हेल्थ टुडे,
बुटवल, ९ भदौ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकजना बाँकेका र एक जना दाङका हुन् ।
राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए । पछिल्ला दिनमा बाकेमा संक्रमितको संख्या बढ्दो छ ।
Leave a Reply