पदमराज जोशी,
शोभाकर कँडेलका बुवा भक्तिराम कँडेल, (९१) भारतको मेघालय, सिलोङमा सरकारी जागिरे थिए । भारत सरकारले मेघालयबाट नेपालीहरू हटाउने अभियान चलाउनु अगाडि नै सपरिवार नेपाल फर्के । कपिलवस्तु बाणगंगामा बसाइँ सरेपछि कडेल परिवार त्यहा कृषिसँगै समाजसेवामा पनि सक्रिय भयो । शिक्षाबाट विमुख रहेका समूदायका लागि स्कुल खोल्ने र सामुदायिक वन बनाउने काममा कडेलका बुबाको ठूलो झुकाव रह्यो । बुवाको समाजसेवी छाप शोभाकरमा पनि सानै उमेरदेखि पर्यो । पढाइपछि समाजसेवामा लाग्नु पर्छ भन्ने छाप बालमस्तिष्कमै परेपछि उनले दायाबाया कतै हेरेनन् । पहिलो खुटकिलो पढाई र त्यसपछि समाजसेवा । पछाडि परेकालाई सहयोग गरेर अगाडि ल्याउनुपर्छ भन्ने बुबाको आदर्शबाट प्रभावित शोभाकर पढाइका लागि कपिलवस्तु, बुटबल हँदै काठमाडौं आए । काठमाडौंमा उनले शंकरदेश क्याम्पसबाट स्नातक र स्नातकोत्तर उत्तीर्ण गरे । उनका अधिकांश साथीहरू सरकारी जागिरतिर लागे । सरकारी जागिरे भए । तर शोभकरको लक्ष्य क्लियर थियो, समाजसेवा त्यसैले लागे सेवातिर । उनलाई सरकारी जागिरले लोभ्याउन सकेन । उनले ल्याप्रोसी मिसनमा संलग्न भएर असहायको सेवामा लाग्ने प्रण गरे । कुरा होइन काम नै गर्नुपर्ने स्वभावका शोभाकरले सन् १९९१ मा दी ल्याप्रोसी मिसन प्रवेश गरे । हस्पिटल प्रशासकको रूपमा प्रवेश गरेका उनी केही वर्ष त्यहा काम गरेपछि हस्पिटल म्यानेजमेन्ट पढ्न भारतको तमिलनाडुस्थित भेलौर गए ।
भारतका हस्पिटलको व्यवस्थापनबाट उनी निकै प्रभावित भए । नेपालमा पनि व्यवस्थित र बिरामी केन्द्रित हस्पिटल चलाउने दृढ संकल्प गरेर हस्पिटल म्यानेजमेन्टको अध्ययन सकेर उनी नेपाल फर्के । उनको दृढ संकल्प र व्यवस्थापकिय सिपबाट प्रभावित भएर ल्याप्रोसी मिसन नेतृत्वले सन् २००५ मा उनलाई ल्याप्रोसी मिसनको इन्चार्जको जिम्मेवारी सुम्प्यो । त्यतिबेला आनन्द वन अस्पताल कुष्ठरोगीको उपचार, कुष्ठरोग सम्बन्धी अनुसन्धान र स्वास्थ्यकर्मिहरुलाई यो रोगका बिषयमा तालिममा मात्र केन्द्रित थियो । शोभाकरलाई लाग्यो यतिमा मात्र अड्किएर बस्नु हँुदैन अब । उनलाई लाग्यो, जवसम्म कुष्ठ प्रभावितलाई समाजमा पुनस्र्थापित गर्न सकिँदैन तवसम्म उपचारले मात्र सामाजिक भेदभाव हट्दैन । त्यसैले उनले कुष्ठ प्रभावितलाई आफ्नै समाजमा पुनस्र्थापित गराउने योजना अगाडि ल्याए । त्यही अनुसार हजारौं कुष्ठ प्रभावितलाई उनीहरूकै समाजमा विभिन्न तालिम र आर्थिक सहयोग गरेर पुनस्र्थापित गरे । मध्यमाञ्चलमा मात्र केन्द्रित रहेको आनन्द वन अस्पतालको सेवा सुदूरपश्चिमसम्म पु¥याउन शोभाकरले उल्लेख्य भूमिका खेले ।
देशभरि कुष्ठरोगका स्क्रिनिङ क्याम्प चलाए । आनन्दवन अस्पताललाई देशकै एक मात्र रिफरल अस्पतालको रूपमा विकास भयो । कुष्ठरोग निवारण गर्ने सरकारको अभियानलाई तन, मन र धनले सहयोग गरेर कार्यक्रम सफल बनाउन उनी लागे । जसको फलस्वरूप सन् २०१० मा नेपालबाट कुष्ठरोग निवारण भयो । देशभरिका कुष्ठरोगीको स्तरीय उपचार दिने अस्पतालको रूपमा आनन्दवन अस्पताललाई अगाडि बढाउन शोभाकरले नेतृत्वदायी भूमिका खेले । अस्पतालको सेवासुविधा विस्तार गर्दै उनले त्यहाँ कार्यरत जनशक्तिको विकासमा पनि विशेष ध्यान दिए । ९९ जना कर्मचारीको संख्या बढाएर उनले एक सय ७७ पु¥याए । आनन्दवनका अलावा बिरामीको सेवाका लागि छुट्टै रिफरल क्लिनिक खोल्ने अभिप्रायलाई सफल बनाउन उनी सफल भए । सातदोवाटोनजिकै अहिले मिसनले आफ्नै भवन निर्माण गरेर सेवा दिइरहेको छ । पहिलेपहिले आनन्दवन अस्पतालमा पहिले काम गर्ने अधिकांश विदेशी हुन्थे । नेपाली जनशक्तिलाई नै तालिम दिएर दक्ष बनाउनुपर्छ भन्ने मान्यताका साथ शोभाकरले अहिले अधिकांश नेपाली जनशक्तिलाई प्रतिस्थापन गरिसकेका छन् । जनशक्तिमा लगानी गरे मात्र त्यसले प्रतिफल राम्रो दिन्छ भन्ने कुरा बुझेका शोभाकरले त्यही गरे । जुन सही सावित भएको छ । अहिले पनि उनी अस्पतालका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्नमा लागेका छन् । दर्जनौं जनशक्ति विदेशमा अध्ययनरत छन् ।
कँडेल भन्छन्, ‘कार्यरत जनशक्तिमा उत्प्रेरणा भएन भने सोचेअनुसारको काम हुन सक्दैन । त्यो उत्प्रेरणा जगाउने काममा म दत्तचित्त भएर लागेको छु । ’ आनन्दवन अस्पताल सन् १९५७ मा दी लेप्रोसी मिसन अन्तर्राष्टियको आथिृक सहयोगमा स्थापित अन्तर्राष्टिय गैरसरकारी अंसंस्थाको रुपमा संचालन हुदै आएको र हाल सन् २००५ देखि दी लेप्रोसी मिसन नेपालद्घारा संचालित विशेषज्ञता सेवा प्राप्त अस्पताल हो । यहाँ सबै कुष्ठरोगीको निःशुल्क उपचार हुन्छ । एक सय १० शय्याको सुविधासम्पन्न अस्पताल चलाउनु चानचुन कुरा होइन । दाताहरूलाई काममार्फत रिझाएर डोनेसन भित्र्याउनु पर्छ । शोभाकरले आफूलाई कुरामा होइन कामबाट प्रमाणित र प्रभावित पारेका छन् । जसको फलस्वरूप दातालाई सन्तुष्ट पार्न सकेका छन् । उनी भन्छन्, ‘आफूले दिएको सिसोर्स राम्रो तरिकाले प्रयोग गरेपछि मात्र उनीहरू सहयोग गर्छन् । हामी त्यस काममा सफल भएका छौं । ’ कँडेलको जिम्मेवारपूर्ण नेतृत्वका कारण विदेशी दाताको सहयोग निरन्तर छ । कँडेल अझै आनन्दवन अस्पताललाई गुणस्तरीय सेवा प्रदान गर्ने सुविधासम्पन्न अस्पताल बनाउने ध्याउन्नमा छन् । उनी थाकेका छैनन् । अमेरिकमा अध्ययनरत छोरी गुमाउनुको पिडालाई शक्तिमा बदलेर उनी कुष्ठरोगीको सेवामा दत्तचित्त भएर लागेका छन् । भूकम्पले चर्केका भत्केका अस्पताल भवन नयाँ बनाउँदै छन् । आधुनिक प्रविधिका उपकरण ल्याउँदै छन् । दक्ष जनशक्ति तयार पार्ने काममा पनि उनी लागेकै छन । उनको बहुप्रतिभाशाली नेतृत्व क्षमताको उच्च मूल्यांकन गर्दै दातृ निकायले उनीमाथि विश्वास गरेका छन् । सधैं दातृ निकायले सहयोग गरिरहँदैनन् । त्यसका लागि आफैं आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा कँडेलले बुझेका छन् । त्यसको गृहकार्यमा उनी लागेका छन् । कुष्ठरोगीको उपचारमा दाताको सहयोग नभए पनि फरक नपरोस् भनेर उनी अस्पताललाई आत्मनिर्भर बनाउने अभियानमा जुटेका छन् । उनी त्यसका लागि अस्पतालको सेवा विस्तार गरेर अस्पतालको आय बढाउने र त्यो आयबाट कुष्ठरोगीले निःशुल्क उपचार पाउने व्यवस्था मिलाउँदै छन् । आनन्दवन अस्पतालमा अर्थोपेडिक, बालरोग, स्त्री रोग, छाला रोग, एचआईभी, फिजियोथेरापी, प्याथोलोजी सेवा, एक्सरे सेवालगायतका सेवाबाट केही शुल्क लिएर त्यो पैसा कुष्ठरोगीको उपचारमा खर्च गर्ने भावी योजना छ कँडेलको । कुष्ठरोगीको उपचारमा सरकारले पनि विशेष ध्यान दिनु पर्ने उनको भनाइ छ ।
कुष्ठरोगका कारण अंगभंग भएका प्रभावितका लागि रिकन्स्ट्रन सर्जरीमा सघाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने उनको अनुभव छ । नेपालबाट कुष्ठरोग उन्मूलन नभएसम्म सेवा दिने उनको प्रतिबद्धता छ । निकट भविष्यमै ४० शय्याको ट्रमा सेन्टर स्थापना गर्ने योजनामा कँडेल छन् । तीन वर्षभित्र उक्त आईसीयूसहितको अस्पताल स्थापना हुनेछ । यो सेन्टर स्थापनापछि ललितपुरको दक्षिणी भेकका जनताका लागि वरदान नै हुने छ ।
दी ल्याप्रोसी मिसन ( आनन्दवन अस्पताल ) मा बिताएका २७ वर्ष फर्केर हेर्दा शोभाकर पूर्ण सन्तुष्ट छन् । आनन्दवन अस्पतालमा सेवा सुरु गरेका प्रारम्भिक दिनमा उनलाई भेट्नसमेत नचाहने साथीभाइ अहिले उनप्रति गर्व गर्छन् । उनका कयौं साथीभाई अहिले सरकारको उपल्लो ओहोदामा पुगेका छन् । तर शोभाकरलाई आफूले गरेको सेवामा आत्मसन्तुष्टि छ । भन्छन्, मैले कुष्ठरोगीको सेवा गर्नु थियो । त्यो गरे । त्यसमा म सफल भएको छु । मेरो सन्तुष्टि यही हो । कुष्ठरोगको क्षेत्रमा चेतना विस्तार भएको छ । उपचारमा आएका छन् । हजारौं निको भएर समाजमा पुनस्र्थापित भएका छन् । त्यसमा कँडेललाई खुसी लाग्छ । कँडेल अझै थोकेका छैनन् । अहिले नै विश्राम लिने मुडमा छैनन् । अबको १० वर्षमा कुष्ठरोग उन्मूलनको क्षेत्रमा ठूलो परिवर्तन हुने उनको अनुमान छ । अबको १० वर्षमा सबै मिलेर कुष्ठरोगको क्षेत्रमा यसरी नै काम गर्ने हो भने नेपालमा बर्सेनि तीन हजार नयाँ कुष्ठरोगी होइन एक सयमा झर्नेछ । उनको मान्यता छ, यसका लागि हामी आफंै पग्लिनुपर्छ । सहकार्य गर्दै जानुपर्छ । उनी भन्छन्, ‘मेरो अन्तिम इच्छा भनेको कुष्ठरोग उन्मूलन नेपाल हो । उनी आशावादी छन् । भन्छन्, एकदिन त्यो चाँडै पूरा हुनेछ । ’
( शोभाकर कँडेल, दी ल्याप्रोसी मिसन नेपालका कन्ट्री डाइरेक्टर हुन् । )
Leave a Reply