• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 22nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राष्ट्रिय आँखा रणनीतिबारे नेत्रज्योति संघको पत्रकारलाई प्रशिक्षण

May 1st, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राष्ट्रिय आँखा रणनीतिबारे नेत्रज्योति संघको पत्रकारलाई प्रशिक्षण

हेल्थ टुडे,
काठमाडौँ, १८ बैशाख : नेपाल नेत्रज्योति संघले पत्रकारहरुलाई आईतबार राष्ट्रिय आँखा रणनीतिका बिषयमा प्रशिक्षण दिएको छ । ललितपुरको गोदावरीमा सम्पन्न भएको एक दिने प्रशिक्षणमा राजधानीमा रहेर विभिन्न मिडियामा कार्यरत करिव ६० जनालाई प्रशिक्षण दिइएको हो । नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्रा. चेतराज पन्तले उद्घाटन गरेको कार्यक्रममा संघका महासचिव भरतबहादुर चन्दले नेत्रज्योति संघले प्रदान गरिरहेको आँखा सेवाको अवस्थामा बिषयमा चर्चा गरेकाथिए । उनले आँखा स्वास्थ्यका बिषयमा जनचेतना बिस्तार गर्न पत्रकारहरुसँग मिलेर काम गर्न संघ तयार रहेको बताए । संवैधानिक तथा नीतिगत व्यवस्थाका साथै अपांङ्गता सम्वन्धी अन्तराष्ट्रिय महासन्धिको मर्मलाई समेत दृष्टिगत गरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति (२०७९–२०८६) तर्जुमा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन शाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत डा. रविकान्त मिश्रले बताए । आँखा स्वास्थ्य सेवामा सुधार ल्याउन सरकारले बनाएको सात वर्षे रणनीतिको मूल उदेश्य उनको भनाई थियो ।
कार्यक्रममा पत्रकाररुको आँखामा हुने समस्याहरुको बारेमा तथा आँखाको संरचना र दृष्टि प्रदान गर्न यसले गर्ने कार्यका बारेमा आँखा रोग विज्ञ डा. सविना श्रेष्ठले पत्रकारहरुलाई जानकारी गराएकीथिइन । यस्तै विश्व र नेपालमा अन्धोपनाको अवस्थाबारेमा समेत जानकारी दिइएको थियो ।
छलफल कार्यक्रममा आँखा विशेषज्ञ प्राडा श्रेष्ठले आँखामा हुने समस्या, कम्प्युटरमा बसेर काम गर्ने पत्रकारहरुको आँखामा देखिने साझा समस्याका बारेमा प्राडा श्रेष्ठले बताएकी थिईन । आँखाबारे जानकारी दिदै आँखाको सेतो भाग सेतो र काल भाग कालो देखिनु सामान्य भएको र रंङमा बदलाव आएमा कालो हुनुपर्नेमा सेतो र सेतो भएको ठाँउमा कालो दागहरु देखिए असामान्य रहेको बताइन्। त्यसैगरी ढकनी, अध्यारो उज्यालो, दाँया बाँया हेर्दा लगायत बाहिरबाट कसरी आँखा असामान्य भएकोबारे थाहा पाउने भन्ने कुार जानकारी गराएकी थिइन्।
कार्यक्रममा संघका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले नेपाल नेत्र ज्योति संघले दिएको सेवा र भावि योजनाका बारेमा बताएका थिए ।

संघका कार्यकारी निर्देशक डा मिश्रले संघले आँखा सेवाको क्षेत्रमा गरेको कामको विवरण दिदै आगामी दिनमा गर्ने कार्ययोजनाका बारेमा बताएका थिए । उनले नेपालमा अन्धोपना निवारणमा भइरहेका कार्यक्रमहरुको भुमिका र असरबारे जानकारी दिएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जनसंख्या बढ्ने दर घटेपनि नेपालमा अझै परिवार नियोजनको आवश्यकता छ : डा. बर्मेजो
Next article स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मोहन बस्नेत नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 21st 4:19 PM
स्वास्थ्य विशेष

सुर्तीजन्य पदार्थ सेवन न्युनिकरणमा जाग्दैछन् स्थानिय सरकार

May 21st 4:04 PM
समाचार

विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्यमा विश्वव्यापी सहकार्य आवश्यक

May 20th 7:50 AM
समाचार

सुर्ती नियन्त्रणमा उल्लेखनिय कार्य गरेवाफत डब्लूएचओद्वारा स्वास्थ्य मन्त्री पौडेल पुरस्कृत

May 19th 6:30 AM
समाचार

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन पास भएपछि सुदूरपश्चिमवासी खुशी

May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131520
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web