फूड उत्पादन गरेर विक्री बितरण त गर्ने होइन ? भन्ने प्रश्न उब्जेको छ । कसैले सर्वोत्तम पिठो जस्तै पोषणयुक्त बस्तु स्कुल स्कुलमा बिक्री बितरण गरिने अड्कल गर्दैछन त कसैले वाइवाइ चाउचाउ जस्तै पोषण तत्व मिसिएको बस्तु ल्याउन लागको अनुमान गरेका छन् । कस्तो किसिमको बस्तु उत्पादन गर्ने भन्ने बिषयमा चौधरी ग्रुपले जानकारी गराएको छैन ।
बलियो नेपालका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले ठ्याक्कै कस्तो किसिमको पोषणयुक्त पदार्थ ल्याउन खोजिदै छ भन्ने कुराको जानकारी नदिएर यो कार्यक्रम चाडै प्रदेश नम्बर ५ बाट प्रारम्भ गरिने र देश भरि नै बिस्तार गरिने बताएका छन । उनले भने, ‘ प्रदेश नम्बर ५ बलियो नेपाल पोषण कार्यक्रम सञ्चालन गर्न राजी भइसकेको छ । हामी छिट्टै त्यहाँबाट यो अभियान सुभारम्भ गर्दैछौ । ’ पोषणविज्ञहरुले कुपोषण हटाउने नाममा चौधरी ग्रुपले वाइवाई चाउचाउ बेचे जस्तै झुक्याएर फेरि जङ फूडको व्यापार नहोस भन्दै सचेत गराएका छन । नेपालमा चाउचाउ लगायतका जङफूडका कारण बालबालिकामा कुपोषणको समस्या बढ्दै गइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा समस्या आएपछि अनसनरत डा.केसी अस्पताल भर्ना
Next article चिकित्सकको अभावले महाकाली अस्पताल सञ्चालनमै समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134422
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web