निर्मला श्रेष्ठ
कुनै पनि पेसा बाहिरबाट हेर्दा र त्यसभित्र पसेर गर्दा फरक लाग्छ । नर्सिङ पनि ठीक त्यस्तै छ । सेतो लुगा लगाएर बिरामीको स्याहार गर्ने त होला नि भन्ने सोचिन्छ । तर साँच्चिकै नर्स भएर बिरामीको उपचार र स्याहार गर्दा मात्र त्यसको दायित्वबोध हुन्छ । बिरामी ५० प्रतिशतभन्दा बढी नर्सको भरमा हुन्छ । चिकित्सकको भूमिकालाई मैले यहाँ कम्ती भन्न खोजेकी होइन । बिरामी छिटो निको पार्न नर्सको पनि उत्तिकै भूमिका हुन्छ । अन्य पेसामा जस्तै नर्सिङमा पनि केही सबल पक्ष छन् भने केही समस्या पनि छन् ।
अहिले समाजमा यो पेसालाई सम्मानित पेसाका रूपमा लिइन्छ । पहिले छोरी बिग्रिए नर्स भन्ने भनाइ अहिले छैन । बिरामीलाई निको बनाएर उनीहरूको अनुहार हँसिलो बनाउन पाउँदा आत्मसन्तुष्टि मिल्छ । मेरो विचारमा आत्मसन्तुष्टि पाउने पेसामध्येको उत्कृष्ट पेसा हो यो । सेवामूलक पेसा भएकाले यो पेसाबाट धेरै कमाउन सकिएन भने पनि मानवसेवा गर्न पाएका हुन्छांै । यति भन्दाभन्दै पनि यो पेसामा केही समस्या भने नभएका होइनन् । अहिले देशमा आवश्यकताभन्दा बढी नर्स उत्पादन भइरहेका छन् । उत्पादन भएका नर्सहरूले राम्रो अवसर नपाउँदा निराशा व्याप्त भइरहेको छ । नेपालमा अधिकांश नर्सहरूले जीवनयापन गर्न पाउने पारिश्रमिक पाउन सकिरहेका छैनन् । यसले पेसामा नै नकारात्मक असर पारेको छ । कामका लागि विदेश जान नर्सिङ पढ्ने चलन बढ्दै छ । यो फेसनजस्तै भएको छ । यसले नर्सिड पेसाको गरिमा घटाएको छ । नेपालमै दुःख गरेर भए पनि बिरामीको सेवा गरेर बस्छु भन्नेलाई गाह्रो छ । इच्छा चाहना पूरा गर्न नसकिने अवस्था छ । अर्को कुरा राम्रो क्षमता र योग्यता भएका नर्स बिदेसिदै गएपछि नेपालमा राम्रा नर्सका अभाव हुने अवस्था छ । जहाँसम्म मेरो सवाल छ म अहिलेसम्म विदेश जाने पक्षमा छैन । हुन त मेरा पनि कयौं साथीहरूले बोलाइरहेका छन् ।
तर म यही केही गरेर बस्न चाहन्छु । विदेश गएका नर्सहरूले धेरै तलब र सुविधा पाएका छन् तर सम्मान पाउन सकेका छैनन् । आफ्ना दुःख लुकाएर बसेका छन् । अस्टे«लियामा कार्यरत मेरा केही साथीहरूले त बिरामीको सेवा होइन कि ज्येष्ठ नागरिकको रेखदेखमा घरमा बसेर काम गर्नु परेको छ । मन लगाएर काम गर्नुपर्छ । आफ्नो पेसाबाट सन्तुष्ट हुनुपर्छ । त्यसमै रमाउनुपर्छ भन्ने मेरो मान्यता छ । हाम्रो पहिलो प्राथमिकता बिरामीको सेवा हो । म एक घन्टा ढिला हुँदा कुनै बिरामीको उपचार सहज हुन्छ भने मैले त्यो समय बिरामीलाई दिनुपर्छ । मेरो कारणले सेवा प्रभावित नहोस् भन्ने कुरा हरेक नर्सले सोच्नु जरुरी छ । नर्सिङमा मैले देखेको अर्को समस्या भनेको सुत्केरी अवस्थामा पाइने बिदामा हो । ४५ दिन बिदा पाइन्छ सुत्केरी अवस्थामा । बच्चालाई आवश्यक समय दिन पाइँदैन । अरूलाई सेवा दिने नर्सले आफ्नै बच्चालाई सेवा दिन पाइरहेका छैनन् । आफू नर्स भएकोमा म गर्व गर्छु । मेरो परिवार र समाज पनि खुसी छ । नर्स भएर मैले मेरो बुवाको सपना पूरा गर्न सकेकी छु । सयौं बिरामीलाई उपचार र स्याहार गर्न सकेकी छु । नर्स भएकोमा मेरो बुवा हर्षित हुनुहुन्छ । नर्स भएर मेरो जन्मथलो काभ्रेको शंखु पुग्दा मेरो बुवा मेरी छोरी नर्स होइन डाक्टर हो भन्नुहुन्थ्यो । मेरो बुवा मिर्गौलाको बिरामी हुनुहुन्छ । बुवाको ब्लडप्रेसर हेर्ने, स्याहार गर्ने, सल्लाह दिने सबै काम गर्दा समस्या समाधान भयो । चारजना दिदीबहिनी र एक भाइमध्ये मभन्दा कान्छी बहिनी पनि शिर मेमोरियल अस्पतालमा नर्स छ्नि । मेरो दिदी शर्मिला गायिका हुन् ।
मलाई फुर्सदको समयमा नाच्न मन पर्छ । मोडलिङ पनि मेरो सौखको पेसा हो । मैले दिदीको गीतमा मोडलिङ पनि गरेको छु । मलाई नर्सिङमै क्यारियर बनाउन चाहन्छु । छुट्टैै पहिचान बनाउन चाहन्छु । रोग लागेर उपचार गराउनुभन्दा रोग लग्नै नदिन जनचेतना जगाउने अभियानमा लाग्न चाहन्छु । यो पेसा लहलहैमा लाग्ने पेसा होइन । मनैदेखि नै यो सेवा गर्छु भन्ने भावना बोकेका व्यक्तिले मात्र यो पेसा अँगाल्नु उत्तम हुन्छ । नर्सिङ भनेकै बिरामीको सेवा गर्ने पेसा हो । त्यसलाई आत्मसात् गर्नै पर्छ । त्यो छैन भने अन्य पेसा अँगाल्नु पर्छ । सेवामात्र दिएर भएन गुणस्तरीय सेवा पनि दिनुपर्छ । बिरामी र आफू कार्यरत संस्थाको भलाइका लागि काम गर्नुपर्छ ।
घरमै छोरी नर्स भए मेरो सानोतिनो स्याहारका लागि पटकपटक अस्पताल गइरहनु पर्दैनथ्यो होला नि भन्ने लाग्दथ्यो बुवालाई । त्यसैले उहाँको चाहना थियो छोरीले नर्सिङ पढोस् । बुवा उपचारका लागि धुलिखेल अस्पतालमा नर्सहरूले गर्ने व्यवहार, स्याहारबाट र व्यक्तित्वबाट म विस्तारै प्रभावित भएकी थिएँ । मलाई पनि लाग्न थाल्यो, नर्स बन्न पाए बाबाको मात्र नभएर सयौं बिरामीको स्याहार गर्न सकिँदो रहेछ । त्यसैले मैले नर्स हुन खोजेँ । पीसीएल नर्सिड सकेपछि मैले दुई वर्ष आफ्नै गाउँको शंखुको उपप्राथमिक स्वास्थ्यचौकीमा काम गरेँ । त्यो वर्षको समयमा धेरै गाउँलेलाई जानेको सीप बाँडे । घरमै हुने सुत्केरीलाई स्वास्थ्यचौकीमा लगेर सुरक्षित गराउन भूमिका खेलेँ । एसबीए तालिम पनि लिए । करार सकिएपछि मलाई अझै नयाँनयाँ सिक्न प्रविधि भएको अस्पतालमा गएर काम गर्न मन लाग्यो । त्यसपछि २०६७ मा राजधानी छिरेँ । अल्का अस्पतालमा काम गर्न थालेँ । त्यसपछि केही समय सिभिल हस्पिटलमा पनि काम गरेँ । तर दुई ठाउँमा काम गर्दा समयले नभ्याउने भएपछि सिभिल छोडेँ र पूर्ण रूपमा अल्कामै दत्तचित्त भएर लागेँ । अहिले अल्का अस्पतालमा सेवा दिइरहेकी छु । यो पेसालाई मैले अवसर र चुनौती दुवै सम्झेकी छु । मन लगाएर काम गर्नुपर्छ । आफ्नो पेसाबाट सन्तुष्ट हुनुपर्छ । त्यसमै रमाउनु पर्छ भन्ने मेरो मान्यता छ ।
मेरो परिवार र समाज पनि खुसी छ । बुवाको सपना पूरा गर्न सकियो । नर्स भएकोमा मेरो बुवा हर्षित हुनु हुन्छ । नर्स भएर मेरो जन्मथलोमा पुग्दा मेरो बुवा मेरी छोरी नर्स होइन डाक्टर हो भन्नुहुन्थ्यो । बुवाको ब्लडप्रेसर हेर्ने, स्याहार गर्ने, सल्लाह दिने सबै काम गर्दा समस्या समाधान भयो । ( निर्मला अल्का अस्पतालकी स्टाफ नर्स हुन। )
Leave a Reply