• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

डा. भोला रिजाल भन्छन, म महिला हूँ

November 27th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. भोला रिजाल भन्छन, म महिला हूँ

महिलाका समस्या नजिकबाट बुझेर होला मलाई म महिला नै हुँ जस्तो लाग्छ ।  पुरुष हूँ जस्तो लाग्दैन । हाम्रो देशमा पुरुषको भन्दा महिलाका स्वास्थ्य समस्या बढी छन् । सबैभन्दा ठूलो समस्या निसन्तान हुनु हो । त्यसपछि पाठेघरको मुखको क्यान्सर, पाठेघर खस्नु, तल्लो पेट दुख्ने लगायतका अरु छन् । पाठेघरको मुखको क्यान्सरबाट बच्न सबै महिलाले ३० वर्ष पुगेपछि पाठेघरको मुखको पानीको जाँच गराउनुपर्छ । प्याप स्मेयर टेस्टले मात्र पनि यो समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । बढी जान्ने भएर जे पायो त्यही र जहाँ पायो त्यही उपचार गर्नु हुँदैन ।

अधिकांश ग्रामीण महिलाको बच्चा जन्मनु अगाडि र पछाडि उचित स्याहार भएन भने पाठेघर खस्ने समस्या देखिएको छ । गरुंगो भारी बोक्दा पिसाब चुहिने समस्या पनि छ । भारी बोकेरभन्दा पनि निहुरेर गरुंगो भारी उठाउँदा पाठेघर खस्ने समस्या बढी देखिएको छ । सेतोपानी बग्ने क्यान्सरको लक्षण क्यान्सर हो भन्ने भ्रम हो । सेतोपानी बग्नु राम्रो लक्षण हो । केही वर्षपहिले यो कुरा जनमानसमा धेरै नै उठेपछि हामीले नेपाल टेलिभिजनबाट अन्तरसंवाद कार्यक्रममार्फत यो भ्रममात्र हो त्यसो होइन भन्ने सन्देश दियौं । त्यसपछि यो भ्रम अलि कम भएको थियो । अर्को कुरा पाठेघरमा ट्युमर हुँदैमा पनि क्यान्सर हुँदैन । अप्रेसन गरेर ट्युमर फाल्नुपर्छ । तर सेतोपानीसँगै रगत मिसिएको छ भने ख्याल गर्नुपर्छ र तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्छ ।

२०५४ तिर म कलकत्ता गएको थिएँ । डा. चक्रवत्रीको क्लिनिकमा आउने महिलामध्ये ६० प्रतिशत महिला देखेँ । उनीहरूको समस्या निःसन्तान थियो । उनीहरूको आँखामा आँसु देखेर मेरो आँखामा पनि आँसु आउथ्यो । त्यतिबेला टेस्टट्युब बेबी जन्माएको चार लाख भारु पर्दथ्यो । मलाई लाग्यो त्योभन्दा कम शुल्कमा नेपालमै यो सेवा सुरु किन नगर्ने ? त्यसपछि हामी त्यसतर्फ लाग्यांै र तीन लाख नेरुमै स्वदेशमै सेवा दिन थाल्यौं । अहिले यो सेवा सफलताका साथ अगाडि बढिरहेको छ । दुई वर्षसम्म नियमित पतिपत्नीसँगै बस्दासमेत बच्चा जन्मेन भने निःसन्तानको समस्या आउँछ । नेपालमा १५ देखि २० प्रतिशतमा निःसन्तानको समस्या छ । यीमध्ये ८० प्रतिशतको त साधारण उपचार र परामर्शले नै समस्या हल हुन्छ ।

निःसन्तानको समस्या भएका २० प्रतिशतका लागि मात्र टेस्ट ट्युब प्रविधि हो । निःसन्तानको समस्या आउँदैमा टेस्ट ट्युब नै अन्तिम विकल्प भनेर सोच्नु भएन । टेस्ट ट्युब प्रविधिलाई बदनाम गर्न कृत्रिम भनिएको हो । यो कृत्रिम हुँदै होइन । हामी यो प्रविधिमा आमाको डिम्ब र बुबाको शुक्रकिट लिन्छौं । बाहिर फर्टिलाइज गर्छौं र आमाकै पेटमै राखिदिन्छौं । यो कसरी कृत्रिम भयो ? तर यदि कसैको शुक्रकिट र डिम्ब लिएर गर्भाधारण ग¥र्यौं भने त्यसलाई कृत्रिम भन्न मिल्छ । नेपालमा कृत्रिम गर्भाधारण भनेको १० प्रतिशतमात्र हो । ( डा. रिजालले राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वस्थ्य रहन आत्मबल उच्च 
Next article आयुर्वेदलाई स्वास्थ्य बिमामा कसरी समेट्ने ?

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web