• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

डा. भोला रिजाल भन्छन, म महिला हूँ

November 27th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. भोला रिजाल भन्छन, म महिला हूँ

महिलाका समस्या नजिकबाट बुझेर होला मलाई म महिला नै हुँ जस्तो लाग्छ ।  पुरुष हूँ जस्तो लाग्दैन । हाम्रो देशमा पुरुषको भन्दा महिलाका स्वास्थ्य समस्या बढी छन् । सबैभन्दा ठूलो समस्या निसन्तान हुनु हो । त्यसपछि पाठेघरको मुखको क्यान्सर, पाठेघर खस्नु, तल्लो पेट दुख्ने लगायतका अरु छन् । पाठेघरको मुखको क्यान्सरबाट बच्न सबै महिलाले ३० वर्ष पुगेपछि पाठेघरको मुखको पानीको जाँच गराउनुपर्छ । प्याप स्मेयर टेस्टले मात्र पनि यो समस्याबाट धेरै हदसम्म बच्न सकिन्छ । बढी जान्ने भएर जे पायो त्यही र जहाँ पायो त्यही उपचार गर्नु हुँदैन ।

अधिकांश ग्रामीण महिलाको बच्चा जन्मनु अगाडि र पछाडि उचित स्याहार भएन भने पाठेघर खस्ने समस्या देखिएको छ । गरुंगो भारी बोक्दा पिसाब चुहिने समस्या पनि छ । भारी बोकेरभन्दा पनि निहुरेर गरुंगो भारी उठाउँदा पाठेघर खस्ने समस्या बढी देखिएको छ । सेतोपानी बग्ने क्यान्सरको लक्षण क्यान्सर हो भन्ने भ्रम हो । सेतोपानी बग्नु राम्रो लक्षण हो । केही वर्षपहिले यो कुरा जनमानसमा धेरै नै उठेपछि हामीले नेपाल टेलिभिजनबाट अन्तरसंवाद कार्यक्रममार्फत यो भ्रममात्र हो त्यसो होइन भन्ने सन्देश दियौं । त्यसपछि यो भ्रम अलि कम भएको थियो । अर्को कुरा पाठेघरमा ट्युमर हुँदैमा पनि क्यान्सर हुँदैन । अप्रेसन गरेर ट्युमर फाल्नुपर्छ । तर सेतोपानीसँगै रगत मिसिएको छ भने ख्याल गर्नुपर्छ र तुरुन्त स्वास्थ्य जाँच गराउनुपर्छ ।

२०५४ तिर म कलकत्ता गएको थिएँ । डा. चक्रवत्रीको क्लिनिकमा आउने महिलामध्ये ६० प्रतिशत महिला देखेँ । उनीहरूको समस्या निःसन्तान थियो । उनीहरूको आँखामा आँसु देखेर मेरो आँखामा पनि आँसु आउथ्यो । त्यतिबेला टेस्टट्युब बेबी जन्माएको चार लाख भारु पर्दथ्यो । मलाई लाग्यो त्योभन्दा कम शुल्कमा नेपालमै यो सेवा सुरु किन नगर्ने ? त्यसपछि हामी त्यसतर्फ लाग्यांै र तीन लाख नेरुमै स्वदेशमै सेवा दिन थाल्यौं । अहिले यो सेवा सफलताका साथ अगाडि बढिरहेको छ । दुई वर्षसम्म नियमित पतिपत्नीसँगै बस्दासमेत बच्चा जन्मेन भने निःसन्तानको समस्या आउँछ । नेपालमा १५ देखि २० प्रतिशतमा निःसन्तानको समस्या छ । यीमध्ये ८० प्रतिशतको त साधारण उपचार र परामर्शले नै समस्या हल हुन्छ ।

निःसन्तानको समस्या भएका २० प्रतिशतका लागि मात्र टेस्ट ट्युब प्रविधि हो । निःसन्तानको समस्या आउँदैमा टेस्ट ट्युब नै अन्तिम विकल्प भनेर सोच्नु भएन । टेस्ट ट्युब प्रविधिलाई बदनाम गर्न कृत्रिम भनिएको हो । यो कृत्रिम हुँदै होइन । हामी यो प्रविधिमा आमाको डिम्ब र बुबाको शुक्रकिट लिन्छौं । बाहिर फर्टिलाइज गर्छौं र आमाकै पेटमै राखिदिन्छौं । यो कसरी कृत्रिम भयो ? तर यदि कसैको शुक्रकिट र डिम्ब लिएर गर्भाधारण ग¥र्यौं भने त्यसलाई कृत्रिम भन्न मिल्छ । नेपालमा कृत्रिम गर्भाधारण भनेको १० प्रतिशतमात्र हो । ( डा. रिजालले राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदलाई स्वास्थ्य बिमामा कसरी समेट्ने ?
Next article स्वस्थ्य रहन आत्मबल उच्च 

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web