• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वरिष्ठ मनोचिकित्सक प्रा.डा. वझाद्वारा लिखित ‘मनोस्वास्थ्य’ पुस्तक विमोचन

April 11th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वरिष्ठ मनोचिकित्सक प्रा.डा. वझाद्वारा लिखित ‘मनोस्वास्थ्य’ पुस्तक विमोचन


हेल्थ टुडे,

काठमाडौं,२९ चैत : वरिष्ठ मनोचिकित्सक एवं त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्रा.डा.सरोज प्रसाद वझाद्वारा लिखित
‘मनोस्वास्थ्य’ पुस्तकको शुक्रबार राजधानीमा एक समारोहबिच विमोचन भएको छ । सर्वोच्च अदालतका पुर्व प्रधानन्यायधिश कल्याण श्रेष्ठ सहित वरिष्ठ मनोचिकित्सकहरुले उक्त पुस्तकको विमोचन गरेका हुन । डा. वझाले आफ्नो २५ वर्षको मनोचिकित्सा सेवाको अनुभवलाई सरल र सबैले बुझ्ने भाषामा लेखेका छन् । ‘मनोस्वास्थ्य’ मा डा. वझाले मानसिक स्वास्थ्यका समस्याहरु र मानसिक अस्वस्थताका बारेमा महत्वपूर्ण विषयहरुले प्रस्तुत गरेका छन् ।
विमोचन समारोहमा बोल्दै पुर्व प्रधानन्यायधिश श्रेष्ठले हाम्रो समाजमा जगडिएर बसेको मानसिक स्वास्थ्यका समस्या पहिचान गर्न र विरामीलाई अस्पतालसम्म पुग्ने वातावरण बनाउन पुस्तक निकै लाभदायक रहेको बताए । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.मोहन शर्माले पुस्तक लेख्नु सहिजो काम नभएको बताउदै डा.वझाले खुब मेहनत गरेर पुस्तक लेख्नु भएकोमा बधाई दिए । पुस्तक आम समुदायका लागि मात्र नभएर चिकित्सा क्षेत्रका विद्यार्थीहरुका लागि पनि लाभदायक भएको डा. शर्माले बताए । हास्यकलाकार मनोज गजुरेलले पछिल्ला दिनमा समाजिक सञ्जाल मार्फत भाइरल बन्ने प्रवृति पनि एक किसिमको मनोरोग नै भएको बताउँदै यसको लतबाट बच्नु पर्नेमा जोड दिए ।
पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र वरिष्ठ मनोचिकित्सक डा. देशराज कुवरले डा. वझाले लेख्नु भएको पुस्तकले समाजमा मानसिक स्वास्थ्यका विषयमा जनचेतना जगाउने विश्वास व्यक्त गरे । पुस्तकका लेखक डा.वझाले मानसिक स्वास्थ्यको अवस्था विकिराल भएको बताउदै नेपालमा मात्रै दैनिक २० जनाले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । पुस्तक लेख्न आफुलाई १० महिना लागेको डा. वझाले जानकारी दिए ।
कार्यक्रममा डा. वझाकी धर्मपत्नी एवं स्त्री रोग विज्ञ डा. निभा वझाले अझै पनि मानसिक रोग लुकाएर बस्ने प्रवृति विद्यमान रहेकोले यस किसिमका पुस्तकले जनचेतना विस्तारका क्षेत्रमा योगदान पुग्ने बताइन । विमोचन समारोहमा मानसिक रोग विज्ञहरु र चिकित्सा क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । डा.वझा विगत लामो समयदेखि विभिन्न सञ्चार माध्यममार्फत मानसिक स्वास्थ्यका विषयमा कलम चलाउदै आइरहेका छन् । इटर्नल पब्लिकेसनले प्रशसन गरेको यो पुस्तकको मूल्य ५०० रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हेल्थ रिसर्चर लाइफटाइम अचिभमेन्ट अवार्ड डा. बस्नेतलाई, अन्य १३ जना पुरस्कृत
Next article एनएचआरसीले अहिलेसम्म २०० अनुसन्धान गरेको छ, १५ हजारलाई स्वीकृति दिएको छ : डा.जोशी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134431
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web