• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओलीको आईतबार चौथो पटक डायलासिस सम्पन्न

November 25th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओलीको आईतबार चौथो पटक डायलासिस सम्पन्न

हेल्थ टुडे,
काठमाडौ,९ मंसिरः मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको चौथो पटक आइतबार ग्रान्डी इन्टरनेसनल अस्पतालमा डायलासिस गरिएको छ । ग्रान्डी अस्पताल स्रोतले आइतबार अपराह्न अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई डायलासिसपछि डिस्चार्ज गरिएको जनाएको छ। अस्पताल स्रोतले भन्योः‘ प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणपछि चौथो पटक डायलासिस भएको छ, उहाँले आराम महसुस गरेपछि अस्पतालबाट डिस्चार्ज गरेका छौँ ।’

ओलीको यसअघि कार्तिक १३, १४ र ३० गते गरी तीन पटक सोही अस्पतालमा डायलासिस गरिएको थियो । प्रधानमन्त्री ओलीको अहिले नियमित डायलासिस गरिराखिएको भएपनि यो उपयुक्त विकल्प नभएको चिकित्सकले बताएका छन् । चिकित्सकहरुले मिर्गौला प्रत्यारोपण नै उपयुक्त हुने सुझाव दिएका छन् । उपचारमा संलग्न एक चिकित्सकले पनि दीर्घकालीन समस्या समाधानका लागि प्रत्यारोपण गर्नुपर्ने धारणा राखे ।
१२ वर्ष अघि प्रत्यारोपित मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि ओलीले नियमित डायलासिस गर्नु पर्ने अवस्था आएको छ। गत भदौँ पाँच गते दोस्रो पटक सिंगापुर गएर प्रधानमन्त्री ओलीले आफ्नो उपचार गरेका थिए । त्यतिबेला उनको मिर्गौला सम्बन्धी ‘एन्टिबडी’ ‘प्लाज्मा फेरेसिस’ पद्दतीबाट निकालिएको थियो । त्यो बेला नै प्रधानमन्त्री ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने चर्चा चलेपनि उनले खान सुरु गरेको औषधिको प्रतिअसरको प्रतिक्षा गर्नु पर्ने भएको र दोस्रो पटक मिर्गौला प्रत्यारोपणबारे थप परामर्श आवश्यक परेपछि उनी स्वदेश फर्किएका थिए ।
ग्रान्डी अस्पतालमा दोस्रो पटक डायलासिस गरिसकेपछि प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण अमेरिकामा हुने चर्चा चलेको थियो। तर अमेरिकाको कानुनी झन्झटले गर्दा ओलीले नेपालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सक्ने बताइएको छ । यद्धपि प्रत्यारोपण कहाँ गर्ने भन्ने बारे निर्णय भईसकेको छैन । कतिपय चिकित्सकले उनलाई नेपालमै त्यो उपचार गर्न सुझाएका छन् ।
भारत, अमेरिका लगायत मुलुकमा प्रत्यारोपण गर्ने कि नेपालमै गर्ने भन्नेबारे छलफल भईरहेको जनाइएको छ । मंसिर १४ को उपनिर्वाचन सकिएपछि उपचारका लागि तय हुने प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आरथ्रोस्कोपी शल्यक्रिया सेवा सुरु
Next article बिरामीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका डाक्टर निलम्बित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133178
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web