• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

बच्चालाई जन्डिस भए के गर्ने ?

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बच्चालाई जन्डिस भए के गर्ने ?

डा. विमल थापा
सामान्य भाषामा पहेँलो देखिनुलाई जन्डिस भनिन्छ । जन्डिस एउटा रोग होइन, यो एउटा लक्षणमात्र हो । धेरै रोग तथा समस्याहरूमा जन्डिस देखिन्छ । पहेँलो देखिने कारण रगतमा बिलिरुविन भन्ने पहेँलो पदार्थको मात्रा बढ्नु हो । यो रगतमा भएको राता रक्तकोषहरू मरेर बन्ने गर्छ ।
नवजात शिशुमा किन देखिन्छ जण्डिस ?
३७ हप्ताभन्दा बढी समय पुगेर जन्मिएका लगभग ६० प्रतिशत र त्यसभन्दाअघि (समयभन्दा अघि) जन्मिएका ८० प्रतिसत नवजात शिशुहरूमा केही न केही मात्रामा जन्डिस देखिने गर्दछ । शिशु गर्भमा रहँदा उसकोे शरीरका धेरै क्रियाकलापहरूका लागि आमामा निर्भर रहन्छ । यो काम साल वा प्लासेन्टाको मद्दतले भइरहेको हुन्छ । पहेंँलो पदार्थ बिलिरुबिन पनि यसैले नै शिशुको शरीरबाट बाहिर लैजान्छ । तर जन्मेपछि यो काम शिशुको आफ्नै कलेजोले गर्न थाल्छ जसका लागि कलेजो पूर्ण रूपमा सक्षम भइसकेको हुँदैन । त्यसैले जन्मपछिका सुरुका केही दिनहरूमा शिशुको रगतमा बिलिरुविनको मात्रा बढेर जान्छ र जन्डिस देखिन्छ । यसलाई मेडिकल भाषामा फिजियोलोजिकल जन्डिस भनिन्छ । यसका साथै कहिलेकाहीँ बच्चा र आमाको ब्लडग्रुप नमिल्दा, बच्चामा विभिन्न वंशाणुगत रोगहरूका कारणले, संक्रमणका कारणले पनि जन्डिस देखिन जान्छ ।
जन्डिस भए नभएको कसरी थाहा पाउने ?
पहेँलो पदार्थ बिलिरुविनको मात्रा बढी हुने हुनाले जन्डिस भएको बच्चा पहेँलो देखिन्छ । घामको उज्यालोमा बच्चा पहँेंलो भए नभएको राम्ररी छुट्याउन सकिन्छ । बच्चाको निधारमा, छातीमा वा हात खुट्टामा औंंलाले केहीबेर थिचेर छोड्दा त्यहाँ पहेंँलो देखिन्छ÷देखिँदैन, त्यो हेरेर जन्डिस छ÷छैन थाहा पाउन सकिन्छ । जन्डिस टाउको, अनुहारबाट सुरु भएर रगतमा त्यसको मात्रा बढ्दै जाँदा क्रमशः छाती, पेट, हातखुट्टा र हत्केला, पैतालामा देखिन्छ ।
कति हानिकारक हुन्छ
हुनसक्छ । बच्चा कति महिना÷हप्तामा जन्मेको हो, कति दिनको भयो, कति तौलको छ, अन्य समस्याहरू पनि छ÷छैन, त्यसअनुसार निश्चित मात्रासम्मको जन्डिसलाई सामान्य मान्न सकिन्छ । त्यसभन्दा बढी भएमा जन्डिस (अर्थात् बिलिरुबिन) बच्चाको दिमागमा जम्मा भई पछिसम्म पनि त्यसको असर देखिन सक्छ ।
आमाले के के बार्नुपर्छ ?
केही पनि बार्नु पर्दैन । बच्चाको जन्डिस आमाको कारणले नभै बच्चाको आफ्नै शरीरभित्रको परिवर्तनका कारणले देखिएको हुनाले आमाले चिल्लो खाना, माछा मासु केही पनि बार्नु पर्दैन । खाना बार्नाले आमाको शरीरको दूध उत्पादन क्षमतामा कमी आई बच्चालाई दूध नपुगेर जन्डिस झन् बढ्न सक्छ । त्यसैले बच्चालाई जन्डिस भएको बेलामा आमाले सामान्य पौष्टिक खाना खानुपर्छ ।
के कुरामा ध्यान दिनुपर्छ ?
नवजात शिशुहरूमा देखिने जन्डिस धेरैजसो फिजियोलोजकल नै हुन्छ अर्थात् त्यो माथि भनिए जस्तो बच्चाको कलेजोले राम्रोसँग आफ्नो काम गर्न नसकेकोले देखिन्छ । तर कहिलेकाहीँ यही फिजियोलोजिकल जन्डिसको मात्रा पनि धेरै बढेर बच्चालाई हानी पु¥याउन सक्छ । जस्तैः आमा र बच्चाको ब्लडगु्रप नमिल्दा (विशेष गरी आमाको ओ पोजिटिभ÷नेगेटिभ र बच्चाको अरू भएमा बच्चालाई दूध राम्रोसँग नपुगेमा, जन्मेको बेला बच्चाको टाउकोमा अन्य कतै चोटका कारण रगत जमेमा, मधुमेह भएका आमाको बच्चाहरूमा, बच्चाले ढिलो दिसा गरेमा, बच्चालाई भ्रूण अवस्थामा पाठेघरभित्रै संक्रमण भएमा आदि । यदि जन्डिसको लेभल सामान्यभन्दा बढी भएमा त्यसका लागि उपचार गर्नुपर्छ त्यसैले आफ्नो बच्चामा जन्डिस कत्तिको कडा देखिएको छ टाउको, छातीमा मात्र नभै हत्केला, पैतालामा पनि देखिएको छ, छैन हेर्नुपर्छ ।
साथै बच्चाको अवस्था कस्तो छ, दूध राम्ररी चुस्न सक्छ कि सक्दैन, खाएको सवै बान्ता गर्छ कि, उठाउँदा उठ्छ कि उठ्दैन, कत्तिको रुन्छ जस्ता खतराका लक्षणहरू देखिएको छ, छैन विचार पु¥याउनु पर्छ । बच्चालाई जन्डिसका साथै माथिका लक्षणहरू पनि देखिएमा तुरुन्त अस्पताल लैजानुपर्छ ।
उपचार विधि
सामान्य मात्राको फिजियोलोजिकल जन्डिस बच्चालाई राम्रोसँग दूध खुवायो भने ७–१० दिनभित्रमा हराएर जान्छ । बच्चालाई नपोल्ने र चिसो पनि नलाग्ने गरेर घाममा राख्नाले पनि जन्डिस घटाउन मद्दत पुग्छ । तर जन्डिस धेरै नै देखिएको छ भने बच्चालाई विशेष प्रकारको नीलो बत्ती (फोटोथेरापी) मा राख्नुपर्छ । साथै धेरै नै बढी भएमा बच्चाको रगत फेर्ने पनि गर्नुपर्छ ।
Download Software Para PC
mx player download for pc Ativador Windows 11
Download for PC
Download Stumble Guys
KMS Pico
Download CapCut for PC

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article खुट्टा फुट्ने समस्या छ भने यसो गर्नुस्
Next article  ख्याल गर्नुहोस् ब्लड प्रेसरको औषधि खाँदा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134296
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web