• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

मधुमेह भएमा के के समस्या देखिन्छन् ?

April 30th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेह भएमा के के समस्या देखिन्छन् ?

डा. अमिरा अधिकारी,

मधुमेहलाई हामीले सामान्य स्वास्थ्य समस्याको रूपमा कदापि लिनु हँुदैन । यसले शरीरका विभिन्न भागमा असर गर्छ । यसको असर छाला, हात खुट्टा, मिर्गौला, दाँत, गिजा, आँखालगायतका शरीरका महत्वपूर्ण अंगमा पर्छ । मधुमेह भनेको रगतमा ग्लुकोजको मात्रा अचानक आवश्यकताभन्दा कम हुनु र रगतमा चिनीको मात्रा धेरै बढी हुनु हो । शरीरमा अचानक ग्लुकोजको मात्रा बढी हुनुलाई हाइपोग्लाइसेमिया भनिन्छ, भने शरीरमा चिनीको मात्रा बढी भएर हुने मधुमेहलाई हाइपरग्लाइसेमिया भनिन्छ । रगतमा ग्लुकोजको मात्रा कम भए यी समस्या आउछन । सामान्य अवस्थामा रगतमा भएको ग्लुकोजको मात्रालाई व्यायाम गरेर र खानामा ध्यान दिएमा कन्ट्रोल गर्न सकिन्छ । तर रगतमा ग्लुकोजको परिणाम २४० एमजी वा सोभन्दा बढी भएमा शरीरमा किटोन भन्ने हानिकारक रसायन उत्पादन हुन सक्छ । रगतमा किटोन बढी भएमा श्वासप्रश्वासमा समस्या हुनु, मुखबाट कुहिएको फलफूलको जस्तो गन्ध आउनु, वाक्वाक् आउनु, बान्ता हुनु, मुख सुक्खा हुने हुन्छ ।

वास्तवमा किटोननामक रसायन शरीरले आवश्यक शक्तिको रूपमा चाहिने मात्रामा ग्लुकोज उपयोग गर्न नसकेपछि विकल्पको रूपमा बोसोलाई टुक्राएर शक्ति उत्पादन गर्न खोज्छ । यसै क्रममा शरीरमा शक्तिसँगै किटोननामक रसायनको पनि निमार्ण हुन्छ । मधुमेहले शरीरमा निम्त्याउने समस्या :

१. छालाका समस्याहरू :

मधुमेहका कारण छालामा विभिन्न समस्याहरू देखा पर्न थाल्छन् । रगतमा चिनीको मात्रा धेरै भएकाले कीटाणुहरू छालामा बाँचिरहेका हुन्छन् । यसले गर्दा सानोतिनो घाउ पनि निको नै नहुनु वा निको हुन सामान्यभन्दा धेरै नै समय लाग्ने हुन्छ । यो मधुमेहको पहिलो लक्षण पनि हो ।

 २. आँखाका समस्याहरू :

आँखामा जलबिन्दु, मोतीबिन्दुजस्ता समस्याहरू आउनुका साथै धमिलो दृष्टि हुनु, कालो दाग वा बिजुली चम्किएको जस्तो झिमिकझिमिक देखिन सुरु हुन्छ । यस्तो भएमा जति सक्दो छिटो चिकित्सकको सल्लाह लिनु पर्छ ।

३. खुट्टाका समस्याहरू :

मधुमेहीहरूलाई खुट्टाको चेतना नै हुँदैन । खुट्टाको चेतना नभएको अवस्थामा त्यहाँ भएका नसाहरूमा खराबी हुन्छ यसलाई लभगचयउबतजथ भनिन्छ । रक्त प्रवाहमा कमी भएर पनि खुट्टामा चेतनाको कमी हुन्छ । जसले गर्दा खुट्टामा घाउहरू भएमा पनि थाहा हुँदैन । त्यसैले दिनहँु खुट्टाको हेरविचार र स्याहार गर्न एकदम जरुरी छ ।

४. दाँत, गिजा तथा मुखको समस्याहरू :

हरेकपल्ट खाना खाएपछि खाँत सफा गर्नका साथै मुख कुल्ला गर्नुपर्छ । यसो गर्दा मुखमा हुने विभिन्न प्रकारका समस्याहरूलाई कम गर्न सकिन्छ । होसियारीका साथ दाँतमा ब्रस गरे गिजामा चोटपटक पनि लाग्दैन र मुख सफा हुन्छ ।

५. मिर्गौलाको समस्याहरू :

सामान्यतया मृर्गौलाले रगतबाट शरीरलाई नचाहिने वा हानिकारक हुन सक्ने कुराहरूलाई रगतबाट छानेर शरीर बाहिर फाल्छ तर रगतमा भएका प्रोटिनहरूलाई चाँिह शरीरभित्रै राख्छ । मधुमेह भएको खण्डमा रगतमा ग्लुकोजको मात्रा धेरै हुन्छ । यसले गर्दा मिर्गौलाले रगतलाई धेरै छानिरहने हुन्छ । यसरी रगतलाई बढी मात्रामा छान्न परेकाले मिर्गौलामा बढी चाप पर्छ र त्यसको कार्यक्षमता कम हुँदै जान्छ । धेरै वर्षपछि मिर्गौलाले प्रोटिनलाई छानेर शरीरमा राख्न पनि सक्दैन र पिसाबबाट बाहिरिन्छ । सो अवस्थालाई माइक्रो एल्बुमिनुरिया भनिन्छ र मिर्गौलाको कार्यक्षमता कम भएको अवस्थालाई मधुमेहको नेफ्रोप्याथी भनिन्छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुरक्षित गर्भपतन : ‘बुझ्नेका लागि श्रीखण्ड र नबुझ्नेका लागि खुर्पाको बिँड’
Next article बेलायतमा उपचार गरि ६ महिनापछि फर्के डा. देवकोटा

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133308
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

44
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web