• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदूरपश्चिम प्रदेशमा यसै आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

September 5th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदूरपश्चिम प्रदेशमा यसै आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

पदमराज जोशी,
धनगढी, १९भदौ   : सुदूरपश्चिम प्रदेशमा यसै आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको सहकार्यमा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने छ । धनगढीमा भदौ १९ गते आयोजित कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवं कलेजो तथ मिर्गौला प्रत्यारोपण विज्ञ डा.पुकारचन्द्र श्रेष्ठ र सेती प्रादेशिक अस्पतालका निर्देशक डा.हेमराज पाण्डेले मिर्गौला प्रत्यारोपण गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सुदूरपश्चिम सरकारका समाजिक विकास मन्त्री गोविन्द बोहोरा र सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीश जोशीको उपस्थितिमा भएको समझदारीमा यही आर्थिक वर्ष भित्र मिर्गौला प्रत्यरोपण सुरु गर्ने वाचा गरिएको छ । देशका सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने र डायलासिस सेवा विस्तार गर्ने सरकारको योजना अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सुदूरपश्चिममा पनि सेवा बिस्तार गर्न लागेको हो । सेती प्रादेशिक अस्पतालमा अहिलेसम्म मिर्गौलाका विरामीका लागि डायलासिस सेवामात्र उपलब्ध छ । प्रत्यारोपण सेवा उपलब्ध नहुदा यहाँका विरामीले प्रत्यारोपणका लागि कि काठमाडौं आउनु परेका छ भने नभए भारत जानु गरिरहेको छ । सुदूरपश्चिममा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न आवश्यक पर्ने पुर्वाधार विकासको लागि सहजिकरण, परामर्श र जनशक्तिलाई तालिम लगायतका क्षेत्रमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सघाउने समझदारी पत्रका उल्लेख छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले  गण्डकी प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गरिसकेको छ । पोखरामा ३ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.  श्रेष्ठका अनुसार निकट भविश्यमै कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नम्बर १ को विराटनगरमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने योजना केन्द्रको छ । धनगढीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम सरकारका समाजिक विकास मन्त्री  बोहोराले सुदूरपश्चिममा मिर्गौला प्रत्यारोपणका लागि बजेट विनियोजन देखि आवश्यक पर्ने सहयोग गर्न मन्त्रालय तयार रहेको बताए । उनले यो पहलका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरका कार्यकारी निर्देशक डा.श्रेष्ठ सहितको टीमलाई धन्यवाद दिदै योजनाले चाडै मुर्त रुप पाउने विश्वास व्यक्त गरे । चार वर्ष पहिले २ वटा डायलासिस मेसिनबाट मिर्गौला रोगीको उपचार सुरु गराएको स्मरण गर्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरका कार्यकारी निर्देशक डा.श्रेष्ठले अहिले २२ वटा मेसिनबाट डायलासिस भइरहेको थाहा पाउदा खुशी लागेको बताउदै चाडै डायलासिस मेसिन पनि थप गरेर उपचार सेवा विस्तार गर्न केन्द्रले सेती प्रादेशिक अस्पताललाई सहयोग गर्ने बताए । कार्यक्रममा पूर्व मन्त्री  रमेश लेखक, प्रदेशकी पूर्व मन्त्री पूर्णा जोशी र प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदीश जोशीको पनि उपस्थिति थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. पुकार भन्छन, ‘आफ्नो गल्ती ढाकछोप गर्न दुव्यवहारको आरोप लगाइयो। ’
Next article सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक रंगिन चित्रले छोप्नु पर्ने सर्बोच्चको फैसला

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134332
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web