• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लोमस फार्मास्युटिकल्सले उत्पादन गरेको औषधि ’ओनो सिरप’ बिक्रीमा रोक

February 6th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लोमस फार्मास्युटिकल्सले उत्पादन गरेको औषधि ’ओनो सिरप’ बिक्रीमा रोक

हेल्थ टुडे,
काठमाडौं, २२ माघ : लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरपको बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको बताएको छ । लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओनो सिरपकाे बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ । विभागले एक सूचना जारी गर्दै उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको बताएकाे छ ।
उक्त सूचनामा लेखिएकाे छ, “विभागले बजार अनुगमनकाे क्रममा संकलन गरिएका औषधिकाे नमुना औषधि प्रयाेगशालाबाट परिक्षण गर्दा काठमाडाैंकाे गाेठाटारस्थित लाेमस फार्माक्यूटिकल्स प्रा.लि.बाट उत्पदित ONO Syrup (Each 5 ml contains Ondansetron HCL USP eq. to Ondansetron 2 mg) Batch No.ONSO123 Mfg Date: Mar-2023 Exp Date: Aug-2024 औषधिकाे प्राप्त विश्लेषण प्रतिवेदन “Doesn’t Comply as per IP 2022 with respect to description/Physical Condition of Sample” भनि उल्लेख भएर आएको छ ।”
उक्त ब्याच नं ONSO123 को नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै विभागले बिक्रीमा रोक लगाइएको छ । विभागले अब अर्काे आदेश नभएसम्मकाे लागि बिक्री तथा वितरण राेक्न अनुराेध गरेकाे हाे । यसका साथै लिकेजकाे सम्बन्धमा विस्तृत इन्भेष्टिगेसन रिपाेर्ट सहित उक्त उद्दाेगका मुख्य प्राविधिक व्यक्ति १५ दिन भित्र विभागमा उपस्थित हुन पनि सूचित गरिएकाे छ । उक्त औषधि वाकवाकी र उल्टीको उपचारका लागि प्रयोग गर्ने गरिएकाे छ ।
गत साता पनि लोमसको उत्पादन सेटोफेन (प्यारासिटामोल) ट्यावलेटको CT-2023 ब्याचको औषधि बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको थियो । लोमसका कार्यकारी प्रज्ज्वलजंग पाण्डे नेपाल औषधि उत्पादक संघका पुर्व अध्यक्ष हुन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मानसिक अस्पतालमा किशोरकिशोरीका लागि छुट्टै इकाई, स्वास्थ्य मन्त्रीले गरे उद्घाटन
Next article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा डा.पुकारको नेतृत्वमा १२०० को मिर्गौला प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134427
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web