हेल्थ टुडे,
काठमाडौं, १ असोज : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.प्रेमराज ज्ञवालीलाई पद मुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च अधिकारीका अनुसार २५ भदौ बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई कार्यकारी निर्देशकबाट हटाएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमै फिर्ता पठाउने निर्णय गरेको हो । २०७७ जेठमा केपी ओली नेतृत्वको सरकारले डा. ज्ञवालीलाई केन्द्रको निर्देशकको जिम्मेवारी दिएको थियो । स्वास्थ्य सेवाको कर्मचारी वा चिकित्सकलाई निर्देशक बनाउनु पर्नेमा ओली नेतृत्वको तत्कालिन सरकारले केन्द्रको गठनआदेश रातारात परिवर्तन गरेर नियम विपरित त्रिवि सेवा अन्तरगतका शिक्षण अस्पतालका युरोलोजी विभागमा कार्यरत डा. ज्ञवालीलाई केन्द्रको निर्देशक बनाएको भन्दै सरकारी चिकित्सक संघ लगायतका सरकारी चिकित्सकले विरोध गरेका थिए ।
Leave a Reply