• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलामा पाठेघरको समस्या

May 1st, 2018 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलामा पाठेघरको समस्या

हेल्थ टुडे,
डोल्पा, १८ वैशाखः जिल्ला अस्पताल डोल्पाले हालै सञ्चालन गरेको पाठेघरको शल्यक्रिया शिविरमा ११ जना पाठेघर पीडित महिलाले निःशुल्क शल्यक्रिया गराएका छन् । दुर्गम हिमाली जिल्ला डोल्पामा पहिलो पटक सञ्चालन गरिएको शिविरबाट जटल समस्याबाट पीडित ती महिलाले गाउँघरमै स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन् ।
आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना नयाँ मानिंदैनथ्यो ।
पूर्व शान्ति मन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य समेत रहनुभएकी सत्य पहाडीको विशेष पहलमा डोल्पा पुगेको विशेषज्ञ डाक्टरको टोलीले गत शुक्रबारदेखि तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया शुरु गरेको हो ।
त्यस्तै मासु पलाएका, पिप जमेका, काटिएकालगायतका आठवटा अन्य जनरल शल्यक्रिया समेत गरिएको जिल्ला अस्पताल डोल्पाका डा अनुप मंगल समालले जानकारी दिनुभयो ।
शिविरमा दुई सयभन्दा बढी पाठेघर खस्ने रोगका पहिलो र दोस्रो चरणका समस्या भोगिरहेका महिलाले शिविरमा जाँच गराएका थिए । डोल्पामा यसरी शल्यक्रिया गरिनु डोल्पाली महिलाका लागि ठूलो अवसर भएको स्थानीयवासी बताउँछन् । शिविर सञ्चालन भएको तीन दिनको अवधिमा मात्रै ३०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
जिल्लामै पहिलो पटक सदरमुकाममै पाठेघरको निःशुल्क शल्यक्रिया शिविर शुरु भएपछि जिल्लाका त्रिपुराकोट, सुँ, जिँउ, जुफाल, माझफाल, दुनै लगायतका विकट बस्तीबाट २०० भन्दा बढीपीडित महिला उपचार गर्न सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा पुगेका हुन । शल्यक्रिया गर्नुपर्ने र हुनसक्ने एउटा महिला पनि नछुटेको अस्पतालले जनाएको छ । ७० वर्षया पाठेघरपीडित महिलाको भने शल्यक्रिया हुन नसकेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

पाको उमेरका कारण शल्यक्रियाको भार थाम्न नसक्ने भएकाले शल्यक्रिया नगरिएको अस्पतालको भनाइ छ ।  शल्यक्रियापछि स्वास्थ्य हलुङ्गो महसुस भएको बताउनुहुन्छ त्रिपुरा सुन्दरी नगरपालिका–१ रल्ली बस्ने रुप्सी कुलाल । पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित थिए, लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेको थिएन, पाठघर खस्ने समस्याले सार्वजनिक भेलामा जान समेत समस्या हुन्थ्यो तर अहिले सहज भएको उहाँ बताउनुहुन्छ । उहाँले पूर्व शान्ति मन्त्री पहाडी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाक्टरको टोलीलाई समेत धन्यवाद दिनुभएको छ । त्यस्तै जिल्लामै पाठेघरको शल्यक्रिया भएपछि लामो समयदेखि ग्रसित त्रिपुरा सुन्दरी नगरपालिका–४ की मनभुजा धरला पनि खुशीले भावुक हुनुभयो । उहाँको पनि आइतबार पाठेघरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार आएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमै आयोजना भएको निःशुल्क शल्यक्रिया शिविरमा पाठेघर पीडित सयौँ महिला गाउँगाउँबाट आए पनि उनीहरुको समस्या हेरेर शल्यक्रिया गर्नैपर्ने महिलाको नछुटाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको डा अनुपमंगल समालले जानकारी दिनुभयो ।
उहाँले शिविरको अवधि दुई दिन भए पनि उनीहरुको संख्यालाई हेरेर एक दिन थपेर शिविरको अवधि चार दिन पु¥याइएको बताउनुभयो ।
विशेषज्ञ डाक्टर सहित औषधि उपकरण बोकेर डोल्पा पुग्नुभएकी पूर्व शान्ति मन्त्री पहाडीले डोल्पा अस्पताललाई १५ शय्याबाट बढाएर ५० शय्या बनाउनका लागि पहल भइरहेका बताउनुभयो । अस्पतालका वर्तमान समस्याहरु समाधान गर्दै जनतालाई गुणस्तरिय सेवा दिनकोलागि आफू लागिपरेको नेतृ पहाडीले बताउनुभयो ।
जिल्लाका महिलाहरुलाई कामको अत्याधिक भार, असन्तुलित खानपान र धेरै बच्चा जन्माउने भएकाले डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी
Next article औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका धेरै

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

Apr 28th 10:40 AM
समाचार

एमबीबीएस र बिडिएसको सिट बढाउन सिफारिस

Apr 24th 3:35 PM
समाचार

एचओटिसीको १३ औं वार्षिकोत्सव सम्पन्न, वैदेशिक रोजगारीबाट फर्केकाका लागि निःशुल्क ओपीडी सुरु

Apr 24th 10:29 AM
समाचार

आवासीय चिकित्सकलाई ४८ हजार भत्ता नदिए मेडिकल कलेजलाई कुनै सहयोग हुन्न : स्वास्थ्य मन्त्री

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131488
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web