• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बुवा भन्नुहुन्छ, छोरी नर्स होइन डाक्टर हो

November 18th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बुवा भन्नुहुन्छ, छोरी नर्स होइन डाक्टर हो

निर्मला श्रेष्ठ

कुनै पनि पेसा बाहिरबाट हेर्दा र त्यसभित्र पसेर गर्दा फरक लाग्छ । नर्सिङ पनि ठीक त्यस्तै छ । सेतो लुगा लगाएर बिरामीको स्याहार गर्ने त होला नि भन्ने सोचिन्छ । तर साँच्चिकै नर्स भएर बिरामीको उपचार र स्याहार गर्दा मात्र त्यसको दायित्वबोध हुन्छ ।  बिरामी ५० प्रतिशतभन्दा बढी नर्सको भरमा हुन्छ । चिकित्सकको भूमिकालाई मैले यहाँ कम्ती भन्न खोजेकी होइन । बिरामी छिटो निको पार्न नर्सको पनि उत्तिकै भूमिका हुन्छ । अन्य पेसामा जस्तै नर्सिङमा पनि केही सबल पक्ष छन् भने केही समस्या पनि छन् ।

अहिले समाजमा यो पेसालाई सम्मानित पेसाका रूपमा लिइन्छ । पहिले छोरी बिग्रिए नर्स भन्ने भनाइ अहिले छैन । बिरामीलाई निको बनाएर उनीहरूको अनुहार हँसिलो बनाउन पाउँदा आत्मसन्तुष्टि मिल्छ । मेरो विचारमा आत्मसन्तुष्टि पाउने पेसामध्येको उत्कृष्ट पेसा हो यो । सेवामूलक पेसा भएकाले यो पेसाबाट धेरै कमाउन सकिएन भने पनि मानवसेवा गर्न पाएका हुन्छांै । यति भन्दाभन्दै पनि यो पेसामा केही समस्या भने नभएका होइनन् । अहिले देशमा आवश्यकताभन्दा बढी नर्स उत्पादन भइरहेका छन् । उत्पादन भएका नर्सहरूले राम्रो अवसर नपाउँदा निराशा व्याप्त भइरहेको छ । नेपालमा अधिकांश नर्सहरूले जीवनयापन गर्न पाउने पारिश्रमिक पाउन सकिरहेका छैनन् । यसले पेसामा नै नकारात्मक असर पारेको छ । कामका लागि विदेश जान नर्सिङ पढ्ने चलन बढ्दै छ । यो फेसनजस्तै भएको छ । यसले नर्सिड पेसाको गरिमा घटाएको छ । नेपालमै दुःख गरेर भए पनि बिरामीको सेवा गरेर बस्छु भन्नेलाई गाह्रो छ । इच्छा चाहना पूरा गर्न नसकिने अवस्था छ । अर्को कुरा राम्रो क्षमता र योग्यता भएका नर्स बिदेसिदै गएपछि नेपालमा राम्रा नर्सका अभाव हुने अवस्था छ । जहाँसम्म मेरो सवाल छ म अहिलेसम्म विदेश जाने पक्षमा छैन । हुन त मेरा पनि कयौं साथीहरूले बोलाइरहेका छन् ।

तर म यही केही गरेर बस्न चाहन्छु । विदेश गएका नर्सहरूले धेरै तलब र सुविधा पाएका छन् तर सम्मान पाउन सकेका छैनन् । आफ्ना दुःख लुकाएर बसेका छन् । अस्टे«लियामा कार्यरत मेरा केही साथीहरूले त बिरामीको सेवा होइन कि ज्येष्ठ नागरिकको रेखदेखमा घरमा बसेर काम गर्नु परेको छ । मन लगाएर काम गर्नुपर्छ । आफ्नो पेसाबाट सन्तुष्ट हुनुपर्छ । त्यसमै रमाउनुपर्छ भन्ने मेरो मान्यता छ । हाम्रो पहिलो प्राथमिकता बिरामीको सेवा हो । म एक घन्टा ढिला हुँदा कुनै बिरामीको उपचार सहज हुन्छ भने मैले त्यो समय बिरामीलाई दिनुपर्छ । मेरो कारणले सेवा प्रभावित नहोस् भन्ने कुरा हरेक नर्सले सोच्नु जरुरी छ । नर्सिङमा मैले देखेको अर्को समस्या भनेको सुत्केरी अवस्थामा पाइने बिदामा हो । ४५ दिन बिदा पाइन्छ सुत्केरी अवस्थामा । बच्चालाई आवश्यक समय दिन पाइँदैन । अरूलाई सेवा दिने नर्सले आफ्नै बच्चालाई सेवा दिन पाइरहेका छैनन् । आफू नर्स भएकोमा म गर्व गर्छु । मेरो परिवार र समाज पनि खुसी छ । नर्स भएर मैले मेरो बुवाको सपना पूरा गर्न सकेकी छु । सयौं बिरामीलाई उपचार र स्याहार गर्न सकेकी छु ।  नर्स भएकोमा मेरो बुवा हर्षित हुनुहुन्छ । नर्स भएर मेरो जन्मथलो काभ्रेको शंखु पुग्दा मेरो बुवा मेरी छोरी नर्स होइन डाक्टर हो भन्नुहुन्थ्यो । मेरो बुवा मिर्गौलाको बिरामी हुनुहुन्छ ।  बुवाको ब्लडप्रेसर हेर्ने, स्याहार गर्ने, सल्लाह दिने सबै काम गर्दा समस्या समाधान भयो । चारजना दिदीबहिनी र एक भाइमध्ये मभन्दा कान्छी बहिनी पनि शिर मेमोरियल अस्पतालमा नर्स छ्नि । मेरो दिदी शर्मिला गायिका हुन् ।

मलाई फुर्सदको समयमा नाच्न मन पर्छ । मोडलिङ पनि मेरो सौखको पेसा हो । मैले दिदीको गीतमा मोडलिङ पनि गरेको छु । मलाई नर्सिङमै क्यारियर बनाउन चाहन्छु । छुट्टैै पहिचान बनाउन चाहन्छु । रोग लागेर उपचार गराउनुभन्दा रोग लग्नै नदिन जनचेतना जगाउने अभियानमा लाग्न चाहन्छु । यो पेसा लहलहैमा लाग्ने पेसा होइन । मनैदेखि नै यो सेवा गर्छु भन्ने भावना बोकेका व्यक्तिले मात्र यो पेसा अँगाल्नु उत्तम हुन्छ । नर्सिङ भनेकै बिरामीको सेवा गर्ने पेसा हो । त्यसलाई आत्मसात् गर्नै पर्छ । त्यो छैन भने अन्य पेसा अँगाल्नु पर्छ । सेवामात्र दिएर भएन गुणस्तरीय सेवा पनि  दिनुपर्छ । बिरामी र आफू कार्यरत संस्थाको भलाइका लागि काम गर्नुपर्छ ।

घरमै छोरी नर्स भए मेरो सानोतिनो स्याहारका लागि पटकपटक अस्पताल गइरहनु पर्दैनथ्यो होला नि भन्ने लाग्दथ्यो बुवालाई । त्यसैले उहाँको चाहना थियो छोरीले नर्सिङ पढोस् । बुवा उपचारका लागि धुलिखेल अस्पतालमा नर्सहरूले गर्ने व्यवहार, स्याहारबाट र व्यक्तित्वबाट म विस्तारै प्रभावित भएकी थिएँ । मलाई पनि लाग्न थाल्यो, नर्स बन्न पाए बाबाको मात्र नभएर सयौं बिरामीको स्याहार गर्न सकिँदो रहेछ । त्यसैले मैले नर्स हुन खोजेँ । पीसीएल नर्सिड सकेपछि मैले दुई वर्ष आफ्नै गाउँको शंखुको उपप्राथमिक स्वास्थ्यचौकीमा काम गरेँ । त्यो वर्षको समयमा धेरै गाउँलेलाई जानेको सीप बाँडे । घरमै हुने सुत्केरीलाई स्वास्थ्यचौकीमा लगेर सुरक्षित गराउन भूमिका खेलेँ । एसबीए तालिम पनि लिए । करार सकिएपछि मलाई अझै नयाँनयाँ सिक्न प्रविधि भएको अस्पतालमा गएर काम गर्न मन लाग्यो । त्यसपछि २०६७ मा राजधानी छिरेँ ।  अल्का अस्पतालमा काम गर्न थालेँ । त्यसपछि केही समय सिभिल हस्पिटलमा पनि काम गरेँ । तर दुई ठाउँमा काम गर्दा समयले नभ्याउने भएपछि सिभिल छोडेँ र पूर्ण रूपमा अल्कामै दत्तचित्त भएर लागेँ । अहिले अल्का अस्पतालमा सेवा दिइरहेकी छु । यो पेसालाई मैले अवसर र चुनौती दुवै सम्झेकी छु । मन लगाएर काम गर्नुपर्छ । आफ्नो पेसाबाट सन्तुष्ट हुनुपर्छ । त्यसमै रमाउनु पर्छ भन्ने मेरो मान्यता छ ।

मेरो परिवार र समाज पनि खुसी छ । बुवाको सपना पूरा गर्न सकियो । नर्स भएकोमा मेरो बुवा हर्षित हुनु हुन्छ । नर्स भएर मेरो जन्मथलोमा पुग्दा मेरो बुवा मेरी छोरी नर्स होइन डाक्टर हो भन्नुहुन्थ्यो । बुवाको ब्लडप्रेसर हेर्ने, स्याहार गर्ने, सल्लाह दिने सबै काम गर्दा समस्या समाधान भयो । ( निर्मला अल्का अस्पतालकी स्टाफ नर्स हुन। )

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रिसाइरहने बानीले हृदयाघात
Next article पोलेको तात्तातो सेकुवा क्यान्सरको घर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web