• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यका नियुक्ती पनि खारेज हुन्छन : पण्डित

February 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यका नियुक्ती पनि खारेज हुन्छन : पण्डित

हेल्थ टुडे

काठमाडौं, ५ फागुन : नव नियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले निर्वाचन सम्पन्न भएपछि निवर्तमान सरकारले गरेका नियुक्ती र निर्णय खारेज हुने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा भएका महत्वपूर्ण नियुक्ती समेत वर्तमान सरकारले खारेज गर्ने उनको बताएका हुन । शनिबार सञ्चारकर्मिहरुसँग कुरा गर्दै मन्त्री पण्डितले नियम कानून भन्दा बाहिर गएर आर्थिक प्रलोभनमा परेर गरिएका सचिवसहितका नियुक्ती खारेज गरिने दाबी गरेका हुन ।

सरकारले चाडै पूर्णता पाउने र स्वास्थ्य लगायतका सबै मन्त्रालयमा गरिएका नियुक्तीको बैधानिकता अध्ययन गरेर खारेज गरिने उनले जानकारी दिए । स्वास्थ्य मन्त्रालयमा आर्थिक चलखेल गरेर निवर्तमान स्वास्थ्य मन्त्री दीपक बोहोराले मन्त्रालयको सचिव देखि सरकार छोड्ने दिन समेत स्वास्थ्य सेवा विभागमा नयाँ निर्देशक नियुक्त गरेका थिए । बोहोराले आर्थिक लेनदेनकै आधारमा अख्यितारले कारावाहीका लागि सिफारिस गरेकी विवादास्पद् डा. पुष्पा चौधरीलाई पुष १३ गते स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेका थिए । त्यसैगरि उनले पुष ३० गते स्वास्थ्य सेवा विभागको महानिर्देशकबाट डा. राजेन्द्र पन्तलाई हटाएर डा. तारा पौडेललाई नियुक्त गरेका थिए । मन्त्री बाहोराको निर्णयलाई चुनौति दिदै डा. पन्त पुनर्वहालीको माग गर्दै अदालत गए पछि सर्वोच्चले पन्तका पक्षमा फैसला दिएको थियो । अदालतको फैसलालाई समेत चुनौति दिदै डा. पन्तलाई पुनर्वहालीको पत्र दिएको दुई दिनमा स्वास्थ्य सचिव डा. चौधरीको सल्लाहमा मन्त्री बोहोराले डा. विनोदमान श्रेष्ठलाई विभागको महानिर्देशक बनाउने निर्णय गरेका थिए । बोहोराले मन्त्रालय मातहतका निकायमा सरुवा आतंकनै मच्याएका थिए । प्रधानमन्त्री केपी ओलीले पनि कानून विपरित र विवादास्पद निर्णय खारेज गरिने बताउदै आएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सिटामोल समेत पाउन छोड्यो डोल्पाका स्वास्थ्य चौकीमा
Next article सिरहाको विष्णुपुर पूर्ण खोपयुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131705
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web