• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

औलोका विरामी मध्ये आधा भन्दा बढी विदेशबाट फर्केका

April 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
औलोका विरामी मध्ये आधा भन्दा बढी विदेशबाट फर्केका

हेल्थ टुडे,

काठमाडौं, १२ बैसाख : देशमा फेला परेका औलोका विरामी मध्ये आधा भन्दा बढी बैदेसिक रोगजारीका लागि विदेश गएर फर्केकाहरु रहेका छन् । देशमा औलोका विरामीको संख्या घट्दै गएपनि रोजगारीका लागि विदेश गएर फर्केकाहरुका कारण आयातित औलोको संक्रमण बढीरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको तथ्यांक अनुसार गत वर्ष देश भरि कुल एक हजार एक सय २८ औलोका विरामी फेला परेकोमा त्यसको आधा भन्दा बढी ६ सय ३६ बैदेशिक  रोगगारीबाट फर्किएका छन् ।

महासाखाका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार विदेशबाट फर्किएकाहरुमा देखिएको औलो स्वदेशको भन्दा कडा रहेको छ । डा. सुञ्चुलीले भने, ‘आयातित लामखुट्टे स्थानियभन्दा कडा खालका भेटिएका छन् । यो हाम्रोलागि थप चुनौति बनेको छ । ’ परिवारका अन्य सदस्यहरुमा समेत सार्ने संभावना रहेकाले बैदेशिक रोजगारीबाट फर्किएका संक्रमितहरुलाई सक्दो चाडो उपचारको पहूचमा ल्याउनु पर्ने आवश्यकता रहेको डा. सेञ्चुरीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका १२ जिल्ला औलोको उच्च जोखिममा छन । ती मध्ये अधिकांश तराईका जिल्ला छन् । त्यसैगरि १५ जिल्ला मध्य जोखिममा छन । तापक्रम बढेसँगै पहाडि जिल्लाहरुमा पनि औलो सार्न लामखुट्टे देखिन थालेका छन् । जसका कारण पहाडि जिल्लाहरुमा पनि लामखुट्टेका विरामी फेला पर्ने गरेको पाइएको छ । पहिलेको तुलनामा औलोको संक्रमण घट्दै गइरहेको भएपनि चुनौति भने बाकी नै रहेको विज्ञहरु बताउछन् । बिगत ५ बर्षको अवधिमा औलोका विरामीको संख्या आधा जतिले घटिसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

औलो एनोफिलिज जातको संक्रमित पोथी जातको लामखुट्टेले टोकाईबाट सर्छ । संक्रमित लामखुट्टेले टोकेपछि औलाका परिजिवी मानिसका कलेजो र रक्तकोषहरुमा फैलिन्छन । समयमा उपचार नभएर विरामीको मृत्यु समेत हुन्छ । औलो उनमुलनका लागि सरकारले जोखिममा रहेका नागरिकलाई किटनासक झुल बितरण गर्दै आइरहेको छ । महासाखाले औलो रोग व्यवस्थापन र सूचना अभियान मार्फत विरामी भेटिएको खवर आएमा महासाखाका कर्मचारी त्यहाँ पुगेर विरामीको उपचार गराउने र अन्य रोकथामका उपाय एक हप्ताभित्र गरिसक्छन । विश्व स्वास्थ्य संगठनले सन् २०२५ भित्र औलो निर्मूल पार्ने लक्ष्य राखेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ८० काटेकालाई घरमै पुगेर उपचार
Next article मेटोपन घटाउन काँक्रो उपयोगी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

Jun 3rd 12:13 PM
समाचार

मेड आईक्यूले ल्यायो ‘हस्पिटल अपरेटिङ सिस्टम’ नामक आधुनिक सफ्टवेयर

Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131557
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

12
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web