• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

टिजिग फर्माले ल्यायो नेपालमा पहिलो पटक क्यान्सर विरुद्धको औषधि

February 16th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
टिजिग फर्माले ल्यायो नेपालमा पहिलो पटक क्यान्सर विरुद्धको औषधि

हेल्थ टुडे,
काठमाडौं, ४ फागुन : नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि (एन्टीक्यान्सर ड्रग) बजारमा बिक्रिबितरण सुरु भएको छ । टिजिग फार्माले उत्पादन गरेको एन्टी क्यान्सरको औषधि बजारमा विक्रिबितरण हुन थालेको हो । टिजिग फार्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ । मंगलबार राजधानीमा आयोजना गरिएको विशेष कार्यक्रममा औषधि सार्वजनिक गर्दै टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपाल भित्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागबाट तीन वटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको र अरुको लाइसेन्स प्राप्त हुने प्रकृयामा रहेको बताए । विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको वैद्यले बताए ।
वैद्यले आफ्नो कम्पनी क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो भएको दाबी गरेको छन्। टिजिग फार्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब (एसपीएएल) संग प्रविधि हस्तान्तरण सम्झौँता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो ।

वैद्यले भने, ‘संस्था स्थापनामा विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधि ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरिएको छ र सञ्चालनमा पनि उल्लेखित सम्पूर्ण ऐन नियमहरुका पालना हुनेछ।’

टिजिगले अहिले विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ । जसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन्। यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी वैद्यले जानकारी दिए। उनले अहिले बजारमा जाने उत्पादनहरु ट्याब्लेट र क्याप्सुलको बनोटमा रहेको बताए। इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने उनको योजना छ।

‘अहिले हामी मुखबाट खान मिल्ने औषधि अर्थात ट्याब्लेट र क्याप्सुल बनोटमा पठाएका छौँ। हामी यति मै खुम्चिने होइन। इन्जेक्सन स्वरुपमा पनि जानेछौँ। केही समय लाग्ला। तर त्यो अझ एडभान्स लेभलमा हुनेछ।’ उनले भने ।

टिजिग फार्माबाट उत्पादन हुने एन्टी क्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने पनि उनले बताए। नेपालमै औषधि उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुने उनले बताए। कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक एवं क्यान्सर रोग विशेषज्ञ डा विष्णुदत्त पौडेलले क्यान्सर रोग विरुद्धको औषधि नेपालमै उत्पादन हुनु खुशीको कुरा भएपनि गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए।

क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले टिजिगले उत्पादन गरेका सबै औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए। नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले यसले स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भरता हुनुपर्छ भन्ने नीतिमा बलियो आधार बनाएको बताए।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा. शैल रुपाखेती नियुक्त
Next article औषधिको रुपमा प्रयोग गर्न दिने गरी  गाँजा नियमन विधेयकको मस्यौदा मन्त्रिपरिषद्‍मा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133185
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web