• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कारवाही गर्नु पर्नेलाई पुरस्कार    

December 28th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कारवाही गर्नु पर्नेलाई पुरस्कार    

हेल्थ टुडे

काठमाडौं,  पुष : कारवाही गर्नु पर्ने विवादास्पद स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीलाई मन्त्रीपरिषद्ले बिहीबार स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको छ । प्रसूति गृहको निर्देशक भएका बेला आर्थिक अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा.चौधरीलाई कारवाही गर्न २०७४ असार २ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । डा. पुष्पाले उक्त पत्र कर्मचारीसंगको मिलेमतोमा तत्कालिन स्वास्थ्य सचिव र मन्त्रीसम्म पुग्न नै नदिएर लुकाउन लगाएकी थिइन ।

डा.चौधरीले सरकारलाई जानकारी नै नदिई बेलायतमा मुख्य कार्यालय रहेको स्त्री रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय संगठन फिगोबाट प्रति महिना करिव डेढ लाख रुपैया (१५ सय अमेरिकी डलर) तलव लिने गरि जनवरी १, २०१५ देखि २०१७ डिसेम्बरसम्म तीन बर्षे सम्झौता गरेपछि उनी अर्को बिबादमा तानिएकी थिइन । स्वास्थ्य सेवा ऐन अनुसार कुनै पनि सरकारी कर्मचारीले दोहोरो सुविधा लिन नपाइने व्यवस्था छ । डा.चौधरीलाई अंगिकृत नागरिक भएको र उमेर घटाएर नागरिकता बनाएको आरोप पनि छ । आफ्नो उमेर र नागरिताका बिषयमा मिडियामा आएका समाचारका बिषयमा आफूले चाडै पत्रकार सम्मेलन गर्ने उनले बताएकी छन् । यसका साथै सेवा अवधिमा कहिल्यै पनि राजधानी बाहिर नगएको, राजधानी बाहिरका जिल्लाको स्वास्थ्यकर्मीका समस्या नबुझ्ने, एनजिओ र आईएनजीओसँग आर्थिक चलखेलमात्र गर्ने, कर्मचारीसँग रुखो व्यवहार गर्ने जस्ता दर्जनौ आरोप उनी मातहतका कर्मचारीले लगाउने गरेका छन । स्वास्थ्य मन्त्री दीपक बोहोराले आर्थिक प्रलोभनमा परेर डा. चौधरीलाई सचिवमा नियुक्त गर्न मन्त्रीपरिषद्मा दवाव दिएको स्रोतले बताएको छ ।

गत मंसिर १८ गते मन्त्रालयकी सचिव डा. किरण रेग्मी अवकास भएपछि स्वास्थ्यमा सचिवको पद रिक्त थियो । हिजो बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका बाह्रौ तहमा कार्यरत डा. विनोदमान श्रेष्ठ, डा. सुशिल प्याकुरेल र डा. पुष्पा चौधरीलाई नियुक्तीका लागि सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्री परिषद्ले सिफारिस भएका मध्ये विवादास्पद् डा.चौधरीलाई नियुक्त गरेको हो । गलत गर्ने चिकित्सकलाई कारवाही गर्नु पर्नेमा पैसाका बलमा पुरस्कृत गर्ने संस्कार बसालेकोमा स्वास्थ्यका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । मन्त्रालयका एक अधिकारीले भने, ‘ डा. चौधरीको नियुक्तीले मन्त्रालयमा गलत संस्कार बसालेको छ । यसलाई सच्याइनु पर्छ । ’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आज नयाँ स्वास्थ्य सचिव नियुक्त हुने संभावना
Next article मृगौला, क्यान्सर र गम्भीर प्रकृतिका विरामीलाई मासिक ५ हजार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web