• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा यो वर्षमात्र १५ जनाको कलेजो प्रत्यारोपण

June 6th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा यो वर्षमात्र १५ जनाको कलेजो प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौं, २४ जेठ : भक्तपुरका रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले यो वर्ष मात्र १५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । संसारकै जटिल मानिने कलेजो प्रत्यारोपणमा केन्द्रले पछिल्ला दिनमा गति लिन थालेको हो । केन्द्रमा अहिलेसम्म २५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । २५ औं कलेजो प्रत्यारोपी निजगढ, बाराका ५४ वर्षीय बद्रीप्रसाद चौलागाई प्रत्यारोपण भएको १० औं दिन सोमबार सकुशल डिस्चार्ज भएका छन् । उनलाई उनकी ५१ वर्षिय श्रीमती यानु कुमारी गौतमले कलेजो दान दिएकी थिइन । केन्द्रका कार्यकारी निर्देशक समेत रहेका बरिष्ठ कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा.पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष मात्रै १५ जनाको कलेजो प्रत्यारोपण भएको छ । केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिएका छन् ।
केन्द्र स्थापना भएको १२ वर्षमै देशको सबैभन्दा धेरै १२४८ जनाको मिर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । केन्द्रको उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भए पनि प्रत्यारोपण क्षेत्रमा विश्वस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रले अंग प्रत्यारोपणका क्षेत्रमा नयाँ आशा जगाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्तीजन्य पदार्थ विरुद्वको अभियानमा सक्रिय व्यक्ती र संस्था गरि ६ जना पुरस्कृत
Next article सुर्तीजन्य पदार्थ विरुद्धका अभियन्ता डा. तारासिंह बमलाई इन्डोनेसिया सरकारको सम्मान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133121
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web