हेल्थ टुडे,
काठमाडौं १३ फाल्गुन:केही समयदेखि नेपाल चिकित्सक संघले निरन्तर उठाइरहेको डोटी घटनाका दोषीलाई ‘बिना धरौटी जेल चलान’ गर्नु पर्ने माग पुरा नभए देशभरका चिकित्सकलाई आन्दोलनमा उतार्ने चेतावनी दिएको छ ।”डोटीमा कार्यरत चिकित्सक डा.जितेन्द्र सिहं माथि आक्रमण गर्नेलाई कारबाही गर्न पहल गर्नुको सट्टा अनावश्यक कानूनी झन्झट दिन खोजिएको आरोप संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । , ‘कपोलकल्पित आरोप लगाउनुका साथै भौतिक आक्रमण गर्ने धम्की दिएर चिकित्सकहरुको मनोबल गिराउने काम भइरहेको छ ।’ यही परिस्थितिलाई ध्यानमा राख्दै उक्त जिल्लामा कार्यरत चिकित्सकलाई काठमाडौं बोलाइएको पनि स्पष्ट पारिएको छ ।भयरहित वातावरणमा काम गर्ने व्यवस्थाका लागि जुनसुकै हदसम्मको लडाइँ लड्ने बताइएको छ ।
Leave a Reply