• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

रोग पत्ता नलागेपछि दिल्ली 

December 10th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रोग पत्ता नलागेपछि दिल्ली 

कमलदेव भट्टराई

नयाँ दिल्लीमा उपचार गराउन आउने अधिकांश नेपाली  बिरामीको गुनासो हुन्छ– एक वर्ष अस्पताल धाउँदा पनि रोग पत्ता नलागेपछि भारत आइयो । काठमाडौंमा १० वटा अस्पताल र डाक्टरकहाँ जाँदा पनि रोग पत्ता नलागेपछि एउटा बिरामीले थप उपचारका लागि भारत आउने मानसिकता बनाउँछ । विगत दुई वर्षदेखि क्यान्सरको उपचार गराइरहेका मेरै एकजना आफन्तको गुनासो छ,  हड्डीमा भित्र क्यान्सर भएको रहेछ तर एक वर्षसम्म बौद्धमा गएर तातोले सेक्न डाक्टरले सुझाव दिए र त्यसै गरियो । दिल्ली आएपछि एपोलो अस्पतालका डाक्टरले उनलाई भने, ‘तपाईंले यति धेरै सेक्नु भएपछि कि अरू केही समय निरन्तरता दिएको भए तपाईंको खुट्टा नै काटेर फाल्नुपथ्र्याे ।’

त्यसैगरी मेरा एकजना साथीकी श्रीमतीको नेपालका विभिन्न अस्पतालले तयार पारेका रिपोर्ट हेर्नेबित्तिकै एपोलो अस्पतालका एकजना महिला डाक्टरले मेरै अगाडि भनिन्, ‘के हो यस्तो रिपोर्ट, केही बुझिँदैन, अब यहाँको रिपोर्ट आएपछि मात्र केही भन्न सकिन्छ । यस्तो केही नबुझिने रिपोर्टबाट के पत्ता लाग्छ र ?’ दिल्लीको यो अवस्था थाहा पाइसकेका एकजना साथीले चाहिँ केही महिनाअघि टेलिफोनमा भने, ‘भाइ, नेपालमा धेरै चेकअफ गर्दा रिपोर्टको भारी नै भएको छ । नेपालको रिपोर्टलाई मान्यता दिने कुनै अस्पताल छ कि बुझिदिनुप¥यो ।’ केही अस्पतालमा बुझियो तर यसै भन्न सकिएन । पछि उनले भारत आउने योजनै रद्द गरे । नेपालमा कम्तीमा रिपोर्टमात्र गतिलो भए पनि पैसा जोगिने बिरामीको आस हुन्छ । यी त केही सामान्य समस्या भए । औषधोपचारका लागि भारत आउने नेपालीले अरू धेरै समस्या भोग्न थालेका छन् । केही वर्षयता भारतमा उपचार गराउन आउने नेपालीको संख्यामा निकै बढोत्तरी आएको छ । भारतका मुख्य अस्पतालमा वार्षिक रूपमा कति बिरामी आउँछन् भन्नेबारे जानकारी दिन अस्पतालहरू तयार छैनन् । तर राजीव गान्धी क्यान्सर अस्पताल, मेदान्त अस्पताल, एम्स, एपोलो, क्याक्स अस्पातलमा दिनहुँ ठूलो संख्यामा नेपाली बिरामीहरू भेटिन्छन् । शरीरको रोग र पारिवारिक पीडा त आफ्ना ठाउँमा छ, उनीहरूले पाउने दुःखको पनि व्याख्या गरेर साध्य छैन । माथि नै उल्लेख गरिएझैं नेपालबाट ल्याएका रिपोर्टका ठेली हेर्दै नहेरी उपचार सुरु हुन्छ । यसमा हाम्रा अस्पतालको कमजोर गुणस्तर हो कि भारतका अस्पतालहरूको खोट हो, पत्तो पाउन कठिन छ ।

त्यसैगरी कतिपय अवस्थामा डाक्टरले बिरामीलाई पर्याप्त जानकारी नदिँदा बिरामी के गर्ने भन्ने अन्योलमा रहने गर्छन् । यतिबेला एकजना उच्च सरकारी अधिकारी नै त्यसको सिकार भएका छन् । उनी भन्छन, ‘पेटमा समस्या आएपछि डाक्टर कहाँ गइयो । उनले तत्काल अप्रेसन गर्नुपर्छ, नत्र क्यान्सर हुन्छ’ भने । अर्काे डाक्टरकहाँ गएर त्यही रिपोर्ट देखाएर कुरा गर्दा उनले यसो भने, ‘तपाईं त अप्रेसनको सौखिन हो कि के हो ? अप्रेसन गर्नु पर्दैन, ठीक हुन्छ ।’ त्यसपछि म परेँ फन्दामा, अब म के गरौं, कहाँ जाऊँ ? त्यसैगरी अर्को समस्या हो, पैसाको । विशेषगरी नोटबन्दीपछि भारतमा नगदको समस्या देखिन्छ । कतिपय अस्पतालले त नेपालीलाई पनि डलर पैसा तिर्न भनिरहेका हुन्छन् । डलर त भएन भएन, भारतीय रुपैयाँमा तिर्ने कार्य पनि निकै झन्झटिलो छ । पहिलो त नेपालबाट पर्याप्त रकम ल्याउनै समस्या छ ।

नगद नै भए पनि अस्पतालहरूले बिरामीलाई उक्त नगदको स्रोत खुलाउन दबाब दिने गर्छन् । अर्को समस्या सन् १९५० को सन्धिअनुसार एकअर्काको नागरिकलाई समान हैसियत दिने भनिए पनि निजी अस्पतालहरूले नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय वर्गमा राखेर उपचार गर्ने गर्छन् । यसले गर्दा नेपाली बिरामीहरू १० प्रतिशत अतिरिक्त शुल्क बुझाउन बाध्य छन् । केही सरकारी अस्पतालबाहेक निजी अस्पतालमा नेपाली बिरामीलाई अन्तर्राष्ट्रिय नागरिक सरह शुल्क लिइन्छ र त्यहीअनुसारको शुल्क उठाउने गरेको पाइन्छ । त्यसैगरी अस्पतालहरूले आफूहरूलाई सस्तो दरमा बाहिर औषधि किन्नसमेत नदिएको उनीहरूको गुनासो रहने गरेको छ ।

यस विषयमा दिल्लीस्थित नेपाली दूतावासको पनि खासै ध्यान गएको पाइँदैन । दूतावास अन्य महत्वपूर्ण कूटनीतिक विषयहरूमा व्यस्त रहने हुँदा नेपाली नागरिकले भोगेका समस्या त्यति प्राथमिकतामा छैनन् । केही पहुँच भएकाले दूतावासको सिफारिसमा केही छुट गराउन पहल गर्ने गर्छन् तर दूतावाससम्म आउन नसक्ने भने जति भन्यो, त्यति पैसा तिर्न बाध्य छन् । अस्पतालमा नेपाली नागरिकले यति मात्र समस्या भोगिरहेका छैनन, नेपाली नागरिक भनेपछि बिरामीलाई भेट्ने पाससमेत पाउन समस्या भोगिरहेका छन् । अर्काे समस्या त खाने तथा बस्ने ठाउँको छँदै छ । समस्या आफ्ना ठाउँमा छ तर सानो चेकअप र रिपोर्टका लागि समेत भारतमा नै आउनुपर्ने बाध्यता अन्त गर्नका लागि भने सरकार र कुनै राजनीतिक दलको ध्यान गएको देखिँदैन । नेपालीले भोगेका समस्याबारे वास्तविक जानकारी नभएर पनि यता ध्यान नगएको हुन सक्छ । हुन त नेता र सरकारी कर्मचारी पनि उपचारका लागि बारम्बार दिल्ली नआउने होइनन् । तर उनीहरू दिल्लीमा झरेलगत्तै उनीहरूलाई लिनका लागि एयरपोर्टमा गाडी लिन पुग्छ, दूतावासमा आएर बस्छन् र अर्काे दिन दूतावासले नै डाक्टरलाई भेट्ने समय मिलाइदिएको हुन्छ र उपचार गरेर फर्कन्छन् ।

भारत गई उपचार गर्ने नेपाली बिरामीले भोगेका समस्या समाधान, सामान्य चेकअप र रिपोर्टका लागि दिल्ली नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्न नेपाल सरकारले तत्काल ध्यान दिनुपर्ने आवश्यकता छ । क्यान्सरको सामान्य पेट स्क्यान गर्नका लागि लाखौं रुपैयाँ खर्च गरेर भारत आउनुपर्ने अवस्थाको अन्त्य गर्न आवश्यक छ । पछिल्लो समय क्यान्सर रोगीहरूको संख्या निकै बढेको पाइन्छ । कम्तीमा पर्याप्त पूर्वाधारसहित नेपालमै एउटा सुविधासम्पन्न क्यान्सर अस्पतालको निर्माण गरेमा न नेपालीले यो सास्ती पाउने थिए न उपचारका नाममा वार्षिक रूपमा अर्बौं रुपैयाँ बिदेसिने थियो ।

( पत्रकार भट्टराई कान्तिपुर मिडिया ग्रुपका दिल्लीस्थित संवाददाता हुन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुध्रिदै भूकम्प प्रभावित जिल्लाको स्वास्थ्य
Next article यौनाङ्गको आकार र यौन सन्तुष्टिबिचको सम्बन्ध   

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web