• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

November 10th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818
न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

हेल्थ टुडे,
काठमाडौं, २४ कात्तिक : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल र नेपाल ससस्त्र प्रहरी अस्पतालबिच भविश्यमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा न्याम्सका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेत र नेपाल ससस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा.रुपक महर्जनले भविश्यमा न्याम्सले ससस्त्र प्रहरी अस्पतालमा आफ्ना शैक्षिक कार्यक्रम बिस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन । यो समझदारी पछि न्याम्सले निकट भविश्यमा आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम ससस्त्र अस्पतालमा पनि बिस्तार गर्ने छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन उच्च स्तरको दक्ष जनशक्ति आवश्यक पर्ने बताउदै न्याम्स र ससस्त्र प्रहरी अस्पताल बिच भएको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारीले स्वास्थ्य क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन हुने आशा व्यक्त गरे । मन्त्री बस्नेतले शान्ति सुरक्षाका अलावा ससस्त्र प्रहरीले स्वास्थ्य उपचारका क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेको भन्दै स्वास्थ्य मन्त्रालयले ससस्त्र प्रहरी अस्पताललाई सक्दो सहयोग जारी राख्ने आश्वासन दिए । नेपाल ससस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले न्याम्ससँगको शैक्षिक समझदारीले भविश्यमा ससस्त्र प्रहरी अस्पतालले मेडिकल कलेज स्थापना गर्ने ढोका खोल्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा.देवकुमारी गुरागाइले चिकित्सा क्षेत्रमा उच्च स्तरको जनशक्ति उत्पादन गर्ने क्षेत्रमा यो समझदारीले फड्को मार्ने बताइन । न्याम्सका उपकुलपति प्रा.डा.बस्नेतले न्याम्सका पदाधिकारीले निरीक्षण गर्दा ससस्त्र प्रहरी अस्पतालले प्रदान गरिरहेको उपचार सेवा र प्रयाप्त भौतिक पूर्वाधार भएको पाइएपछि शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको बताए ।
ससस्त्र प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर डा.महर्जनले यो समझदारीपछि ससस्त्र प्रहरी अस्पतालमा शैक्षिक वातावरण सिर्जना हुने बताउदै यसले अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्ने कार्यमा सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे । न्याम्सका रेक्टर डा. लोचन कार्कीले न्याम्सले अनुगमन र निरीक्षण पछि देशका विभिन्न हस्पिटलहरुसँग सहकार्य गर्दै आफ्ना उच्च तहका शैक्षिक कार्यक्रम अगाडि बढाइरहेको बताए । न्याम्सका रजिस्टार डा. ज्ञानेन्द्र शाहले ससस्त्र प्रहरी अस्पताल र न्याम्सबिच भएको समझदारीले चिकित्सा शिक्षामा नयाँ फड्को मार्ने विश्वास व्यक्त गरे । ११० शैयाबाट सुरु गरिएको ससस्त्र प्रहरी अस्पताल अहिले १९० शैयामा सञ्चालित छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा
Next article सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 4:57 PM
समाचार

नेपालमा वर्षेनी ७ हजारभन्दा बढीको आत्महत्याबाट मृत्यु, रोकथाममा जिम्मेवार पत्रकारितामा जोड

Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134783
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

64
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

59
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web