• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्ती उद्योगीको प्रभावमा परेर उद्योग मन्त्री भण्डारीको जनस्वास्थ्य विरोधी कदम

April 7th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्ती उद्योगीको प्रभावमा परेर उद्योग मन्त्री भण्डारीको जनस्वास्थ्य विरोधी कदम

पदमराज जोशी,

काठमाडौं, २५ चैत : सिमेन्ट व्यापारीको प्रभावमा परेर सिमेन्टको दोब्बर भाउ बढाउन सहयोग गरेको आरोप सेलाउन नपाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुर्ती उद्योगीहरुको प्रभावमा परेर अर्को जनविरोधी कमद चालेका छन् । मन्त्री भण्डारीको यो जनस्वास्थ्य विरोधी कदमको सबैतिर विरोध भएको छ । गत माघमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनस्वास्थ्यका लागि हानीकारक पदार्थको उपभोग निरुत्साहित गर्न चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटको अगाडि र पछाडिको भागमा १०० प्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने निर्देशिका जारी गरेका थिए । निर्देशिका जारी गर्नु भन्दा पहिले ७५ प्रतिसत भागमा सन्देश छाप्नु पर्ने नियम थियो ।
मन्त्री पौडेलले गरेको जनस्वास्थ्य सुधारको कामको सबैले प्रशंसा गरेका थिए । तर उक्त निर्देशिका कार्यन्वयनको विपक्षमा रहेका सुर्ती व्यापारीहरुले उक्त निर्देशिका कार्यन्वयन गर्न रोक्न उद्योग मन्त्रालय पुगेका थिए । सुर्ती व्यापारीको इसारा अनुसार प्रलोभनमा परेर मन्त्री भण्डारीले उक्त निर्देशिका कार्यान्वयनमा नलैजान सुर्ती उद्योगीकै भाषामा सहजीकरण गर्न भन्दै स्वास्थ्य मन्त्रालयमा पत्र पठाउने निर्णय गरेका छन् । मन्त्री भण्डारीको पत्र स्वास्थ्यमा पुगेपछि स्वास्थ्य मन्त्रालयका अधिकारी छक्क गरेका छन् ।
मन्त्री भण्डारीले चैत ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै चुरोट तथा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगीहरुको माग अनुसार नयाँ निर्देशिका कार्यान्वयन नगर्न र आवश्यक सहजीकरण गर्न स्वास्थ्य मन्त्रालयमा पत्र पठाएका छन् । मन्त्री भण्डारीले उक्त निर्णय गर्नुअघि सुर्ती उद्योगहरुले उद्योग विभागका कर्मचारीलाई प्रभावमा पार्दै सरोकारवालाहरुसँग छलफल गर्दै नयाँ निर्देशिका कार्यान्वयनमा नलैजान स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुसार मन्त्री भण्डारीले पनि उद्योगीको प्रभावमा गत माघमा स्वास्थ्य मन्त्री पौडेलले ल्याएको निर्देशिका कार्यान्वयनमा नलैजान र उद्योगीको मागअनुसार नै आवश्यक सहजीकरण गर्ने निर्णय गर्दै पत्र पठाएका हुन । ’सरोकारवालाहरूबीच भएको छलफलको निर्णय तथा सो निर्णयको विषयमा सम्बोधन हुनेगरी नीतिगत तथा कानूनी व्यवस्थामा पुनरावलोकन गर्न र सो सँग सम्बन्धित निर्देशिका अनुसार हाललाई उद्योग व्यवसायलाई प्रभाव पर्ने कुनै नयाँ व्यवस्था नगर्ने गरी सहज औद्योगिक वातावरणका लागि सम्बन्धित पक्षबाट अनुरोध भए बमोजिम नै आवश्यक सहजीकरण गरिदिनका लागि तहाँ मन्त्रालयमा अनुरोध गरी पठाउन लेखी आएको विषय पेस हुँदा प्रचलित कानूनअनुसार आवश्यक सहजीकरणका लागि तहाँ अनुरोध गरी पठाउने गरी नेपाल सरकार (मा.मन्त्रीस्तर) बाट मिति २०८१÷१२÷११ मा निर्णय भएको व्यहोरा अनुरोध छ,’ उद्योग मन्त्रालयले स्वास्थ्य मन्त्रालयमा पठाएको पत्रमा भनिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले विश्व क्यान्सर दिवसको अवसर पारेर गत माघमा ’सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, ¥यापर्स, पेटी तथा पार्सल, प्याकेजिङ्गमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको थिए । उक्त निर्देशिका अनुसार चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरुको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नु पर्ने व्यवस्था राखिएको छ । उद्योग मन्त्री भण्डारी सुर्ती उद्योगीको प्रभावमा परेको प्रमाण स्वरुप स्वास्थ्यमा पठाएको चिठ्ठीले प्रमाणित भइसकेकोले आउदो आर्थिक वर्षमा पनि सुर्तीजन्य पदार्थमा कर बढ्ने संभावना न्युन रहेको जनस्वास्थ्य अधिकारकर्मी डा.रमेश अधिकारी बताउछन । सरकारले जनस्वास्थ्यलाई प्राथमकितामा राख्दै सुर्तीजन्य पदार्थमा लाग्ने करको दर बढाउनु आवश्यक छ । विश्व स्वास्थ्य संगठनले नेपालमा सुर्तीजन्य पदार्थमा ७५ प्रतिसत कर लगउानु पर्ने सुझाव दिदै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनस्वास्थ्यविद्, स्वास्थ्य अधिकारीकर्मीहरुले नेपालमा करिव ३५ प्रतिसत मात्र रहेको सुर्तीजन्य पदार्थमा लाग्ने करको दायरा बढाउनु पर्ने र उक्त करबाट संकलन भएको रमक विपन्नको उपचारमा खर्च गर्नु पर्ने बताउदै आएका छन् । स्वास्थ्य मन्त्रालय र मन्त्रीले सुर्तीजन्य पदार्थमा कर बढाउन जति पहल गरे पनि बजेट बनाउने बेला उद्योग मन्त्री र अर्थ मन्त्री सुर्ती व्यापारीको प्रभावमा परेर न्युन संख्यामा मात्र कर बढाइने गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एघारौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन राजधानीमा भोलीबाट सुरु
Next article वायु प्रदूषणले काठमाडौंको जनजिवन प्रभावित, नियन्त्रण गर्न सरकारले उठायो २५ अर्ब

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134333
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web