• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

कस्ता बिरामीलाई ल्याप्रोस्कोपी सर्जरी ?

January 29th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कस्ता बिरामीलाई ल्याप्रोस्कोपी सर्जरी ?

डा.नूतन शर्मा,

सामान्यतः दूरबीनको माध्यमबाट पेट नचिरेर सानोसानो प्वाल बनाएर गरिने सर्जरीलाई नै ल्याप्रोस्कोपिक सर्जरी भनिन्छ । आजको दिनमा ल्याप्रोस्कोपी सर्जरी अर्थात् दूरबिन शल्य चिकित्सा पद्धतिद्वारा गरिने शल्यक्रिया बिरामीका लागि वरदान सावित भएको छ । यस्तो शल्य चिकित्सा पद्धतिलाई किहोल सर्जरी वा पिनहोल सर्जरी पनि भन्ने गरिन्छ । यो एक अत्याधुनिक शल्य चिकित्सा पद्धति पनि हो । आधुनिक सर्जरीको विधाको रूपमा रहेको यो पद्धति बिरामीलाई अधिक आराम र सुविधा दिने उपयुक्त माध्यम बन्न पुगेको छ । पछिल्लो समय नेपालमा समेत विभिन्न रोगसँग सम्बन्धित मुख्य शल्यक्रिया (मेजर ओटी) दूरबिन पद्धतिबाट गर्ने क्रम बिस्तार हुँदै गएको छ । त्यसमध्ये स्त्री रोगसँग सम्बन्धित शल्यक्रियासमेत दूरबिन पद्धतिबाट नेपालका धेरै अस्पतालमा हुन थालेका छन् ।

स्त्री रोग निदान ल्याप्रोस्कोपी सर्जरी

जुन रोगको पहिचान अल्ट्रासाउन्ड वा अन्य परीक्षणबाट गर्दा स्पष्ट हुँदैन । त्यसलाई सूक्ष्म रूपमा हेरेर पहिचान गर्न डाइग्नोसिस ल्याप्रोस्कोपिङ निकै उपयोगी विधि हो ।पेटको दुखाइ, पाठेघरको ट्युमर, डिम्बाशयको सिस्ट, पाठेघरको सिस्टका साथै बाँझोपनको कारण पत्ता लगाउनसमेत दूरबिन पद्धति निकै उपयोगी हुन्छ । यस्ता समस्याको पहिचान गरी उपचार गर्न जस्तै पाठेघरमा पलाएको मासु झिक्न गरिने शल्यक्रिया ( ल्याप्रोस्कोपिङ मिओमे डिम्बाशयमा सिस्ट र ट्युमर पलाएको झिक्न गरिने शल्यक्रिया  र बच्चा नहुने अप्रेसन गर्न र बच्चा नहुने अप्रेसन गरिएको छ भने त्यसलाई खोल्ने, पाठेघरसम्म जाने नली ट्युब ठीक छ कि छैन त्यो पत्ता लगाउन र ट्युबमा बच्चा बस्ने जस्ता समस्याको उपचार पनि दूरबिन पद्धतिबाट हामीले सफल रूपमा गर्दै आएको छौं ।

विकसित मुलुकहरूमा दूरबिन पद्धतिबाट गरिने शल्यक्रिया सामान्य हँुदै गए पनि नेपालमा अहिले यसको प्रयोग भर्खरै विस्तार हुन लागेको हो । दूरबिन पद्धतिबाट शल्यक्रिया गर्ने मात्र नभई विभिन्न रोग पत्ता लगाउनसमेत यसको प्रयोग निकै सहज भएको छ । पहिलेपहिले नेपालमा कतिपय रोगको पहिचानका लागि पेट चिरेर भित्रको समस्या के छ भनेर हेर्ने गरिन्थ्यो भने अहिले दूरबिनको प्रयोग अर्थात डाइग्नोसिस ल्याप्रोस्कोपिकबाट विभिन्न रोग पत्ता लगाउन सहज भएको छ ।

ल्याप्रोस्कोपी सर्जरीपछि कस्ता लक्षण देखिए तुरुन्त डाक्टरसँग सम्पर्क गर्नुपर्छ ?

१.ज्वरो आएमा

२.अधिक दुखाइ वा गम्भीर हुँदै गएमा

३.योनीबाट अत्यधिक रक्तस्राव भएमा

४.सुन्निएको महसुस भएमा वा घाउबाट पिप बगेमा

५.बेहोस भएमा र, पिसाब फेर्दा असहज महसुस भएमा

ल्याप्रोस्कोपी सर्जरीका फाइदा 

दूरबिन पद्धतिबाट गरिने शल्यक्रिया बिरामीका लागि अधिक आरामदायी र सुविधाजनक शल्यक्रियामा पर्छ । कुनै पनि बिरामीले शल्यक्रियामा दुखाइ कम, सुरक्षित र छिटो निको हुने चाहना राखेको हुन्छ, त्यसैले दूरबिनबाट गरिने शल्यक्रियाले यी सबै कुराको सम्बोधन गर्ने हुँदा बिरामीका लागि दूरबिन पद्धतिबाट गरिने सर्जरी निकै फाइदाजनक देखिएको छ । यस्तो शल्यक्रियामा पेटमा सानो प्वाल पार्ने हुँदा पेटको सौन्दर्य बिग्रने चिन्ता  पनि हुँदैन । तर यस्तो पद्धत सशै बिरामीमा सधैं सफल हुन्छ भन्ने हँुदैन कहिलेकाहीँ ल्याप्रोस्कोपी सर्जरी गर्दा केही कठिनाइ आए ओपन सर्जरीमा रूपान्तरण गर्नुपर्ने हुन्छ । त्यसैले ओपन सर्जरीमा राम्रो ज्ञान नभई सामान्य तालिम लिएकै भरमा एकै पटक ल्याप्रोस्कोपी सर्जरी गर्दा विभिन्न जोखिम आउन सक्ने सम्भावना हुन्छ ।

समग्रमा यसका मुख्य फाइदा 

१. पेटमा सानो प्वाल पार्ने भएकाले घाउँमा सक्रमण हुने सम्भावना किनै कम

२. न्यून रक्तस्राव हुने

३. कम दुखाइ

४. दाग निकै सानो हुने भएकाले पेटको सौन्दर्य बिग्रिने चिन्ता हुँदैन

५. छिट्टै नियमित काममा फर्किन सकिने

६. अस्पतालमा धेरै दिन बस्न नपर्ने

७. शल्यक्रियापछि हुन सक्ने हर्नियाको समस्याको सम्भावना न्यून

कस्ता बिरामीलाई ल्याप्रोस्कोपी सर्जरी ?

१. क्यान्सरको सम्भावना भएका बिरामी  : क्यान्सरको सम्भावना भएका बिरामीको ल्याप्रोस्कोपिक अप्रेसन गर्नु हुँदैन, किनभने यस्तो प्रविधिले कुनै पनि कुरा सिँगै निकाल्न मिल्दैन, फुटाएर र टुक्रा पारेर साने बनाएर बाहिर निकाल्नुपर्ने हुन्छ, जस्ले गर्दा क्यान्सर बिरामीमा रोग अझै फैलिने सम्भावना हुन्छ । तर पहिचान भइसकेको क्यान्सरको उपचारका क्रममा ओपन सर्जरी भन्दा ल्याप्रोस्कोपिक सर्जरी निकै उत्तम मानिन्छ ।

२. अधिक मोटोपना भएका : धेरै मोटो बिरामीलाई पनि दूरबिन पद्धतिबाट शल्यक्रिया गर्दा जटिलता आउन सक्छ । ल्याप्रोस्कोपी सर्जरी गर्दा बिरामीलाई एनेस्थेसियामार्फत बेहोस पारेर ग्यासमार्फत बिरामीको पेट फुलाएर प्वाल पारेर औजार भित्र छिराएर शल्यक्रिया गर्नुपर्ने हुन्छ त्यस कारण माटो बिरामीमा अधिक बोसोका कारण प्वाल पारेर दूरबिन पद्धतिबाट शल्यक्रिया गर्दा कठिनाइ उत्पन्न हुन सक्छ । साथै बिरामीलाई अप्रेसन गर्दा दिइने पोजिसनले पनि मोटो व्यक्तिलाई गाह्रो पार्न सक्छ ।

३. फोक्सो, मुटु र छातीसम्बन्धी रोगका बिरामीका लागि पनि त्यति उपयुक्त मानिँदैन । यस्ता बिरामीमा दूरबिन पद्धतिको शल्यक्रियाले जोखिम बढाउने सम्भवना हुन्छ ।

बाँझोपनसम्बन्धी समस्यामा दूरबिन पद्धतिको प्रयोग

खासगरी प्रसूति सेवाअन्तर्गत पेटमा बच्चा निकाल्नेबाहेक स्त्रीरोगसँग सम्बन्धित प्रायः सबै शल्यक्रिया दूरबिन पद्धतिबाट सम्भव भइसकेको छ । विकसित मुलुकमा रोवोटिक सर्जरीबाट धेरै रोगको शल्यक्रिया सुरु भइसके पनि हाम्रो मुलुकमा दूरबिन पद्धतिको प्रयोगलाई अझै व्यापक र सहज पहँुचमा ल्याउन नसकेका कारण धेरै महिलाले पेट चिरेर गरिने शल्यक्रियाबाट पीडा भोगिरहेका छन् । चिकित्सा विज्ञानमा भएका आधुनिक विकासले धेरै रोगहरूको पहिचान र उपचार सहज र सरल बनाइसकेको छ । अन्य रोगको पहिचान र उपचारमा जस्तै बाँझोपन अर्थात् निःसन्तानसम्बन्धी समस्या पहिचान लागि पनि दूरबिन पद्धतिको प्रयोग निकै फलदायी सिद्ध भएको छ । डाइग्नोसिस ल्याप्रोस्कोपिकको बढी प्रयोगबाट बाँझोपनको कारण पहिचान गर्न निकै सहज हुने गरेको छ ।

अन्त्यमा,

शल्यक्रिया गर्नेभन्दा कतिपयमा सौन्दर्य बिग्रिने चिन्ता रहेको पाइन्छ । खासगरी युवतीहरूमा डिम्बाशयको सिस्ट, पाठेघरको ट्युमर जस्ता समस्या हुँदा  गरिने शल्यक्रिया पहिले पहिले पेट चिरेर गर्नुपर्ने बाध्यता थियो । आजभोलि दूरबिन पद्धतिबाट पेटमा सानो प्वाल पारेर शल्यक्रिया गर्दा पेटमा लामो दाग देखिने अवस्था पनि रहँदैन । त्यसैले शल्यक्रियामा अधिक आराम र सुविधायुक्त ल्याप्रोस्कोपी सर्जरीलाई बिरामीको सहज पहुँचमा ल्याउन राज्यले पनि विशेष ध्यान दिनुपर्छ । ल्याप्रोस्कोपी उपकरण महँगो हुने भएकाले तुलनात्मक रूपमा ओपन सर्जरी भन्दा दूरबिन पद्धतिको शल्यक्रियामा केही पैसा बढी लाग्ने गर्छ । तर सुविधाका हिसाबले अधिकांश बिरामीले अहिले ल्याप्रोस्कोपी सर्जरी नै रोज्ने गर्दछन् । पेट चिरेर गरिने सर्जरीको तुलनामा ल्याप्रोस्कोपी सर्जरी निकै फाइदाजनक र बिरामीका लागी पनि अधिक आराम र सुविधाजनक हुने भएकाले यो सर्जरीको बिस्तार अझै व्यापक बनाउन जरुरी छ । ( डा. शर्मा, प्रसूति तथा स्त्री रोग, टेस्टट्युब बेवी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन हुन । )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गंगालाल हृदयरोग केन्द्रले भेरी र जनकपुरमा सेवा बिस्तार गर्ने  
Next article  किन हुन्छ महिनावारीमा गडबढ

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134266
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

97
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web