• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

ब्रस गर्दैमा मुख स्वस्थ हुन्न

December 11th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ब्रस गर्दैमा मुख स्वस्थ हुन्न

डा. सुवास घिमिरे

मुख स्वास्थ्यका लागि दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ । तर ब्रस गर्दैमा मुख स्वस्थ्य भइन्छ भन्ने होइन । हामीले ब्रस गर्नुपर्छ भन्ने जानकारी दिएका छौं तर नगर्दा के हुन्छ भन्ने कुरा बुझाएका छैनौं । मुख स्वास्थ्यका विषयमा अझै धेरै बुझाउन र बुझ्न बाँकी छ । हामीले कस्तो खाना खान्छौ ? कति बेला खान्छौं ? कति मात्रामा खान्छौं ? भन्ने कुरा मुख स्वास्थ्यसँग जोडिएर आउँछ । हामी जुनसुकै खानेकुरा पनि मुखबाटै खान्छौं । शरीरलाई हानी गर्ने खानेकुरा खाएनौंभने मात्र हामी स्वस्थ्य हुन्छांै । मुखको स्वादको कारण चाहिनेभन्दा बढी खाना खादा अस्वस्थ भइन्छ ।
पेटसम्बन्धी अधिकांश रोगको कारण मुख हो । हामी चिकित्सककहाँ जाँच गराउन गयांै भने आँ गर्नु त भन्छन् । जिब्रो हेर्छन् । मुखका कारण हामी रोगी बन्छांै। झाडापखालाजस्ता रोगको कारण मुख स्वास्थ्य हो । रेगुलेटरी बडी मुख स्वास्थ हो । सरकारले झाडापखालाजस्ता रोगको उपचार निःशुल्क गरेको छ । तर यी सबै मुख स्वास्थका कारण भइरहेको छ भन्ने बिर्सेको छ । अरू रोगमा अनुदान दिएजस्तै मुख स्वास्थमा महत्व दिन सकियो भने अहिलेका ७० प्रतिशत रोग निको हुन्छ । स्वास्थ्यका विषयमा चेतना दिनु प¥यो । धनी देशमा मुख स्वास्थ्यमा महत्व दिइन्छ । हाम्रै नेपाली विदेशबाट उपचार गर्न आउँदैनन् । विकासशील देशमा नसर्ने रोग बढ्दैछन् । धनीमा घट्दै छन् । किनकि उनीहरू मुख स्वास्थ्यलाई बढी महत्व दिन्छन् । विदेशी मुख केयरमा ध्यान दिन्छन् । नेपालीको मुख स्वास्थ्यलाई केयर गर्दैन । के फरक पर्छ र भन्ने छ । हाम्रा मान्छे ६० वर्षमा मेरो छोराले गर्छ भन्छ । दाँत स्वास्थ्य ख्याल गर्ने मान्छेको आयु बढ्छ । पेटसम्बन्धी रोग लाग्दैन । आत्मबल हुन्छ । चपाएर खान सक्छ । बुढ्यौलीपन घट्छ । युवा देखिन्छ । जीवन सहज हुन्छ । एक मान्छे स्वस्थ्य हुन ५० प्रतिशत.साइकोलोजिकल हुन्छ । डाक्टरले बोल्दा राम्रो हुन्छ । विचारमा पनि भर पर्छ ।
मुख स्वास्थ्य र खानेकुरामा मात्र ध्यान दिने हो भने ४० प्रतिशत निको हुन्छ । १० प्रतिशत मात्र डाक्टरलाई देखाउनुपर्छ । मुख स्वास्थ्यको महत्व नजानेर, नबुझेर हामी अन्तिममा उपचारमा जान्छांै । मुख स्वास्थ्यलाई ध्यानमा राख्ने हो भने आउटपुट पनि दिन सक्छ । १० वर्षपहिले सीमित मान्छेको पहुँचभित्र मात्र दाँतको उपचार थियो । उपचार गर्ने क्रम बढेको छ । तर मुख स्वास्थ्यको अवस्था भयावह छ । ९० प्रतिशतमा छ । पहिले सहरमा बढी थियो गाउँमा कम थियो । अहिले उल्टा छ । विदेश गए चक्लेट, जड फुड खान सिके । तर कियर गर्न सिकेनन् । सहरमा अलि उपचार गराउनुपर्ने अवस्था छ । पहिलेभन्दा चेतना बढेको पक्कै छ । डेन्टल क्लिनिक बढी खुलेका छन् । यो सकारात्मक हो । सबैले उपचार पाउनुपर्छ । सबैभन्दा बढी रक्सी खाने, चुरोट खाने, जंक फुड खाने, चाउचाउ गाउँमै बिक्री हुन्छ । प्राकृतिक वस्तु, खाद्यान्न हराउने क्रममा छन् । गुलियो खाने, जंक फुड खाने, दाँत नमाझ्ने, स्वादका लागि मसालदार खानेकुरा खाने, पानी कम पिउने, धूमपान मद्यपान सेवन गर्ने कारणले दाँत बिग्रन्छ ।
सरकारले नीतिगत रूपमा शिक्षा क्षेत्रमा, स्वास्थ्यमा फोकस गर्न आवश्यक छ । भारतमा मेडिकल टुरिजमको सुरुवात गरेको छ । डेन्टल टुरिजमका लागि वातावरण बनाउन सकिन्छ । यहाँ त प्राकृतिक वातावरण छ । एकदमै सस्तो छ । अन्तर्राष्ट्रिय स्तरको डेन्टल हस्पिटल खोल्नुपर्छ । पर्यटकले यहाँ मज्जाले उपचार गराउन सकोस् । यसमा लगानी गर्नेलाई सरकारले सहुलियत ऋण दिनुपर्छ । हामीसँग दक्ष जनशक्तिदेखि सम्भावना सबै छ । यो सेवा व्यवस्थित हुनुपर्छ । दन्त सहायकले सीएमएले अस्पताल पठाएजस्तै डाक्टरसम्म पठाउनुपर्छ । दाँत स्वास्थ्य त प्राथमिकतामा नै छैन । सरकारको डेन्टल हस्पिटल नै छैन । उपचारका क्रममा डाक्टरमात्र इमानदार भएर भएन बिरामी र आफन्त पनि इमानदार हुनुपर्छ ।
(डा. घिमिरे ओम समाज डेन्टल हस्पिटल, चाबहिलका कार्यकारी निर्देशक हुन । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कक्षा कोठामै यौन शिक्षा 
Next article बिरामीको खल्तीमा भन्दा उपचारमा ध्यान दिनुस  : ओली

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133409
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

74
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

63
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web