हेल्थ टुडे,
काठमाडौं, २९ भदौ : स्वास्थ्य सेवा विभाग मातहतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशकको जिम्मेवारी पुन ः शुनिल शर्मालाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै राधिका थपलियाको स्थानमा शर्मालाई जिम्मेवारी दिएका हुन् । प्रदेशमा दरबन्दी भएकी थपलियालाई चार महिना पहिले केपी ओली नेतृत्वको सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नियम विपरित सूचना केन्द्रको निर्देशक बनाएका थिए । शर्मा एघारौ तहका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हुन ।
Leave a Reply