• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

July 15th, 2016 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे

मिर्गौला उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा आउने विरामीलाई विभिन्न बहानामा निजी क्षेत्रको सबैभन्दा महंगो ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा लगेर पैसा असुल्ने गरेको आरोप लागेका सरकारी अस्पतालका डाक्टरहरुको नेतृत्वमा निजी क्षेत्रमा पहिलो पटक ग्राण्डीमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ ।

सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजीमा प्रत्यारोपण गर्दा सरकारीका विरामी निजीमा लगेर मोटो रकम असुल्ने परिपाटी रोक्न सरकारले सरकारी अस्पताल बाहेक अहिलेसम्म निजी अस्पताललाई मिर्गौला प्रत्यारोपण गर्ने अनुमती दिन मानेको थिएन । ग्राण्डीले केही दिन पहिले बिभिन्न प्रलोभनमा पारेर स्वास्थ्य मन्त्रालयबाट प्रत्यारोपणको अनुमती लिएको मन्त्रालयका अधिकारीले बताएकाछन् । त्रिवि शिक्षण अस्पतालमा कार्यरत मिर्गौला प्रत्यारोपणविज्ञ डा.प्रेम ज्ञवाली र नेफ्रोलोजिस्ट डा.दिव्यासिहको नेतृत्वमा ग्राण्डीमा मिर्गौला प्रत्यारोपण सुरु भएको हो ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत यी दुबै चिकित्सक ग्राण्डी अस्पताल स्थापनादेखि नै त्यहाँ कार्यरत छन् । यही असार २७ गतेदेखि ग्राण्डीले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.चक्रराज पाण्डेले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अस्पतालले पहिलो पटक काठमाडौंका रविन लामाको मिर्गौला प्रत्यारोपण गरेको उनले बताए ।

नेपालमा अहिलेसम्म सरकारी अस्पतालहरु त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल र भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध थियो । तिन वटै सरकारी अस्पतालहरुमा गरि करिव साडे ५ सयको मिर्गौला प्रत्यारोपण भएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गगन थापाले गरे स्वास्थ्यमा पद बहाली
Next article अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134534
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

40
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

42
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web