• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोरोना महामारीका कारण चैत ११ देखि सुरु भएको लकडाउन करिव ४ महिनापछि खुल्यो

July 21st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोरोना  महामारीका कारण चैत ११ देखि सुरु भएको लकडाउन करिव ४ महिनापछि खुल्यो

हेल्थ टुडे,

काठमाडौं,  ६ साउन :   कोरोना भाइरस महामारीका कारण चैत ११ देखि सुरु भएको लकडाउन करिव ४ महिनापछि मंगलबार रातीबाट खुलेको छ । त्यसका साथै  सरकारले भदौ १ बाट सिमित सेवाहरु बाहेक सबै व्यवासाय र सेवाहरु खुल्ला गर्ने निर्णय गरेको छ ।

सोमबारको मन्त्रिपरिषद निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार एवं अर्थ मन्त्री डा.युवराज खतिवडाले भदौ १ गतेबाट केही सेवाहरु बाहेक सुरक्षित मापदण्ड अपनाएर अन्तराष्ट्रिय उडान, यातायात र केही शैक्षिक गतिविधि  लगायत अरु अन्य सेवाहरु संचालन गर्न अनुमति दिएको जनाकारी दिए । भदौ १ गते बाट यातायात मन्त्रालयले तोके बमोजिम स्वास्थ्य सेवाको मापदण्ड अपनाएर लामो र छोटो दुरीका निजी र सार्वजनिक  सवारी साधन चलाउने सरकारले अनुमति दिएको छ । यस्तै भदौबाट नै आन्तरिक र अन्तर्राष्ट्रिय उडान संचालन र अन्तर्राष्ट्रिय खेलको तयारी र प्रशिक्षणका लागि मन्त्रिपरिषद्ले स्वीकृती दिएको छ ।

लामो समय बन्द रहेको विद्यालयहरु भने बन्द नै रहनेछन् । तर भदौ १ गते बाट विद्यार्थी भर्ना र परीक्षाको तयारी गर्न भने सरकारले छुट दिएको छ ।  सरकारले होटल, रेष्टुराँ खोल्न अनुमति दिएको छ। तर त्यहाँ सामुहिक भोज, ठूलो समूहमा भेला भने हुन भने पाइने छैन। साथै ट्रेकिङ र पर्वतारोहणसम्बन्धी सेवाहरु पनि संचालन गर्न दिने निर्णय गरिएको। यसरी संचालन हुने व्यवसायहरुले स्वास्थ्य मापदण्डहरु भने पालना गर्नुपर्नेछ । सरकारले लुज लकडाउनलाई निरन्तरता दिँदै शैक्षिक संस्था, प्रदर्शनी, भेला, पार्टी प्यालेस, जिम खाना, धार्मिक र सामाजिक स्थल अर्को मिति नभनेसम्म बन्द रहने जनाएको छ। साथै अन्तराष्ट्रिय सीमा पनि बन्द रहनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पछिल्लो २४ घण्टामा थप १०९ मा कोरोना संक्रमण , डिस्चार्ज हुनेको संख्या १०६
Next article थप १५६ जनामा कोरोना संक्रमण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134266
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

97
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web