• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिस नर्सको ताज श्रीया रजकलाई

March 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिस नर्सको ताज श्रीया रजकलाई

हेल्थ टुडे,

काठमाडौं : ओम हेल्थ क्याम्पसकी श्रीया रजकले यस वर्षको मिस नेपाल पिस ( मिस  नर्स) को ताज जितेकी छन् । २४ जना अन्तिम प्रतिस्पर्धी   नर्सहरुलाई पछि पार्दै शनिबार राजधानीको ह्यात रिजेन्सी होटेलमा आयोजना गरिएको बिशेष कार्यक्रममा उनले यो उपाधि हात पारेकी हुन । नर्सिङ पेसालाई सम्मानित, प्रभावकारी र अझ वढी जिम्मेवारपूर्ण बनाउने उद्देश्यले देशभरिका नर्सहरुभित्र रहेको प्रतिभा प्रस्फुटन गर्न नेक्स्ट मोडेल्स नेपालले बिगत ५ वर्षदेखि यो कार्यक्रम गर्दै आइरहेको छ । प्रतियोगितामा फस्ट रनर अफको उपाधि काठमाडौं मेडिकल कलेजकी सुस्मिता बोकटी र सेकेन्ड रनर अफको उपाधि ओम हेल्थ क्याम्पसकै जिना श्रेष्ठले जितेकी छन् । प्रतियोगितामा उपाधि बिजेतालाई ५० हजार, फस्ट रनरअफलाई ३० हजार र सेकेन्ड रनरअफलाई २० हजार प्रदान गरिएको थियो । 

मानिसको मन जित्ने उत्कृष्ठ तरिको के हुन सक्छ ? मुख्य निर्णायक नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले टप फाइपमा पुगेका प्रतिस्पर्धीलाई सोधेको साझा प्रश्नको जवाफमा श्रेयाले मानिसको मन जित्ने उत्कृष्ठ तरिका माया भएको र विरामीलाई माया गरेर उनीहरुको मन जित्ने जवाफ फर्काएकी थिइन । उनको यही छोटो र मिठो उत्तर मिस नेपाल पिसको ताज जित्न सफल भयो । निर्णायकमा डा.कार्की सहित नेपाल ब्रेस्ट क्यान्सर फाउण्डेसनकी अध्यक्ष डा.सुजिता हिराचन, वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा.सन्ध्या चापागाई, वरिष्ठ फोटोपत्रकार राजभाई सुवाल र मिस नेपाल २०१६ अस्मी श्रेष्ठ रहेका थिए ।

प्रतियोगिताका २४ अन्तिम प्रतिस्पर्धीमध्ये पहिलो चरणमा टप टेन छनौट गरिएको थियो । श्रेया रजक, रिम्सा श्रेष्ठ, सुस्मिता बोकटी, इन्सा पुन, जिना श्रेष्ठ, ग्रिष्मा श्रेष्ठ, रिमा थापामगर, मेरिना कटवाल, साजन केसी र सरिता राई टप टेनमा परेका थिए । टप टेनबाट प्रश्नउत्तरको माध्यमबाट टप फाइभ घोषणा गरिएको थियो । श्रेया रजक, जिया श्रेष्ठ, सुस्मिता बोकटी, ग्रिष्मा श्रेष्ठ र इन्सा पुन टप फाइभमा परेका थिए । प्रतियोगितामा १२ वटा टाइटल अवार्ड प्रदान गरिएको थियो ।

टाइटल अवार्ड जित्ने प्रतियोगिहरु :

१. मिस व्युटीविथ ब्रेन :  जिना श्रेष्ठ

२. मिस मोस्ट ट्यालेन्ट : रिमा थापामगर

३. मिस पर्सनालिटी : सुस्मिता वोकटी

४. मिसन वेस्ट क्याटवाक : दीपा देवकोटा

५. मिस पव्लिक च्वाइस :  प्रमिला पंडित

६. मिस मोस्ट चार्मिङ : आरजु श्रेष्ठ

७. मिस मोस्ट डिसिप्लेन : आस्मा प्याकुरेल

८. मिस फोटोजेनिक : श्रीया रजक

९. मिस बेष्ट नर्सिङ : अनु कुमाल

१०. मिस सोसियल रिस्पोन्सिवल : सरिता राई

११. मिस बेष्ट पपुलर : साजन केसी

१२. जज च्वाइस  : श्रीया रजक

उपाधी बिजेताहरुलाई प्रमुख प्रयोजक युनिक्याम्पस ग्लोवलका घनश्याम घिमिरे र विज्ञान श्रेष्ठ, आयोजक नेक्स्ट मोडेल्स नेपालका सिइओ रवि धमला, निर्देशक यात्ना पाण्डे, नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनकी अध्यक्ष डा. सुजिता हिजाचन, चिकित्सक संघका महासचिव डा. लोचन कार्की, २०७३ की मिसन मिस नेपाल सनम थापामगरले नगद, उपाधि तथा पुरस्कार प्रदान गरेका थिए । आयोजक नेक्स्ट मोडेल्स नेपालका सिइओ रवि धमलाले प्रतियोगिताको प्रभावकारितामा प्रकाश पार्दै भविश्यमा अझ यसलाई व्यापक र परिमार्जन गरिदै लैजाने बताए । प्रतियोगिताको अफिसियल मिडिया हेल्थ टुडे मिडिया र इमेल च्यानल रहेका थिए भने कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । प्रतियोगिताको क्रियटिभ डिजाइनिङ अनु श्रेष्ठ र जोशिला श्रेष्ठले गरेका थिए भने फोटोग्राफी क्याप्चरका पविन्द्र श्रेष्ठले गरेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘हाम्रो डक्टर’ ले ल्यायो नयाँ अनलाइन स्वास्थ्य सेवा संस्करण
Next article खोज्नु पर्ने बेला भयो हराएका १३ हजार क्षयरोगी 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134261
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

108
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

12
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

110
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web