• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एनएचआरसीले अहिलेसम्म २०० अनुसन्धान गरेको छ, १५ हजारलाई स्वीकृति दिएको छ : डा.जोशी

April 10th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एनएचआरसीले अहिलेसम्म २०० अनुसन्धान गरेको छ, १५ हजारलाई स्वीकृति दिएको छ :  डा.जोशी

हेल्थ टुडे,
काठमाडौं, २८ चैत : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का कार्यकारी सदस्य सचिव डा.प्रमोद जोशीले परिषद्ले अहिलेसम्म २०० वटा अनुसन्धान गरेको र १५ हजार अनुसन्धानलाई स्वीकृति दिएको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को स्थापना दिवसको अवसर पारेर परिषदले राजधानीको सोल्टी होटेलमा बिहीबारदेखि आयोजना गरेको ११ औं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको उदघाटन सत्रमा बोल्दै कार्यकारी सदस्य सचिव डा. जोशीले परिषदले आफ्नो स्थापनाको ३४ वर्षमा २०० सय वटा अनुसन्धान परिषद् आफैले गरेको, १५ हजार अनुसन्धानका लागि स्वीकृति प्रदान गरेको र १५ हजार अनुसन्धानकर्तालाई तालिम प्रदान गरेको जानकारी दिएका हुन । परिषदले विगत ११ वर्षदेखि गर्दै आइरहेको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, अनुसन्धानकर्ता र शिक्षाविद्हरूबीच सहकार्य र छलफलको एक सशक्त मञ्च प्रदान गरेको बताउदै डा. जोशीले सम्मेलनबाट प्राप्त सुझाव र निश्कर्ष नीति निर्माणका लागि सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए ।
११ औं सम्मेलनको विषयवस्तु “स्वास्थ्य, जलवायु र जनसंख्या गतिको अन्तरसम्बन्धः दिगो र समान भविष्यका लागि प्रत्युत्तरदायी स्वास्थ्य प्रणाली निर्माण” हो, जसले जलवायु परिवर्तन, जनसंख्या गतिको बदलाव र सार्वजनिक स्वास्थ्यबीचको जटिल सम्बन्ध बुझ्न र त्यसको प्रत्युत्तर दिन आवश्यक रहेको कुरालाई उजागर गरेको डा. जोशीले बताए ।
उनले भने, “जलवायु परिवर्तनले रोगहरूको संक्रमण ढाँचामा परिवर्तन ल्याइरहेको छ,जुन हालको कमजोर स्वास्थ्य प्रणालीमा थप चुनौती थपिरहेको छ । त्यस्तै तीव्र जनसंख्या रूपान्तरणले नयाँ स्वास्थ्य आवश्यकता उत्पन्न गराइरहेको छ । यसकालागि प्रमाणमा आधारित, समावेशी र लचिलो स्वास्थ्य प्रणाली आवश्यक छन् । ” सम्मेलनमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय तथा १००० भन्दा बढी राष्ट्रिय प्रतिनिधिको सहभागिता रहेको डा. जोशीले जानकारी दिए । नेपालमा युवा अनुसन्धानकर्ताहरूको सहभागितामा गर्व गर्न लायक भएको बताउदै डा. जोशीले उहाँहरुको नवीन दृष्टिकोण र उर्जाले अनुसन्धानको क्षेत्रलाई नयाँ दिशा दिएको दाबी गरे ।
भविष्यमा, नवप्रवर्तन र समावेशितालाई ध्यानमा राख्दै सबै प्रदेशहरूमा शाखा स्थापना गर्दै स्थानीय सन्दर्भमा आधारित अनुसन्धान विस्तार गर्ने समेत डा. जोशीले बताए । डिजिटल रूपान्तरण र कृत्रिम बुद्धिमत्ता जस्ता प्रविधिलाई स्वास्थ्य अनुसन्धानमा जिम्मेवार तरिकाले समावेश गर्ने दिशामा पनि कार्य भइरहेको उनले जानकारी दिए । सम्मेलनमा हुने छलफल, विचारहरू र सहकार्यले स्वास्थ्य प्रणालीलाई अझ प्रत्युत्तरदायी, समान र दिगो बनाउने दिशामा मार्गदर्शन गर्नेमा उनको जोड थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वरिष्ठ मनोचिकित्सक प्रा.डा. वझाद्वारा लिखित ‘मनोस्वास्थ्य’ पुस्तक विमोचन
Next article स्वास्थ्य अनुसन्धान परिषदको काम प्रशंसनिय छ : शिक्षा मन्त्री भट्टराई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web