• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पोलेको तात्तातो सेकुवा क्यान्सरको घर

November 18th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पोलेको तात्तातो सेकुवा क्यान्सरको घर

डा. विमला क्षेत्री

दुर्गम क्षेत्रका जनता अहिले पनि बर्सेनि भोकमरी र खाद्यान्न संकट भोग्न बाध्य छन् । पेटभरि खान नपाएर उनीहरू कुपोषण, रोग र मृत्युको सिकार भइरहेका छन् । तर, यही मुलुकमा एकथरी मानिस खासगरी सहरिया खाएरै रोगी भइरहेका छन् । पोलेको तात्तातो सेकुवा, मसलेदार चिकन तन्दुरी अनि बोसोयुक्त खसीको पक्कु नै किन नहोस्, खाँदा त स्वादिलै हुन्छ । तर, त्यसले मानिसलाई रोगी पनि बनाइरहेको हुन्छ । कस्तो खाना कति मात्रामा कसरी खाने ? भन्ने पक्षमा ध्यान दिन नसकेकै कारण खासगरी सहरका मानिस खाएरै रोगी भइरहेका छन् । रक्सी, मासु र जंक फुडलगायतका उच्च क्यालोरीयुक्त खाना खाने बानीले सहरका मानिसलाई रोगी बनाइरहेको छ । स्वास्थ्यको ख्यालै नगरी जथाभावी खाने बानी भएकालाई चिकित्सकको सल्लाह छ, जिब्रोको स्वादको पछि मात्र नलाग्नुस्, स्वास्थ्यलाई फाइदा हुने गरी ठिक्क मात्रामा खानुस् ।

केही समयपहिले बन्द भएको हास्य टेलिशृंखला तीतो सत्यका कलाकार गैंडा अर्थात् निर्मल शर्मा पहिले जे पनि खान्थे । बियर, चुरोट, पोलेको मासु सबै खान्थे । तर यसले स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी न चुरोट खान्छन् न त बियर । चुरोटकै कारण मेरो बुवाको मृत्यु भयो । त्यो देखेपछि मैले चुरोट पिउन छाडेँ, निर्मल भन्छन्, मोटोपनका कारण बफ, रेड मिट र बोसोयुक्त खानेकुरा पनि खान छाडेको छु ।

वरिष्ठ चलचित्र अभिनेता नीर शाह शाकाहारी बनेका छन् । पहिले उनी मांसाहारी थिए । शाकाहारी भएर खानपानमा ध्यान दिन थालेपछि आफ्नो मानसिकता नै परिवर्तन भएको शाह बताउँछन् । क्यान्सर रोगविज्ञ एवं नेसनल क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक डा. मदनकुमार पिया पहिले आफैं चुरोट पिउँथे । पहिले दिनमा ५० खिल्ली चुरोट एक दिनमै खान्थे । चुरोटका कारण लाग्ने क्यान्सर डाक्टरलाई पनि लाग्न सक्छ भनेर चुरोट छाडेको हुँ, डा. मदन भन्छन्, मांसाहारीको तुलनामा शाकाहारीमा क्यान्सर हुने सम्भावना कम हुन्छ । मदनका अनुसार क्यान्सर रोगीमध्ये ८५ प्रतिशत मांसाहारी छन् भने १५ प्रतिशतमात्र शाकाहारी छन् ।

पोषणविद् जया प्रधान अधिकांश नेपालीलाई खाना खाएर पनि रोगी भइन्छ भन्ने चेतना नभएको बताउँछिन् । खानेकुरामा सन्तुलन नहुँदा रोगी भइन्छ भन्ने चेतना भए पनि खाने बेलामै बिर्सिन्छन्, प्रधान भन्छिन्, त्यसैले खानाकै कारण अधिकांश सहरिया बिरामी परिरहेका छन् । धेरैजसो भोजभतेर, पार्टी, गोष्ठी, सभा सम्मेलनमा सहभागी भइरहने व्यक्ति आफ्नो शरीरलाई आवश्यक पर्नेभन्दा बढी चिल्लो, प्रोटिन, कार्बोहाइड्रेड खाइदिन्छन् । भोजमा जानुस् तर धेरै खाना नखानुस्, नर्भिक इन्टरनेसनल अस्पतालका मुटुरोग विज्ञ डा. यादवदेव भट्टको सल्लाह छ, हरेक मानिसले आफू खानकै लागि बाँचेको नभई बाँच्नका लागि खाएको कुरा दिमागमा राख्नुपर्छ ।

रुवाउँछ खसी र मासुले

खाएर रोगी हुनेलाई सबैभन्दा बढी मुटु रोगले सताउने गरेको पाइएको छ । सहरमा एउटा संस्कार नै विकास भएको छ, पहिले खाएर मोटाउने अनि मोटाएर बिरामी पर्न थालेपछि तौल घटाउनतिर लाग्ने । गाउँघरको तुलनामा सहरका बासिन्दा बढी रक्सी पिउँछन् । रक्सी पिउन कुनै बहाना नै चाहिँदैन । काठमाडौंका तारे होटेलदेखि बेकरी क्याफे र रेस्टुराँसम्ममा आयोजना गरिने पार्टीमा रक्सी अनिवार्य भइसकेको छ । रक्सीबिनाको पार्टी नै हुँदैन, राष्टिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक एवं मिर्गौला रोगविज्ञ डा. ऋषिकुमार काफ्ले भन्छन्, मानिसलाई रोगी बनाउनुमा रक्सीको पनि प्रमुख भूमिका छ ।

रक्सी र मासु जथाभावी खाँदा मोटोपन बढ्ने र त्यसले मुटुरोग निम्त्याउने गरेको डा. भट्ट बताउँछन् । मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मोटोपनलगायत दर्जनौं रोगको प्रमुख कारण हामीले खाने खाना नै हो । हामीले दैनिक खाने खानेकुरामा आवश्यकताअनुसार कार्बोहाइड्रेट, भिटामिन, प्रोटिन र चिल्लो पदार्थको मात्रा हुनुपर्छ, पोषणविद् डा. अरुणा उप्रेती भन्छिन्, सहरमा जंक फुडको जगजगी बढेको छ । यसले बालबालिकालाई मात्र नभएर सबैलाई कुनै न कुनै रूपमा रोगी बनाइरहेको छ ।

अर्कोतिर पोषण ज्ञानको अभावले गर्भवती महिलालाई आवश्यकताभन्दा बढी नै पोषणयुक्त खाना खुवाउने गरिन्छ । यसका कारण पछिल्ला वर्षमा मोटा बच्चा जन्मने गरेका छन । पेटमा मोटो बच्चा भएपछि सिजरिङ (अप्रेसन) गर्नुपर्छ । प्रसूतिगृहको तथ्यांकअनुसार बच्चा जन्माउँदा २० प्रतिशत महिलाको सिजरिङ गर्नुपर्छ । यसको प्रमुख कारण मोटो बच्चा जन्मनु हो । जिन्दगी जतिसम्म बाँचिन्छ, ऋण लिएर भए पनि मीठो खानुपर्छ भन्ने भौतिकवादी चिन्तनले पनि स्वास्थ्य जोखिममा पर्दै गइरहेको चिकित्सक बताउँछन् । क्यान्सर रोगविज्ञ डा. सुदीप श्रेष्ठ राजधानीका होटेल, रेस्टुराँ र सेकुवाघरमा पाइने सेकुवा र रक्सीले क्यान्सरको खतरा बढाइरहेको बताउँछन् । पोलेको सेकुवा वा मासुमा नाइट्रोसमाइन नामक रसायन पाइन्छ । त्यसले क्यान्सर गराउन सहयोग गर्छ, डा. श्रेष्ठ भन्छन्, पोलेको सेकुवाका साथ रक्सी खाँदा मुख र खाना खाने नलीको क्यान्सर हुन्छ । पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्र धेरैलाई खान नहुने खानाबारे जानकारी भए पनि खाने बेलामा बिर्सने गरेको बताउँछन् । रक्सी बढी खानेहरूको मृत्यु भएको देख्दादेख्दै पनि त्यो बिर्सिएर मानिस रक्सी पिउने गरेको छ, डा.प्रवीण भन्छन्, एक दिनको पार्टीमा मात्र भए पनि रक्सी छोडौंभन्दा डाक्टरसाप नै मान्न तयार नभएको समेत देखियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बुवा भन्नुहुन्छ, छोरी नर्स होइन डाक्टर हो
Next article कस्तो हुनु पर्छ क्यान्सर रोगीको खाना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web