• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

देभभरि ‘रेड अलर्ट ’ घोषणा गर्दै जनताको जीवन रक्षाकालागि पहल गर्न चिकित्सक संघको अपिल

May 12th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
देभभरि ‘रेड अलर्ट ’ घोषणा गर्दै जनताको जीवन रक्षाकालागि पहल गर्न चिकित्सक संघको अपिल

हेल्थ टुडे,

काठमाडौं, २९ बैसाख : देशभरिका चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले नेपालको वर्तमान स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन् गर्दै देशभर ‘रेड अलर्ट ’ घोषणा गर्दै सबैले आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह सरकार, राजनीतिक दल, नागरिक समाज तथा पेसाकर्मीलाई उपचारमा खटिएका चिकित्सकहरुलाई सहयोग आग्रह गरेको छ । कोभिड–१९ महामारीको जालो तोड्नका लागि सबै पक्षको समुन्वयकारी भूमिका आवश्यक भएको भन्दै संघले अहिलेको अवस्थामा जनताको जीवन रक्षा भन्दा ठूलो कुनै मुद्दा नभएकाले नेपाल सरकार र सरोकारवालाको ध्यान कोभिड मुक्त नेपाल तिरमा केन्द्रित हुनु पर्नेमा संघले जोड दिएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की र महासचिव डा. बद्री रिजालले बुधबार अपिल जारी गर्दै सर्वसाधारणलाई धैर्यता र संयमता अपनाउँदै स्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गरेर आफ्नो स्थानमा सुरक्षित रहन समेत आग्रह गरेका छन ।

चिकित्सक संघले जारी गरेको अपिल जस्ताको त्यस्तै : 

सम्माननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यू, स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाज एवं सम्पूर्ण दाजुभाई तथा दिदी बहिनीहरु,

स्वास्थ्य मन्त्रालयको मिति २०७८ बैशाख २८ गतेको विवरण अनुसार कोभिड १९ बाट एकै दिन ९४८३ जनामा संक्रमण पुष्टी भयो, २२५ जनाको मृत्यु भयो । सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना रहेका छन् । अहिले १३७४ जना आइसियू र भेन्टिलेटरमा उपचाररत छन् । यो संख्या दैनिक द्रुततर गतिमा वढेको छ । हाम्रो स्वास्थ्य प्रणाली थेग्नै नसक्ने अबस्थामा पुगेको छ ।

अस्पताल आउन नपाएका, आएकालाई फर्काउनु परेका, वचाउन सक्ने अवस्था हुँदाहुँदै एक सिलिन्डर अक्सिजन नपाएर आफ्नै आँखा अगाडि मर्नुपरेको, परिवारले प्राण जोगाइदिन गरेको अनुनय विनय, अक्सिजन र शैया भन्दै गरेको हारगुहारको हृदयविदारक दृष्यले हाम्रो भोक, निद्रा सवै लगेको छ । अस्पतालको प्राङ्गणमा भएका दृष्य हुन जुन देख्न हामी विवश छौं । तर, जव सामाजिक सञ्जाल, समाचारहरू हेर्छौं तव जनताका यी पिडा र वेदना भन्दा अन्य विषयहरू प्राथमिकताका विषय छन, मानौं अस्पतालमा ति हृदयविदारक दृष्य अर्कै लोकका हुन । अनि अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ र प्रश्न गर्न मन लाग्छ –के नेतृत्वदायी भूमिकामा रहेकाहरुका लागि जनताको जीवन भन्दा ठुलो कुरा अरु केही हुनसक्छ ?

हामीले कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै वेला भयावह अवस्था आउनसक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइरह्यौं । तर समयमा नसुन्दा, तयारी नगर्दा, प्राथमिकतामा नपर्दा आज नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको छ, सास्ति व्यहोर्नुपरेको छ । आज फेरी पनि केही आशा गरेर यो विन्ती गर्दैछौं । अव केही महिनाका लागि तपाईका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता वनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससंग लड्ने र महामारीलाई परास्त गर्ने ।

यस क्षणमा सम्माननीय राष्ट्रपतिज्यूलाई सवै दलहरूलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न अभिभावकको भुमिका निर्वाह गर्न यस संघ हार्दिक अपिल गर्दछ ।

यस्तो भयावहपूर्ण अवस्थामा नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न, सम्पूर्ण नागरिकहरुको जीवन रक्षाका निमित्त सबैले हातेमालो गर्दै समन्वयात्मक भूमिका निर्वाह गर्नु अपरिहार्य रहेको छ । यस्तो संकटपूर्ण अवस्थामा कोरोना भाइरससँग लड्नका लागि सम्पूर्ण नागरिकहरु स्वास्थ्य सैनिकको रुपमा आ आफ्नो स्थानबाट पहल गर्न नितान्त आवश्यक छ ।

हामी चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेका छौ, गरिरहेने छौ । हिम्मत नगुमाइकन गर्नेछौ । यो हाम्रो कर्तव्य हो, आजका दिनमा सवैभन्दा ठुलो धर्म हो । राज्य संचालनको जिम्मा लिएकाहरूले पनि हामीले जस्तै आफ्नो जिम्मेवारीवोध गर्दै यो वेलामा त्यसरी नै काम गरिरहनु भएको छ त ? हाम्रो प्रयत्नलाई फलिभुत वनाउन सवैले हातेमालो गररहेका छन भन्ने अनुभुत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ । तर, विडम्वना हामीले त्यो अनुभुत गर्न पाएनौं । यो लडाई स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्रै होइन । हामी सवै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सकेमात्र लडाई जित्न सकिन्छ ।

 

त्यसैले, फेरी पनि विनीत भएर संघ आग्रह गर्दछ– कृपया आजको दिनमा एकमात्र प्राथमिकतामा कोरोना महामारी नियन्त्रण र जनताको जीवन रक्षालाई राखौं । सरकारहरू, राजनीतिक दलहरू, निजी क्षेत्र, सहयोगी निकायहरू सवैले जनताको जीवनरक्षाका लागि कहाँ कति योगदान गर्न सकिन्छ गरौं । हाम्रो स्वास्थ्य प्रणालीलाई थप ढल्न नदिन सवैले भरथेग गरौं । एउटा राष्ट्रिय संकल्पका साथ यो महामारी विरुद्ध लडौं । हामी कोरोना युद्धमा होमिएका छौं,  खटिने छौं, यतिवेला यो लडाईमा तपाईहरूको संकल्प, सत्प्रयास र साथ चाहिएको छ ।

त्यसैले नेपालको स्वास्थ्य अवस्थालाई गम्भीर रुपमा मनन गर्दै नेपाल चिकित्सक संघ देशभर ‘रेड अलर्ट ’ घोषणा गर्दै सबैले आ आफ्नो स्थानबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण पेशागत संघ संगठनहरु दाजुभाई दिदी बहिनीहरु यस युद्ध मैदानमा होमिएर हामीलाई सहयोग र सद्भाव उपलब्ध गराउँदै कोभिड–१९ को महामारीको जालोलाई तोड्नका लागि यस संघ सबैमा हार्दिक अपिल गर्दछ । सर्व साधारण नागरिकहरुले यस बिषमपूर्ण परिस्थितिमा धैर्यता र संयमता अपनाउँदै स्वास्थ्यका मापदण्डलाई कडाईका साथ पालना गरेर आ आफ्नो स्थानमा सुरक्षित रहन समेत हामी हार्दिक अपिल गर्दछौं ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रेम्डिसिभिरको मूल्य, प्रति भाइल ४९०० रुपैयाँ मात्र
Next article पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट नेगेटिभ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134253
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

133
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web