• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

यसरी बचाऔं बच्चाको दूधेदाँत

February 14th, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी बचाऔं बच्चाको दूधेदाँत

डा. विशालबाबु बस्नेत,

मानिसको जीवनमा दाँत दुईचोटी आउने कुरा धेरैलाई थाहा नै छ । मानिस जन्मेपछि २० वटा दाँत उम्रिन्छन् र यिनीहरू क्रमशः साटिन्छन् । वयस्कमा ३२ वटासम्म दाँत हुने हुनाले बाँकी १२ वटा दाँत पछि आउँछन् । यी साटिँदैनन् । जन्मेपछि सुरुमा देखा पर्ने दाँतलाई जनजिब्रोमा दूधेदाँत भनिन्छ । यी दाँतका परावर्तीय सूचक दूधसँग मिल्ने भएकाले यसो भनिएको हो । सामान्यतया बच्चा ६ महिनाको भएपछि मुखको अगाडितिरको च्यापुमा पहेँलो दाँतहरू देखा पर्छन् र लगभग तीन वर्षसम्म २० वटै दाँत आउँछन् । ६ वर्षको उमेरदेखि दाँत साट्ने प्रक्रिया सुरु भई १२–१३ वर्षको उमेरसम्म नयाँ दाँत आइसक्छन् । कसैमा भने यो क्रम ढिलो–चाँडो हुन सक्छ ।

दूधेदाँतहरू पनि वयस्कमा हुने दाँतजस्तै प्रकृतिले खाना चपाउने प्रयोजनका लागि हामीलाई दिएको हो । तसर्थ खाना चपाएर मसिनो बनाएर पाचनयोग्य बनाउन दूधेदाँत बलियो हुनु आवश्यक छ । यसबाहेक बढ्ने उमेरको बालबालिकाको च्यापुको हाडको वृद्धि र विकासमा दूधेदाँतको भूमिका हुन्छ । यस्तो भनिन्छ कि खानामा परहेज गर्ने सम्भावना मुखको स्वास्थ्य कमजोर भएका बच्चामा स्वस्थ बच्चाको भन्दा १२ गुना बढी हुन्छ ।

मुख र अनुहारको सौन्दर्य पनि दाँतले कायम राखेको हुन्छ । बच्चाको बोलीको सिकाइ पनि सानो उमेरमा सुरु हुने हुँदा दाँतको सहायताले उत्पत्ति हुने बोलीको विकासमा यिनीहरू काम लाग्छन् । दूधेदाँतको अर्को महत्वपूर्ण काम भनेको पछि आउने दाँतका लागि बाटो देखाउने र स्थानलाई सुरक्षित गर्ने पनि हो । अर्को शब्दमा भन्नुपर्दा स्थायी दाँत आउन्जेलसम्म त्यो भागमा दूधेदाँत रहिरहनु अत्यावश्यक छ । यदि समय नपुगी दूधेदाँत निकालिएमा स्थायी दाँतले ठाउँ नपाउने, बांगोटिंगो गरी आउने वा निकालिएको भागतिर छेउछेउका दाँत ढल्किने जस्ता विविध समस्याहरू हुन सक्छन् ।

दुवै दाँतमा देखा पर्ने सबैभन्दा समस्या भनेको दाँतमा लाग्ने कीरा नै हो । वयस्कमा होस् या बच्चामा यो दाँत स्वास्थ्यको ठूलो शत्रु हो । झन् बच्चामा यसको बिगबिगी धेरै हुनु स्वाभाविक हो । किनभने बच्चाहरू गुलियो खानेकुरा अत्यधिक सेवन गर्छन् । दाँतको सफाइ गर्न उतिसारो अग्रसर हुँदैनन् । सन् २०१३ मा भक्तपुरमा विद्यालय जाने उमेरका व्यक्तिहरूमा गरिएको अनुसन्धानमा ६ सय ६५ जनाले एक पटक, तीन सय ४५ जनाले दुई पटक, सात सय ३५ जनाले बिहान मात्र, अनि दुई सय ७५ जनाले रातिमात्र दाँत माझ्ने गरेको पाइएको थियो । कीरा लाग्नेबाहेक दाँतको वरिपरि रहेको गिँजा सुन्निने, पाक्ने, दाँतमा चोटपटक लाग्ने, दाँतको कीराको संक्रमण भित्री नसासम्म पुगेर हाड, गला, मुखको भित्री भाग र घाँटीसम्म सुन्निने समस्या पनि यदाकदा देखिन्छ ।

प्रारम्भिक चरणमा गरिने प्राथमिक तथा रोकथामजन्य उपचारहरू सजिला र सस्ता हुन्छन् भने जटिलता बढ्दै गएपछि हुने प्रवद्र्धनात्मक, उपचारात्मक र पुनस्र्थापनासम्बन्धी उपचार निकै जटिल, समय लाग्ने अनि खर्चालु पनि हुन्छन् । समयमा लगाएको बारले पशुबाट बालीनाली बचाएजस्तै समयमा गरिने उपचारले बच्चाको शारीरिक स्वास्थ्यको सुरक्षा त गर्छ नै मानसिक तनाव हुन पनि दिँदैन । बच्चाको शिक्षामा असर पर्दैन र अभिभावकको समय र पैसाको बचत हुन्छ ।

विश्वभरि ६०–९० प्रतिशत स्कुले बालबालिकालाई दाँतमा कीरा लागेको तथ्यांक छ । सन २००४ मा नेपालमा गरिएको एक अनुसन्धानअनुसार १२÷१३ वर्षका २५.६ प्रतिशतलाई दाँतमा कीरा लाग्ने समस्या छ भने ६२.८ प्रतिशतलाई गिजाको समस्या पाइन्छ । यी तथ्यहरूले पनि दूधेदाँत त हो, साटिएर गइहाल्छ भनेर नकार्न नहुने संकेत गर्छन् ।

नानीहरूको मुख र दाँतको स्याहार जन्मेपछि हैन कि जन्मनुपूर्व नै सुरु भइसकेको हुन्छ । आमाले सन्तुलित आहार गर्नु, कुलतबाट मुक्त रहनु, आमाको दाँत र मुखमा रोग भए त्यसको उपचार गर्नु, प्रयोग गर्न नमिल्ने औषधि प्रयोग नगर्नुजस्ता कुरा बच्चाको समग्र स्वास्थ्य अनि दाँतको स्वास्थ्य दुवैसँग गाँसिएका विषय हुन् । नानी जन्मेपछि दाँत नआउँदासम्म सफा र नरम कपडाले मुखको सफाइ गर्नुपर्छ भने दाँत आइसकेपछि भने सुरुमा अभिभावकले अनि पछि बच्चा आफैंले दाँतको सरसफाइ गर्न थाल्नुपर्छ । यसका लागि चार कुरामा ध्यान दिनु जरुरी छ । पहिलो कुरा बच्चालाई सानैदेखि सिकाउने । दोस्रो आफू पनि सँगै दाँत माझ्ने । तेस्रो दाँत माझ्ने वा मुखको सफाइलाई झन्झटिलो हैन कि रमाइलो क्रियाको रूपमा विकास गर्ने । चौथो सरसफाइमा बच्चालाई बढी सहभागी गराउने ।

बच्चाको दाँत र मुखसम्वन्धी स्वास्थ्यमा छुटाउनै नहुने केही कुरा छन् । अभिभावकले बच्चाको दूधेदाँत भनेर खेलवाड गर्नु हुँदैन । निरन्तर सफा गर्ने, गुलियो खानेकुरा खान नदिने, दिनुपरे दिनभरि दिनुको सट्टा अन्य खानेकुरा खाएकै बखत दिएर तुरुन्त कुल्ला गर्ने वा दाँत माझ्ने बानी बसाउनुपर्छ । यस्तै यदि दाँतमा कीरा लाग्न सुरु भएको छ भने ढिलो नगरी स्वास्थ्यकर्मीकोमा लैजानुपर्छ । अनि वच्चालाई दाँत दुख्नसमेत थालेको भए त झनै सतर्कता अपनाइहाल्नुपर्छ । बेलाबेलामा स्वास्थ्य संस्थामा लगेर बच्चाको दाँतको स्वास्थ्य परीक्षण गरियो भने भविष्यमा हुन सक्ने समयको नोक्सानी, आर्थिक व्यवहार र मानसिक तनावबाट बच्च सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यमा बोहोरा र डा.पुष्पाको नाङ्गो नाच , विभागमा ३ दिनमा ३ महानिर्देशक
Next article बाग्लुङका अति गरिबलाई निःशुल्क स्वास्थ्य बीमा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

May 24th 4:14 PM
समाचार

पाँच चिकित्सकको अभिनयमा डा. रिजालको अंगदान सम्बन्धि गीत ‘ मेरो मृत्यु पछि… ’ सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131547
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

14
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web