• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 22nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

सुरक्षित गर्भपतन : ‘बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँड’

April 30th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुरक्षित गर्भपतन :  ‘बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँड’

चादनी ढकाल,

नेपालमा सुरक्षित गर्भपतन सेवा  ‘बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँड’ भन्ने नेपाली उखान जस्तै भएको छ । गर्भपतन सेवालाई परिवार नियोजनको साधनको रूपमा अँगाल्ने प्रवृत्तिले महिलाको प्रजनन् स्वास्थ्यमाथि नै समस्या पैदा गरेको छ । गर्भ बसिहाल्यो भने गर्भपतन सेवा उपलब्ध छँदै छ नि विकल्पमा भन्ने मानसिकताका कारण पटकपटक गर्भपतन गराउने महिलाको संख्या बर्सेनि बढिरहेको छ । सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि दोहो¥याएर गर्भपतन गराउने महिलाको संख्या अत्यधिक छ ।  पटक–पटक गर्भपतन गराउने प्रवृत्ति बढ्दै जानुमा महिलामात्र नभएर पुरुष पनि उत्तिकै दोषी छन् । अझ हाम्रोजस्तो पुरुष प्रधान समाजमा त यस मामिलामा महिलाभन्दा पुरुष झन् बढी भागीदार हुन्छन् भन्दा अन्यथा हुँदैन ।

हिजोआज हाम्रो समाजमा गर्भपतन सेवा परिवार नियोजनका साधनको विकल्पको रूपमा प्रयोग भइरहेको छ । गर्भपतन गराउने सुविधा छँदैछ नि भन्दै परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेका छन् । यसमा महिलालाई वा पुरुष एक पक्षलाई मात्र दोष दिनु न्यायसंगत हँुदैन । शारीरिक सम्पर्क गर्ने बेला परिवार नियोजनका साधन प्रयोग नगर्ने अनि अनिश्चित गर्भ बसेपछि गर्भपतनको सहारा लिँदा महिलाको स्वास्थ्य जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताउँदै आएका छन् । तर, उनीहरूको कुरा सुन्न र व्यवहारमा प्रयोग गर्न कोही राजी छैनन् । पटक–पटक गरिने गर्भपतनले महिलामा पाठेघरको मुखको क्यान्सर, बाँझोपन, तल्लोपेट दुख्नेजस्ता थुप्रै समस्या देखिने खतरा रहेको स्त्री तथा प्रसूति रोग विज्ञहरूको दाबी छ । गर्भपतन निजी स्वास्थ्य संस्थाहरूका लागि पैसा कमाउने गतिलो माध्यम बनेका छन् । यसका अलावा हिजोआज आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग पनि बढेको छ । यो असुरक्षित यौन सम्पर्कबाट अनिश्चित गर्भाधारण हुन नदिन महिलाले खाने चक्की हो । यसको प्रयोग पनि पटकपटक गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा कुल मातृ मृत्युमध्ये सात प्रतिशत मातृ मृत्यु गर्भपतनले हुने गरेको छ ।   गर्भपतनलाई परिवार नियोजनका साधनको रूपमा प्रयोग ग¥यो भने यसले सही काम नगर्न सक्छ । यसका साथै बाँझोपन लगायतका दीर्घकालीन समस्या पैदा गर्छ । महिलाले आफ्नो इच्छा विपरीत कसैले जबर्जस्ती यौनसम्पर्क राख्न बाध्य बनाएमा वा जबर्जस्ती करणी गरेको अवस्था वा सम्भोग गर्दागर्दै कण्डम फुटेमा वा कपर्टी बाहिर निस्केमा र महिला गर्भवती हुन नचाहेको अवस्थामा मात्र आकस्मिक गर्भ निरोधक चक्की प्रयोग गर्नुपर्छ ।

यो चक्की यौनसम्पर्क भएपछि जतिसक्दो चाँडो, एक सय २० घन्टाभित्रै प्रयोग गर्नुपर्छ । यो औषधि पसलमा किनेर सिटामोल खाएजस्तो सम्झनु हँुदैन । आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग गर्नैपर्ने अवस्था आएमा चिकित्सक वा तालिम प्राप्त स्वास्थ्यकर्मीको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ । यसलाई आकस्मिक उपायको रूपमा मात्र लिनुपर्छ ।

असुरक्षित गर्भपतनका कारण हुने मृत्युलाई रोक्न र अनिश्चित गर्भाधारणबाट बच्न राज्यले  सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएको हो । यो सेवाले २०५९ मा कानुनी मान्यता पाएर २०६१ बाट सुरु भएको हो । सुरक्षित गर्भपतन सेवाका कारण सयौं महिलाले अकाल मृत्युबाट ज्यान बचाएका छन् । धेरैजसो महिलाले अनिश्चित गर्भाधारण गर्नु परेको छैन । यौन हिंसा र घरेलु हिंसाका घटना कम भएका छन् ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेह भएमा के के समस्या देखिन्छन् ?
Next article ओलीले डाक्टरहरुलाई भने, तपाईहरु नभएको भए मेरो १० औं पुण्यतिथि भइसक्थ्यो

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134368
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web