• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 4th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ओलीले डाक्टरहरुलाई भने, तपाईहरु नभएको भए मेरो १० औं पुण्यतिथि भइसक्थ्यो

April 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ओलीले डाक्टरहरुलाई भने, तपाईहरु नभएको भए मेरो १० औं पुण्यतिथि भइसक्थ्यो

हेल्थ टुडे,

काठमाडौं  : प्रधानमन्त्री केपी ओलीले आफू सक्रिय भएर देशको नेतृत्व गर्न सक्नुका पछाडि डाक्टरहरुको ठूलो मेहनत रहेको बताएकाछन् । नेपाल प्रत्यारोपण समाजको प्रथम तथा सार्क नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेसन सोसाइटीको ११औं सम्मेलनको राजधानीमा उद्घाटन गर्दै ओलीले मेडिकल साइन्स र डाक्टरहरुकै कारण आफू सक्रिय जिवन बिताइरहेको बताएका हुन ।

११ वर्ष पहिले आफ्नो मिर्गौला प्रत्यारोपण गरिएको स्मरण गराउदै ओलीले भने, ‘तपाईहरु नभएको भए अहिले मेरो ११ औं पुण्यतिथी भइसक्थ्यो । ’ ओलीको सन् २००८ मा भारतको नयाँ दिल्ली स्थित अपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । नेपालमा त्यति बेला मिर्गौला प्रत्यारोपण सेवा नभएकाले प्रत्यारोपणकालागि भारत जानु परेको ओलीले बताए । आफुलाई डाक्टरहरुले जिवनदान दिएकाले उहाँहरुका कुरा सधै सुन्ने र सकेसम्म पालना गर्ने गरेको उनले बताए ।

पछिल्लो एक दशकमा मिर्गौला प्रत्यारोपणको क्षेत्रमा नेपालले उल्लेखनिय प्रगति गरेकोमा खुशी व्यक्त गर्दै एक हजार जनाको स्वदेशमै मिर्गौला प्रत्यारोपण हुनु चानचुने कुरा होइन  । ‘ मिर्गौला प्रत्यारोपी देशको प्रधानमन्त्री हुनु यो क्षेत्रका लागि सकारात्मक सन्देश हो । ’ आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला मिर्गौला फेल भएका बिरामीहरुका लागि डाइलासिस सेवा निशुल्क गरेको स्मरण गर्दै अव पनि मिर्गौलाका विरामीको हित हुने काम गर्ने प्रतिवद्घता जनाए । कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले नेपालमा ३० हजारको मिर्गौला प्रत्यारोपण गर्नु पर्ने अवस्था भए पनि एक हजारको मात्र प्रत्यारोपण गरिएको बताउदै यसलाई व्यापक बनाउदै लैजानु पर्नेमा जोड दिइन । उनले भनिन, ‘ प्रत्यारोपण र डाइलासिस निशुल्क भएपनि प्रत्यारोपण पछि खानु पर्ने महंगो औषधिका कारण समस्या भएको छ । यस बिषयमा सरकारले छलफल गरिरहेको छ । चाडै ठोस निर्णय गर्छौ । ’

नेपाल प्रत्यारोपण समाजका अध्यक्ष डा. भोलाराज जोशीले प्रत्यारोपणका क्षेत्रमा अहिले भइरहेका उपलब्धिमा मात्र सन्तोष मान्नु पर्ने अवस्था नभएको बताए । सम्मेलनमा सार्क राष्ट्र र नेपालका गरि करिव एकसय ५० नेफ्रोलोजिस्टहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ४९ स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण
Next article सुरक्षित गर्भपतन : ‘बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँड’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131641
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web