• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिरामीको खल्तीमा भन्दा उपचारमा ध्यान दिनुस  : ओली

December 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिरामीको खल्तीमा भन्दा उपचारमा ध्यान दिनुस  : ओली

हेल्थ टुडे

काठमाडौं, २५ मंसिर : पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्पताल आउने बिरामीको खल्तीमा नभई रोगको उपचारमा चिकित्सकले ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् । गैरआवासिय नेपाली संघ ( एनआरएन)को लगानीमा ललितपुरको भैसेपाटीमा निर्माण भएर सञ्चालनमा आएको सुविधा सम्पन्न मेडीसिटी हस्पिटलको निरिक्षण भ्रमणका सिलसिलामा नेता ओलीले पैसा भन्दा गुणस्तरीय उपचारमा ध्यान दिनु पर्ने बताएका हुन् ।

‘कतिपय अस्पतालमा इमर्जेन्सी पुग्ने बिरामीको धरौटी खोजिन्छ, नभए फिर्ता पठाइन्छ,’ ओलीले भने, ‘मैले पनि धरौटीबिना उपचारमा ढिलाइ भएको अनुभव गरेको छु भने सर्वसाधारणको स्थिति के होला ?’ आकस्मिक उपचारका लागि आउनेलाई अस्पतालले सबैभन्दा पहिला ज्यान जोगाउनेतर्फ लाग्न उनले आग्रह गरे । विदेश भ्रमणताका एक्कासी आफू न्युयोर्क अस्पताल भर्ना भएको प्रसंग उठाउँदै उनले भने, ‘ पाच दिनको उपचार क्रममा मलाई शुल्कबारे सोधिएन, निको भएर हिँड्ने बेलामा निजी अस्पतालमा शुल्क लाग्छ भनियो ।’ नेपाल चिकित्सा क्षेत्रका लागि मेडिकल हब बन्न सक्ने बताएका छन् । सडक विस्तार, मेलम्ची आयोजनाको पाइप बिछ्याउने आदिले काठमाडौंमा धूलो, धूवाँ भए पनि यसलाई नियन्त्रण गर्न समय नलाग्ने बताउँदै उनले भने, ‘यसपछि मुलुकको वातावरण अत्यन्त सुन्दर हुन्छ, यहाँ बिहान हिमाल हेर्दै उपचार गर्न पाउने भएकाले जोसुकैले रुचाउँछन् ।’

नेपाल मेडिसिटी अस्पतालको अवलोकनपछि अस्पताल परिसरमा ओलीले मेडिसिटीजस्ता अस्पतालले मुलुकलाई मेडिकल हब बनाउन सघाउने बताए । अस्पतालका अध्यक्ष समेत रहेका एनआरएनका संस्थापक उपेन्द्र महतोले उपचारका लागि विदेश जानु नपर्ने विश्वास दिलाउन मेडिसिटी सञ्चालनमा ल्याएको जानकारी दिए । ३५० शय्याको सुपर स्पेसियालिटी अस्पतालमा अत्याधुनिक उपकरण, प्रविधिसँगै सबै विधाको विशेषज्ञता सेवा रहेको जनाउँदै महतोले भने, ‘मेडिसिटी अस्पताल होइन अभियान हो, अत्यन्त ठूलो भवन अत्याधुनिक उपकरण सेवा सुविधा भए पनि सेवा शुल्क सर्वसाधारणले तिर्न सक्नेछ ।’ अस्पतालका निर्देशक डा. सुनिलकुमार शर्माले अत्याधुनिक उपकरण र प्रविधिले चिकित्सा विज्ञानको सबैजसो विधामा अन्तर्रा्ष्ट्रिय गुणस्तर सेवा मेडिसिटीले दिइरहेको दाबी गरे । उनले भविष्यमा अस्पताललाई ७ सय ५० शय्यामा विस्तार गरिने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बच्चा किन खान मन गर्दैनन्
Next article ब्रस गर्दैमा मुख स्वस्थ हुन्न

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132855
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web