• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौंला कसरी जोगाउने ?

December 25th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौंला कसरी जोगाउने ?

डा. सुमित आचार्य,
मिर्गौंला भनेको हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपूर्ण अंग हो । प्रत्येक मिर्गौंला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ ।
मिर्गौंलाले एक दिनमा सरदर दुई सय लिटर रगत छान्छ र त्यसबाट उत्पन्न शरीरका विकार तत्वलाई पिसाबको रूपबाट बाहिर पु¥याउँछ । यसका अतिरिक्त मिर्गौलाले राता रक्तकोष उत्पादन गर्न, हाड मजबुत बनाउन र शरीरमा रक्तचाप नियन्त्रण गर्न मद्दत पु¥र्याउँछ ।
मिर्गौंला रोग लागेको पत्ता लगाउन सर्वप्रथम मिर्गौंला परीक्षण गर्नुपर्छ । मिर्गौंला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु एकदम खतरानाक हुन्छ । किनभने मिर्गौंला रोगको लक्षण देख्नु भनेको मिर्गौंला बिग्रिसकेको अवस्था हो । शरीरको अवस्थाका बारेमा बेलाबेलामा जानकारी लिनुपर्छ । मिर्गौंलाको रोग भनेको लक्षण नै नदेखि हुने समस्या हो । मिर्गौंलाको उपचार निकै नै महँगो पर्ने भएकाले यो रोग लागेपछि शरीरको अवस्था त कमजोर हुन्छ नै आर्थिक अवस्था पनि कमजोर बनाउँछ ।

मिर्गौंलाले के काम गर्छ ?
मिर्गौंलाले हामीले खाएको खाद्यपदार्थ जुन शरीरलाई चाहिँदैन त्यसलाई शरीर बाहिर फाल्ने काम गर्छ । दूषित पदार्थ शरीरमा नबसोस् भनेर मिर्गौंलाले पिसाबको माध्यमबाट फ्याक्ने गर्छ । मिर्गौंला रोग लागेपछि रगत छानेर दूषित पदार्थ पिसाबमा फाल्ने क्षमता घट्छ ।

मिर्गौंला रोगको लक्षणहरू
– शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने ।
– खाना रुचि कम हुने, वाकवाक लाग्ने ।
– शरीरमा रगत कम भएर शरीर सेतो हुने ।
– शरीरको छाला गाढा कालो भएर जाने ।
– सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मानिस बेहोससम्म हुने ।
– सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मिर्गौंलासम्बन्धी रोग हुन सक्छ ।
मिर्गौंला बिग्रनुका कारणहरू
– शरीरमा पानीको मात्रा कम हुनुजस्तै धेरै झाडापखाला लाग्नु वा बान्ता हुनु वा धेरै गर्मीमा काम गर्नु र पर्याप्त मात्रामा पानी नपिउनु ।
– पिसाब मार्गमा ढुंगा वा प्रोस्टेड ग्रन्थी बढेर अवरोध हुने ।
– धेरै मात्रामा औषधिहरू सेवन जस्तै– केही एन्टिबाइटिक र दुखाइ कम गर्ने औषधिहरू ।
– रोग प्रतिरोधात्मक शक्तिमा कमी ल्याउने रोगजस्तै स् एचआईभी एड्स हेपाटाइटिस ‘बी’ र ‘सी’ वा लामोसमयसम्म भाइरसको संक्रमण ।
– मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा नहुनु ।

मिर्गौंला रोगबाट बच्न के गर्ने ?
– रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी नियन्त्रणमा राखौं ।
– स्वस्थ व्यक्तिहरूले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔं ।
– प्रशस्त मात्रामा पानी पिऔं र जथाभावी औषधि सेवन नगरौं ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाको खाचो   
Next article स्वास्थ्य विमाको कार्यकारी निर्देशकबाट डा. लोहनीको राजिनामा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web