• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राष्ट्रिय आँखा रणनीतिबारे नेत्रज्योति संघको पत्रकारलाई प्रशिक्षण

May 1st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राष्ट्रिय आँखा रणनीतिबारे नेत्रज्योति संघको पत्रकारलाई प्रशिक्षण

हेल्थ टुडे,
काठमाडौँ, १८ बैशाख : नेपाल नेत्रज्योति संघले पत्रकारहरुलाई आईतबार राष्ट्रिय आँखा रणनीतिका बिषयमा प्रशिक्षण दिएको छ । ललितपुरको गोदावरीमा सम्पन्न भएको एक दिने प्रशिक्षणमा राजधानीमा रहेर विभिन्न मिडियामा कार्यरत करिव ६० जनालाई प्रशिक्षण दिइएको हो । नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. चेतराज पन्तले उद्घाटन गरेको कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्दले नेत्रज्योति संघले प्रदान गरिरहेको आँखा सेवाको अवस्थामा बिषयमा चर्चा गरेकाथिए । उनले आँखा स्वास्थ्यका बिषयमा जनचेतना बिस्तार गर्न पत्रकारहरुसँग मिलेर काम गर्न संघ तयार रहेको बताए । संवैधानिक तथा नीतिगत व्यवस्थाका साथै अपांङ्गता सम्वन्धी अन्तराष्ट्रिय महासन्धिको मर्मलाई समेत दृष्टिगत गरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) तर्जुमा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन शाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. रविकान्त मिश्रले बताए । आँखा स्वास्थ्य सेवामा सुधार ल्याउन सरकारले बनाएको सात वर्षे रणनीतिको मूल उदेश्य उनको भनाई थियो ।
कार्यक्रममा पत्रकाररुको आँखामा हुने समस्याहरुको बारेमा तथा आँखाको संरचना र दृष्टि प्रदान गर्न यसले गर्ने कार्यका बारेमा आँखा रोग विज्ञ डा. सविना श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराएकीथिइन । यस्तै विश्व र नेपालमा अन्धोपनाको अवस्थाबारेमा समेत जानकारी दिइएको थियो ।
छलफल कार्यक्रममा आँखा विशेषज्ञ प्राडा श्रेष्ठले आँखामा हुने समस्या, कम्प्युटरमा बसेर काम गर्ने पत्रकारहरुको आँखामा देखिने साझा समस्याका बारेमा प्राडा श्रेष्ठले बताएकी थिईन । आँखाबारे जानकारी दिदै आँखाको सेतो भाग सेतो र काल भाग कालो देखिनु सामान्य भएको र रंङमा बदलाव आएमा कालो हुनुपर्नेमा सेतो र सेतो भएको ठाँउमा कालो दागहरु देखिए असामान्य रहेको बताइन्। त्यसैगरी ढकनी, अध्यारो उज्यालो, दाँया बाँया हेर्दा लगायत बाहिरबाट कसरी आँखा असामान्य भएकोबारे थाहा पाउने भन्ने कुार जानकारी गराएकी थिइन्।
कार्यक्रममा संघका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले नेपाल नेत्र ज्योति संघले दिएको सेवा र भावि योजनाका बारेमा बताएका थिए ।

संघका कार्यकारी निर्देशक डा मिश्रले संघले आँखा सेवाको क्षेत्रमा गरेको कामको विवरण दिदै आगामी दिनमा गर्ने कार्ययोजनाका बारेमा बताएका थिए । उनले नेपालमा अन्धोपना निवारणमा भइरहेका कार्यक्रमहरुको भुमिका र असरबारे जानकारी दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत नियुक्त
Next article जनसंख्या बढ्ने दर घटेपनि नेपालमा अझै परिवार नियोजनको आवश्यकता छ : डा. बर्मेजो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134317
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web