• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मानसिक अस्पतालमा किशोरकिशोरीका लागि छुट्टै इकाई, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

February 8th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मानसिक अस्पतालमा किशोरकिशोरीका लागि छुट्टै इकाई, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

हेल्थ टुडे,
काठमाडौं, २५ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल, लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको एक समारोहबिच बिहीबार उद्घाटन गरेका छन् । सिविन नेपाल र फोरुट नर्वेको सहकार्यमा मानसिक अस्पतालमा किशोर किशोरीका लागि छुट्टै मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इकाई १२ शैयाको छ । जसमध्ये ६ वटा शैया जनरल र ६ वटा शैया सेमि जनरल छन् । इकाईमा मनोचिकित्सक, नसिङ, विशेष शिक्षक, समाजिक कार्यकर्ता गरि ३० जना कर्मचारीले सेवा प्रदान गर्ने छन् ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्यको उचित सुविधा प्राप्त गर्न नसक्दा नेपालमा मानसिक समस्या बढेको बताए । चिकित्सा शिक्षा ऐनको वर्तमान व्यवस्थाका कारण पनि सयौं विद्यार्थीहरुले चिकित्सा शिक्षा पढ्न नपाएर विदेशिनु परिरहेको दावी गर्दै चिकित्सा शिक्षा ऐन संसोधन गरेर देशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने ढोका खोल्न आफु र वर्तमान सरकार प्रयासरत भएको मन्त्री बस्नेतले बताए ।
‘उच्च अंक ल्याएर पनि देशमा नर्सिङ पढ्न पाइएन । मेडिकल पढ्न पाइएन भन्ने थुप्रै छन । यहाँ नपाएपछि उनीहरुले पढ्नकै लागि विदेशिनु परिरहेको छ, मन्त्री बस्नेतले भने, ‘ ऐन संसोधन गरेर यो अवस्था अन्त गर्छौ,’ नेपालमा मेडिकल शिक्षाका प्रचुर संभावना भए पनि केही स्वार्थ समूहका कारण त्यो अवसरलाई सदुपयोग गर्न नसकिएको स्मरण गर्दै सरकारले चाडै १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ तथा प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैया भन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई सुरु गरिने दावी गरे । यसो गर्न सकिएको अवस्थामा नेपालमा चिकित्सा शिक्षाको जनशक्तिको अभाव नहुने मन्त्री बस्नेतको दावी छ ।
राम्रो काम गर्न खोज्दा लखेट्ने प्रवृति नेपालमा कुनै नौलो नभएको बताउदै मन्त्री बस्नेतले आफुलाई पनि केही स्वार्थी समूहले बदनाम गराउन थालेको तर राम्रो काम गर्न आफुलाई कसैले पनि रोक्ने नसक्ने बताए । सिविन नेपाल सहित दातृ निकायको सहयोगप्रति मन्त्री बस्नेतले धन्यवाद व्यक्त गर्दै सरकार मानसिक अस्पतालको सेवा विस्तारका लागि सधै तयार रहेको बताए । कार्यक्रममा मानसिक अस्पतालका निर्देशक डा.अनन्त अधिकारीले किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई सञ्चालनमा आए पछि अस्पतालको सेवा विस्तार मात्र नभएर जोखिममा रहेका समूहको समयमा उचित परामर्श र उपचारमा सहजता हुने बताए । कार्यक्रममा इकाईका प्रमुख डा. अरुणराज कुवर, मानसिक अस्पतालकी नर्सिड प्रशासन प्रमुख शुशिला डंगोल, सिविनकी सुम्निमा तुलाधर लगायतले किशोरकिशोरीका लागि सञ्चालनमा आएको इकाईले किशोरकिशोरीको आवश्यकता अनुसार सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । देशकै एकमात्र सरकारी स्तरमा सञ्चालित मानसिक अस्पतालले बिगत ४० वर्षदेखि सेवा सञ्चालन गर्दै आइरहेको छ ।
े

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. मुक्तिराम श्रेष्ठले सम्हाले स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारीको जिम्मेवारी
Next article लोमस फार्मास्युटिकल्सले उत्पादन गरेको औषधि ’ओनो सिरप’ बिक्रीमा रोक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134295
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web