• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पु¥याउने स्वास्थ्यमन्त्री पौडेलको दावी

August 11th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पु¥याउने स्वास्थ्यमन्त्री पौडेलको दावी

हेल्थ टुडे,
काठमाडौँ, २७ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख रुपैयाँ बराबरको बनाउने दावी गरेका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले हाल एक लाख रुपैयाँ मात्रै रहेको स्वास्थ्य बिमाको दायरालाई बढाएर पाँच लाख रुपैयाँको बनाउने घोषणा गरेका हुन् ।
स्वास्थ्य बिमाको दायरा कम्तीमा ५ लाख पु¥याउने स्वास्थ्यमन्त्री पौडेलको घोषणा बिमाको झन्झटिलो प्रक्रियालाई समेत सहज बनाउने उनको योजना छ ।
उनले भने, ’बिमाको हालको दायरा कम्तीमा ५ लाख बनाउने गरी फराकिलो बनाउन नीतिगत र कानूनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ । त्यससँगै स्वास्थ्य बिमा सेवालाई गुणास्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन, आवद्धतालाई द्रुत गतिमा बढाउन, स्वास्थ्य बिमा ऐन बमोजिम औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र सहभुक्तानीको प्रणालीलाई व्यवस्थित गरिनेछ ।’
मन्त्री पौडेलले समायोजनमा समस्या परेका स्वास्थ्यकर्मीको पदस्थापन गर्ने व्यवस्था गर्ने बताएका छन् । ’कार्यदक्षताअनुसार पदस्थापन हुन नसकेका विशेषज्ञ चिकित्सकको सेवा अनुसारका अस्पतालमा व्यवस्थापन गरिनेछ,’ उनले भने । मन्त्री पौडेलले जनशक्तिको नियमित पुनरावलोकन गर्ने र खाली रहेका दरबन्दीमा पदपूर्तिको व्यवस्था गरिने बताए ।
उनले १०० बेड भन्दा माथिका सरकारी अस्पतालहरुमा नर्सिङ र ३०० बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा स्नातक र स्नातकोत्तर तहका विषयहरु अध्ययन अध्यापन गराउने निर्णय कार्यान्वयन गरिने बताएका छन् । त्यस्तै, संघीय अस्पतालको सेवा विस्तार एवम् अस्पतालहरुमा शल्यक्रिया क्षमता विस्तार गरी शल्य चिकित्सा सेवामा हुने लामो क्यू घटाउनका लागि अपरेसन थिएटरमा पूर्वाधार थप गर्ने योजना बनाएको उनले बताए । आर्थिक स्रोतको अभावमा यी कार्यक्रम अगाडि बढाउन नसकिने भएकाले स्वास्थ्य क्षेत्रमा बजेट बढाउन आफुले पहल गर्ने मन्त्री पौडेलले बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आईओएममा माखो नमारेकी डा.दिव्यालाई फेरि डिन बनाउन डा.सायमीलाई सर्च कमिटीमा ल्याइँदै
Next article खुला सिमाना र निगमन नहुँदा सुदूरपश्चिममा गर्भपतन गराउँने अवैध औषधि छ्यापछ्याप्ती

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web