• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

कस्तो हुनु पर्छ क्यान्सर रोगीको खाना

November 18th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे

क्यान्सर विभिन्न कारणबाट हुन्छ । अन्य रोगहरूको तुलनामा यसको उपचार महँगो हुन्छ । समयमा उपचार हुन सकिएन भने यसले मृत्युको मुखमा पु¥याउन बेर लगाउँदैन । तापनि यसलाई रोकथाम गर्ने दिशामा मूलतः सन्तुलित एवं स्वस्थ्य खानेकुराको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । ठीकसँग खानपिन गरी शरीरलाई स्वस्थ्य एवं सक्रिय राख्न सकेमा ३० देखि ४० प्रतिशतसम्म क्यान्सरको खतरबाट मुक्त हुन सकिन्छ । स्वस्थ एवं सन्तुलित भोजन खाने अभ्यास गर्ने र धूमपानबाट पूर्णतया मुक्त भएर बच्न सके बढीमा ६० प्रतिशतदेखि ७० प्रतिशतसम्म क्यान्सरको खतरा घट्न सक्छ । डाक्टरको सल्लाहअनुसार खानपानमा ध्यान दिएर व्यवहारमा लागू गर्न सके यसले रोकथाममा सहयोग गर्छ । स्वस्थ आहारको आधुनिक औषधि उपचारको अवधारणा नै वास्तवमा सन्तुलित शाकाहारी भोजन हो ।

१. गेडागुडी, सुप, आलु, रोटी, दाल, भात, तरकारीको साथै प्रशस्त सागपात र फलफूल खानुपर्छ । मासु खाए पनि रातोमासु जस्तो खसीको, राँगाको कम खाने तर मासुलाई मूल आहारको रूपमा खानु हुँदैन ।

२.   हामीले हरेक दिन घटीमा चार सय ग्राम फलफूल र सागपात खानु आवश्यक छ । फलफूलमा भिटामिन तथा खनिज पदार्थ एवं रेसायुक्त वस्तुहरू हुन्छन् । जसले हामीलाई धेरै प्रकारका क्यान्सरबाट बचाउँछ ।

३.   हाम्रो दैनिक खानामा दालभातलगायत गेडागुडी पनि घटीमा पाँच सय ६० ग्रामसम्म समावेश हुनै पर्छ । खाना छान्दा पाएसम्म पालिस कम भएका पोषणयुक्त गेडागुडीमै बढी ध्यान दिनुपर्छ । यी खाद्य पदार्थहरू प्रोटिनको राम्रो स्रोत हो । यसको साथमा यीभित्र धेरै प्रकारका तत्वहरू हुन्छन् । जसले क्यान्सरको रोकथाममा मद्दत गर्छ ।

४.   रातो मासु सकेसम्म खाँदै नखानु, त्यसको सट्टामा बरु माछा या कुखुराको मासु खानु राम्रो हुन्छ । रातो मासु भन्नाले राँगा या बिफ, खसी, भेडा र बंगुरको मासु सम्झनु पर्छ । यी परिकार दिनमा ६०—१०० ग्राम भन्दा बढी कुनै पनि हालतमा खानु राम्रो हुँदैन । रातो मासु बढी खानेहरूलाई क्यान्सरको सम्भावना बढी हुन्छ ।

५.   बेसी पोलेको र धुवाँमा सेकेको खाद्य परिकारहरू खाने बानी परेका मानिसहरूमा क्यान्सरको सम्भावना बढी भएको पाइएको छ । बेसी पोलेको र धुवाँमा सेकेको खाद्य परिकारहरूमा क्यान्सर जन्य सशक्त तत्वहरू विद्यमान भएका हुन्छन । जसबाट पेटको क्यान्सर हुने सम्भावना बढी हुन्छ । यसकारण बासी, धुवाँमा सेकेको, पोलेको, डढेको मासु पनि नखानु नै जाति छ । यसको सट्टामा खाद्य वस्तुहरूलाई कम तापक्रमजस्तै बफाएर, उसिनेर आदि तरिकाबाट पकाएर खानाले स्वास्थ्यको लागि लाभप्रद हुन्छ ।

६.   बोसो भएको खाना खाँदै नखानु राम्रो हुन्छ । खानै परे पनि एकदम कम खानु पर्छ । तेल थोरै हाली पकाएको परिकार खानु राम्रो हुन्छ । यस्तो परिकार बेसी भुटेर वा तारेर खानुको सट्टा उसिनेर या राम्रोसँग बफाएर खानु पर्छ । धेरै बोसो खानाले स्तन, ठूलो आन्द्रा, प्रोष्टेट ग्लान्डको क्यान्सरको सम्भावना बढी हुन्छ ।

७.   जाँडरक्सी सकेसम् नखाँदा नै राम्रो हुन्छ । स्मरण रहोस् जाँडरक्सी बढी खानाले मुख, घाँटी र कलेजोमा क्यान्सर लाग्ने खतरा पनि बढी हुन्छ । यसबाट स्तन क्यान्सरको खतरा पनि उत्तिकै छ ।

८.   नुन बेसी हालेको खाना पनि कम खानुपर्छ । नुन बेसी खानाले पेटको क्यान्सरको सम्भावना बढी हुन्छ । स्वादैको लागि नुनभन्दा अन्य मसलाहरूको प्रयोग भने गर्न सकिन्छ ।

९.   खाना पाएसम्म ताजा नै खानुपर्छ । धेरै दिनसम्म तापक्रम नमिलाइकन थन्काइराखेको खाना खानु हुँदैन । यस्तो खानामा विषाक्ततत्व घुस्ने सम्भावना हुन्छ । जसबाट कलेजोको क्यान्सर हुने बढी सम्भावना हुन्छ । यसबाट बचाउन खानेकुरा सुरक्षित हुने गरी भण्डार गर्नुपर्छ । तुरुन्तै पग्लिएर वा स्वाद बिग्रिएर जाने खाद्यपदार्थ किन्दा या घरमा ल्याउँदा यथोचित तापक्रमका साथ फ्रिजमा राख्नुपर्छ । ढुसी परेको वा पुरानो अचार बनाइएका खानेकुरा खानु हुँदैन ।

१०.  बेसी बुट्टाबुट्टी एवं रंगाएका खानेकुरा खानु हुँदैन साथमा बेसी कृत्रिम तत्वहरू मिसाएर, डिब्बा बन्द गरी राखेको सञ्चित खानाको कम प्रयोग गर्नुपर्छ ।

११.  हामीले यदि प्राकृतिक खाद्य पदार्थ मात्रा मिलाएर आवश्यकताअनुसार सेवन गर्न सकेमा अन्य कुनै कृत्रिम पोषण तत्वको जरुरत पर्दैन ।

१२.  शरीरको वजनलाई धेरै कम वा बेसी हुन दिनुहुन्न । उमेर बढी भइसकेकाले आफ्नो शरीरको वजन बढेमा पनि पाँच किलोग्रामभन्दा बढी बढ्न दिनु हुन्न । यसको लागि नित्य शारीरिक व्यायाम गरी शरीरलाई चुस्त र तन्दुरुस्त राख्नु पर्दछ । खानामा बोसो भएको खानेकुराको सट्टा सागपात, गेडागुडी, फलफूल, आलु, सखरखण्ड आदि खाने । अधिक वजन भएकालाई पेट, पाठेघर, पित्तथैली, प्रोस्टेट ग्लान्ड आदिको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

१३.  धूमपान एवै खैनी, गुट्खा, पान सुपारी तथा तमाखुजस्ता वस्तुहरूको सेवन गर्नु हुँदैन । जसबाट मुख, घाँटी, श्वासनली एवं फोक्सो आदिको क्यान्सर हुनबाट बच्न सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १८ नपुग्दै ५२ % महिलालाई यौन अनुभव
Next article पोलेको तात्तातो सेकुवा क्यान्सरको घर

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133121
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web