• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक रंगिन चित्रले छोप्नु पर्ने सर्बोच्चको फैसला

August 28th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक रंगिन चित्रले छोप्नु पर्ने सर्बोच्चको फैसला

पदमराज जोशी,
काठमाडौँ, १२ भदौ : सर्बोच्च अदालतले सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक रंगिन चित्रले छोप्नु पर्ने फैसला गरेको छ । आठ वर्ष अघि दायर भएको रिटमा ऐतिहासिक फैसला गर्दै सर्बोच्चले सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्वन्धी संसोधित निर्देशिका कार्यान्वयन गर्न बाटो खोलिदिएको छ ।

अब प्रत्येक सूर्तीजन्य पदार्थका बट्टा वा प्योकेटको ९० प्रतिसत भाग चेतावनीयुक्त चित्र र सन्देश छाप्नु पर्ने छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ कात्तिक २०७१ का दिन सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने निर्देशिकालाई संसोधन गरेको थियो । तर सो कार्यान्वयन हुने समय नआउँदै सुर्ती उद्योगीहरुले सो निर्देशिका खारेजको माग गर्दै सर्बोच्चमा रिट दायर गरेका थिए । उनीहरुको विरुद्ध अधिवक्ता हुतराज कोइराला र एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले काउन्टर रिट दायर गरेका थिए ।
भदौ १२ गते सर्बोच्चले सुर्ती उद्योगको तर्फबाट दायर परफेक्ट व्लेन्ड्सले हालेको रिटलाई खारेज गर्दै अधिवक्ता कोइराला र एक्सन नेपालको तर्फबाट दायर रिटका पक्षमा परमादेश जारी गरेको छ ।

न्यायाधीशद्धय कुमार रेग्मी र डा मनोजकुमार शर्माको इजलासले परफेक्ट व्लेन्डसको तर्फबाट दायर रिट खारेज गर्दै कोइराला र एक्सन नेपालको तर्फबाट अधिवक्ता शर्माले दायर गरेको रिटको पक्षमा आदेश जारी गरेको हो ।
यो निर्देशिका लागू भएपछि अब सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत भाग चेतावनीमुलक चित्रअंकित स्वास्थ्य सन्देशले छोपिनु पर्नेछ ।सर्बोच्चका प्रवक्ता विमल पौडेलले सुर्ती उद्योगीहरुको तर्फबाट दायर रिट बदर भएको र कोइराला तथा एक्सन नेपालको तर्फबाट दायर रिटमा परमादेश जारी भएको बताए । उनले सर्बोच्चको आदेशले निर्देशिका कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको बताए । एक्सन नेपालका तर्फबाट अधिवक्ता रामचन्द्र शर्माले सर्बोच्चले जन स्वास्थ्यको पक्षमा ऐतिहासिक फैसला गरेको बताए । उनले अब निर्देशिका पूर्ण रुपमा कार्यान्वयन हुनका लागि बाटो खुलेको बताए ।

यो मुद्दाको फैसला बेलैमा नहुदा सूर्तीजन्य पदार्थको बट्टा वा प्याकेटमा ७० प्रतिसत भाग मात्र चेतावनीयुक्त चित्र वा सन्देश छापिने गरिएको थियो । सर्बोच्चको यो फैसलाको सरोकारवालाले जनस्वास्थ्य माथिको अदालतको सही आदेश भन्दै खुशी व्यक्त गरेका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपत्यका बाहिरका सरकारी अस्पतालमा गति लिदै मिर्गौला प्रत्यारोपण, पोखरामा एकै दिन २ जनाको प्रत्यारोपण
Next article सुदूरपश्चिम प्रदेशमा यसै आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132398
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web