• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वको अभियानमा सक्रिय व्यक्ती र संस्था गरि ६ जना पुरस्कृत

May 31st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तीजन्य पदार्थ विरुद्वको अभियानमा सक्रिय व्यक्ती र संस्था गरि ६ जना पुरस्कृत

हेल्थ टुडे,
काठमाडौं, १८ जेठ : सुर्तीजन्य पदार्थ विरुद्वको अभियानमा सक्रिय व्यक्ती र संस्था गरि ६ जनालाई स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार प्रदान गरिएको छ । विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शुक्रबार राजधानीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरिएको विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले पुरस्कृतहरुलाई सम्मान पत्र प्रदान गरेकी थिइन भने स्वास्थ्य सचिव डा. रोसन पोखरेलले दोसल्ला ओढाएका थिए ।
रु. ५० हजार रासी रहेको उक्त पुरस्कार प्राप्त गर्नेहरुमा वरिष्ठ स्वास्थ्य पत्रकार एवं नेपाल हेल्थ प्रेस डट कमका प्रधान सम्पादक अतुल मिश्र, स्वास्थ्य खवर पत्रिकाका पत्रकार धनबहादुर खड्का र नेपाल टेलिभिजनकी कार्यक्रम प्रस्तोता नीता सापकोटा रहेका छन् । त्यसैगरि हेल्थ नेपाल प्रालिका अध्यक्ष समेत रहेका स्वास्थ्य पत्रकार भिषा काफ्ले, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्मा र स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका पुर्व निर्देशक सुनील शर्मा रहेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन न्युनिकरण गर्न सूचना भएर मात्र नपुग्ने बताउदै व्यवहारमा उतार्न सके मात्र सुर्तीजन्य पदार्थ विरुद्वको अभियान सफल हुने बताए ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले सरकारले सुर्तीजन्य पदार्थ विरुद्व कडा कानून ल्याएको भए पनि कार्यन्वयन नहुदा समस्या देखिएको बताइन । कार्यक्रममा स्वास्थ्य सुचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक डा. भक्तबहादुर केसीले सुर्तीजन्य पदार्थ सेवनका कारण नेपाल बर्षेनी ३९ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गर्दै सुर्तीजन्य पदार्थको लतबाट बालबालिकालाई जोगाउनु पर्ने आवश्यकतामाथि जोड दिए । स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पंडितले पछिल्लान दिनमा ई सिगरेटप्रति युवा जमात लोभिन थालेको पाइएको बताउदै त्यसलाई पनि कानूनले बन्देज गरेको दावी गरे । हरेक वर्ष मे ३१ को दिन विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा यो वर्षमात्र १५ जनाको कलेजो प्रत्यारोपण
Next article वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134311
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web