• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. उपेन्द्र देवकोटालाई प्रत्यक्ष भेट्न नसकिने, आफ्नै अस्पतालमा उपचार हुदै

May 1st, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. उपेन्द्र देवकोटालाई प्रत्यक्ष भेट्न नसकिने, आफ्नै अस्पतालमा उपचार हुदै

हेल्थ टुडे,

काठमाडौं, १८ बैशाख :  पाँच महिना बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराएर शनिबार स्वदेश फर्किएका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बिषयमा चासो व्यक्त गर्दै सयौं शुभचिन्तक बासवारी स्थित न्यूरो अस्पताल पुगेका छन् । तर डा. उपेन्द्र देवकोटाको सघन उपचार जारी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेकाले उनलाई प्रत्यक्ष भेट्न नसकिने अवस्था छ ।

देवकोटा स्वदेश फर्किएको समाचार सार्वजनिक भएपछि उनलाई प्रत्यक्ष भेट्न अस्पताल पुग्नेहरुको भिड बढेपछि अस्पतालले विज्ञप्ति निकालेर उनको स्वास्थ्य अवस्थालाई ख्याल गर्दै तत्काल प्रत्यक्ष भेट्न नसकिने प्रष्ट पारेको हो । डा. देवकोटाको स्वास्थ्यलाभको कामना गर्न चाहनेहरुका लागि भने अस्पतालमा अलग्गै पुस्तिका राखिएको र त्यसमार्फत आफ्नो सुवेच्छा व्यक्त गर्न सकिने अस्पतालले जनाएको छ । पित्त थैलीमा समस्या देखिए पछि साडे पाँच महिना पहिले उनलाई उपचारका लागि बेलायत लगिएको थियो । त्यहाँ उनको कान्छि छोरी अध्ययनरत थिइन । डा. देवकोटाका साथ उनकी पत्नी डा. मधु देवकोटा गएकी थिइन ।

डा. देवकोटाको स्वास्थ्यमा पूर्ण सुधार आइनसकेको र अहिले स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । डा. देवकोटालाई देखिएको स्वास्थ्य समस्याका बिषयमा विज्ञप्तिमा केही उल्लेख गरिएको छैन । डा. देवकोटाले थप उपचार आफैले स्थापना गरेको बासबारी स्थित न्यूरो अस्पतालमा गर्न चाहेकाले उनकै चाहना अनुसार स्वदेश ल्याइएको देवकोटाको पारिवारिक श्रोतले जनाएको छ । डा. देवकोटाको स्वास्थ्य अवस्थाका बिषयमा चासो र चिन्ता व्यक्त गर्ने सबै सुवेच्छुक प्रति अस्पतालले धन्यवाद ज्ञापन गरेको छ । 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुरेन्द्र मानन्धरको नेतृत्वमा फेनक्यानको नयाँ कार्यसमिति
Next article गर्भपतनका लागि औषधी रुचाउछन महिला

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132913
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

41
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

39
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web