• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाको खाचो   

December 25th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखाको खाचो   

डा प्रकाश ज्ञवाली,

अहिले हरेक मन्त्रालयले संघीय संरचना अनुसार पुनर्सरचना गर्ने काम गरिरहेका छन् । स्वास्थ्य मन्त्रालय पनि संघीय संरचना बनाउने काममा जोडतोडले लागिरहेको छ । जसमा चारवटा विभाग  र महाशाखाहरुको प्रस्ताव गरिएको छ । अहिले मन्त्रालयले बनाएको संरचना हेर्ने हो भने आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धति होमियोप्याथि, प्राकृतिक चिकित्सा, योग, युनानी, सोरोप्पा, एकुपंचर लगायतका चिकित्सा पद्धतिलाई बेवास्ता गरिएको छ ।

आयुर्वेदको र वैकल्पिक चिकित्साको विकाश र विस्तारकोलागि स्वास्थ्य मन्त्रालयमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा स्थापना हुनुपर्छ । आयुर्वेदको विभाग मात्र हुने तर मन्त्रालयमा यी विषयको छुट्टै महाशाखा नहुने हो भने हाम्रा विषयले कहिल्यै महत्व नपाउने निश्चित छ । मन्त्रालय र विभाग बिचको समन्वय गर्ने पुलको रुपमा रहेको महाशाखा नहुदाँ हाम्रा कुरा मन्त्रालयमा बुझाउन समस्या पर्छ । महाशाखा नहुदाँ अन्य मन्त्रालय र अन्तर विभागिय गर्नुपर्ने  छलफलका विषयमा अरु महाशाखाले बुझाउन सक्दैनन् । आजको दिनसम्म आयुर्वेद र वैकल्पिक चिकित्सालाई मन्त्रालयमा शाखामा सीमित गराइएकाले हाम्रा फाइलहरु अघि बढाउन चिकित्सा महाशाखाको भर पर्नुपर्ने अवस्था छ । हामीले उठाएका विषयहरु प्राथमिकतामा नपर्दा फाइलहरु बिचमै हराउने, कामहरु रोकिने र हाम्रा विषयमा विषय बाहिरका व्यक्तिले निर्णय गर्ने परिपाटीले जतिमात्रामा विकास र विस्तार हुनपर्ने हो त्यो हुन सकेको छैन ।

हामीले आयुर्वेद र वैकल्पिक चिकित्साको विकासकालागि छुट्टै महाशाखा हुनपर्छ भनेर संर्घष गर्दै आएका छौँ तर यहाँ त भएको शाखालाई पनि हटाएको विषय हाम्रा लागि दुखद कुरा हो । र यो कुरा हामीलाई मान्यहुने छैन् । हाम्रा विषयलाई ओझेलमा पार्ने, यसको विकास र विस्तारमा बाधक बन्ने काम स्वास्थ्य मन्त्रालयबाट नहोस् भन्न चाहन्छौ । अहिले बाहिरी देश अझ हाम्रै छिमकी देशले पनि आयुर्वेद र वैकल्पिक चिकित्सा पद्धतिलाई महत्वका साथ अघि बढाएको अवस्थामा हाम्रो देशमा यी विषयमा चरम लापरवाही ढंगले व्यवहार गर्नु दुखद विषय हो । कुनै पनि चिकित्सालाई मान्यता दिइसकेपछि त्यसको समय समयमा अनुगमन नियमन गर्नुपर्ने हुन्छ । त्यसकालागि विभाग बनाइ सकेपछि पनि त्यस भित्र पनि होम्योप्पेथिक ,प्राकृतिक चिकित्सा, युनानी, योग, एकुपंचर लगायत प्रचलित चिकित्साको अलग्लै महाशाखा बनाइएर अगाडि बढाउनुपर्छ । आयुर्वेद विभागमा जनस्वास्थ्य, अनुगमन तथा समन्वय महाशाखा राख्नु उपयुक्त हुन्छ । त्यस्तै जडिबुटी अनुसन्धान तथा वौद्दिक सम्पत्ति संरक्षण महाशाखा राख्नुपर्ने देखिन्छ  ।  अहिलेको नयाँ स्वास्थ्य नीतिमा पनि आयुर्वेद र वैकल्पिक चिकित्साकाबारेमा स्पष्ट उल्लेख गरिएको छैन । होमियोप्याथि, प्राकृतिक चिकित्सा, योग, युनानी, सोरोप्पा, एकुपंचर आदि परम्परागत चिकित्सा विधिको बारेमा नीतिमा एक शब्द समेत उल्लेख गरिएको छैन ।

यी बिधिहरु सरकारले मान्यता दिएर सरकारी र गैरसरकारी क्षेत्रबाट संचालित छन् । यिनीहरुको विकाश र विस्तार र अनुगमन निरीक्षणकोलागि समेत नीतिमा उल्लेख गरि विभागमा महाशाखा राख्नु पर्ने हुन्छ । अहिलेको प्रस्ताव हेर्दा स्वास्थ्य मन्त्रालयलाई एलोपेथिक मन्त्रालयको रुपमा विकास गर्न खोजिएको छ । यसले समग्र आयुर्वेद र वैकल्पिक चिकित्साको विकाश र विस्तारमा अवरोध हुन्छ र कालान्तरमा हामी स्वास्थ्यमा परनिर्भर हुदै जान्छौं । वैकल्पिक चिकित्सालाई महत्व दिई अघि बढ्ने हो भने देशमा रहेका अद्धितीय जडिबुटीको पनि विकास बिस्तार र त्यसको उचित सदुपयोग हुने छ । र स्वास्थ्यमा परनिर्भरता घट्दै जानेछ । अहिले नेपालले विश्वलाई स्वास्थ्यमा गर्ने योगदान भनेकै जडिबुटी हो । जडिबुटीको खेति र उपयोगबाट स्वास्थ्य र समृद्दी, रोजगारीको साथसाथै विश्वभरि नै हाम्रो पहिचान र उपस्थिति कायम गर्न सक्छौ । छिमेकी मुलुक भारत र चीन वैकल्पिक चिकित्साको विकाशकोलागि  मन्त्रालय बनाएर  अघि बढ्दै छन् भने हामी झन् झन्  पछाडी फर्किदै छौ । त्यसैले सरकारले पनि बैलल्पिक चिकित्साको विकासमा अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । ( डा. ज्ञवाली नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्ष हुन् । )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कस्तो हुन्छ पहिलो पटकको यौन सम्पर्क
Next article मिर्गौंला कसरी जोगाउने ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134186
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web